अब एन्ड्रोइड प्रयोगकर्ताले स्मार्टफोनको रङ आफूले चाहेअनुसार परिवर्तन गर्न सक्ने भएका छन् । स्पेनकाे बार्सिलोनमा जारी ‘मोबाइल वर्ल्ड कंग्रेस २०२३’ मा टेक्नो कमेलियन कलरिङ टेक्नोलोजी कम्पनीले रङ परिवर्तन गर्न सकिने एन्ड्रोइड फोन प्रर्दशनी गरेकाे हो ।

हाल बजारमा केही निश्चित रङहरू भएका स्मार्टफोन‍ मात्र बजारमा उपलब्ध छ्न् । तर कम्पनीका अनुसार अब भने एउटै स्मार्टफोनमा १६ सयभन्दा बढी रङ परिवर्तन गरी प्रयोग गर्न सकिने छ ।

यसका लागि कम्पनीले स्मार्टफोनको पछाडि ‘सबमाइक्रोन प्रिज्म’ प्रयोग गर्ने बताएको छ । जसमा थिच्दा प्रकाश परावर्तन हुनेछ । त्यस्तै प्रयोगकर्ताले आफू अनुकूल प्रिज्मको स्थान परिवर्तन गर्न सक्छन् । जसबाट प्रयोगकर्ताले कस्तो रङको स्मार्टफोन बनाउने भन्ने रङ तय गर्न समेत सक्ने उल्लेख छ ।

सो प्रिज्मबाट ५५ वर्षसम्म हरेक दिन एक सय पटक रङ परिवर्तन गर्न सकिने कम्पनीले दाबी गरेको छ । यसरी मोबाइलमा प्रयोग हुने सबमाइक्रोन प्रिज्मबाट दुई लाखभन्दा धेरै पटक रङ परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै सय ओटा रङ परिवर्तन हुँदा युट्युबमा पाँच मिनेट भिडिओ हेरे बराबरको ब्याट्री खपत हुने कम्पनीले बताएको छ । यसकाे अर्थ रङ परिवर्तनले ब्याट्रीमा कुनै असर नपर्ने कम्पनीको दाबी छ ।

https://u16p.com/96ijlspedw