प्राैढ उमेर बढ्दै जाँदा स्वभावैले मानिसको श्रव्यशक्ति कम हुन पुग्छ । कतिपय मानिस स्वास्थ्य समस्याले पनि सानै उमेरमा कम सुन्छन् । सुनाईमा प्रभाव पार्ने अरू विभिन्न कारण हुन सक्छन् । कम सुन्ने समस्याले दैनिक जीवनयापनमा पनि कठिनाइ आइरहेको हुन्छ ।

फोन प्रयोग गरिरहँदा यसको आवाज सानो आए यस्ता मानिसलाई अझ अप्ठ्याराे पारेकाे हुन्छ । यसको विकल्पमा फोनको आवाजलाई बढवा दिन ‘साउन्ड एम्प्लिफायर’ फिचर प्रयाेग गर्न सकिन्छ ।

सामान्य तरिकाले नबुझिने आवाज यो फिचर प्रयोग गरी हेडफाेनमार्फत सुन्दा प्रष्ट सुनिन्छ । यसले विभिन्न मसिन लर्निङ र विभिन्न श्रव्य स्टुडियोको प्रयोग गरेर मानिसहरूले वातावरणको आवाजभन्दा कसरी फरक वा कम सुनिरहेका छन् भन्ने कुराको मूल्याङ्कन गर्छ ।

त्यसपछि याे फिचरले कुनै पनि आवाज प्रष्ट सुनाउन के कुरामा बढवा दिने वा आवाज विस्तारमा काम गर्छ । तपाईंले फोनबाट आउने ध्वनि ठूलो आवाजमा सुन्नुपर्‍यो भने साउन्ड एम्लिफायर प्रयोग गर्न सक्नुहुन्छ, जसले गर्दा यो फिचरले आसपासका आवाजलाई घटाएर पहिलेभन्दा प्रष्ट सुन्नामा सहयोग गर्छ ।

यसलाई तपाईं टेलिभिजन हेरिरहँदा, फोनमा ठुलो आवाज सुन्नका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यसरी प्रयोग गर्नुहोस् गुगलको साउन्ड एम्प्लिफायर एप

  • सबैभन्दा पहिले यहाँ क्लिक गरी गुगल प्ले स्टोरबाट ‘साउन्ड एम्प्लिफायर’ एप डाउनलोड गर्नुहोस् ।
  • त्यसपछि फोनमा यो एप खोल्नुहोस् ।
  • एप सुरुवात गर्ने त्यहाँका प्रक्रिया अपनाउँदै जानुहोस् ।
  • अब फोनको होम स्क्रिनमा गएर सेटिङ एपमा जानुहोस् ।
  • सेटिङमा गइसकेपछि ‘एक्सेसिबिलिटी’मा जानुहोस् ।

(कतिपय डिभाइसमा सेटिङमा नै एक्सेसिबिलिटीको विकल्प रहेको हुन्छ भने कतिपय डिभाइसको सेटिङभित्रको एडिस्नल सेटिङमा गएर एक्सेसिबिलिटीमा जानुपर्ने हुन्छ ।)

  • त्यसपछि तल रहेको ‘डाउनलोड एप्स’मा जानुहोस् ।
  • त्यहाँ गइसकेपछि साउन्ड एम्प्लिफायरमा जानुहोस् । (यो प्रक्रिया अपनाउँदा हेडफोन वा इयरफोन प्रयोग गर्नुहोला) ।
  • त्यसपछि ओपन साउन्ड एम्लिफायर (Open sound amplifier) को अप्सनमा जानुहोस् ।
  • त्यसपछि तपाईंले माइकको आवाज बढाउन खोज्नुभएको हो या फोन मिडियाको आवाज बढाउन खोल्नुभएको जो त्यो छान्न सक्नुहुन्छ ।
  • पहिले फोन माइक अप्सन छान्नुहोस् ।
  • त्यसपछि साउन्ड एम्प्लिफायरले फोनमा अडियो रेकर्डको अनुमति माग्छ । (यो एप गुगलले निर्माण गरेकाले तपाईंले निर्धक्कले अनुमति दिन सक्नुहुन्छ ।)
  • त्यसपछि माथि बायाँपट्टि रहेको म्युजिकको आइकनमा दबाएर त्यसलाई बन्द गर्नुहोस् ।
  • त्यहाँ भएका बुस्ट अप्सनमा गई आफूलाई उपयुक्त लाग्ने तरिकाले आवाज एडजस्ट गर्नुहोस् । (नोइज रिडक्सन, बुस्ट र फ्रिक्वेन्सी एडजस्ट गरेर आफूलाई उपयुक्त हुनेगरी आवाज एड्जस्ट गर्नुहोस् ।)
  • त्यसपछि फोन मिडियामा गएर पहिले जस्तै माथि बायाँपट्टि रहेको म्युजिकको आइकनमा ट्याप गर्नुभयो भने म्युजिक बज्न थाल्छ ।
  • त्यसपछि तल रहेका बुस्ट र फ्रिक्वेन्सीको विकल्पमा गई आफूलाई उपयुक्त हुने गरी साउन्ड एड्जस्ट गर्नुहोस् ।