त्रिभुवन विश्वविद्यालयले दुई वर्षअघि थेसिस (शोध प्रतिवेदन) मा हुने बौद्धिक चोरीका घटना नियन्त्रण गर्न 'प्लेजरिजम डिटेक्टर सफ्टवेयर' सञ्चालनमा ल्यायो । त्यतिबेला त्रिविले एमफिल र विद्यावारिधि (पीएचडी) तहमा बौद्धिक चोरी परीक्षण अनिवार्य गरेको थियो ।

स्नातकोत्तर तहमा भने सम्बन्धित डीन कार्यलयले प्लेजरिजम परीक्षणसम्बन्धी निर्णय गर्नसक्ने व्यवस्था थियो । हाल अधिकांश डीन कार्यालयले बौद्धिक चोरी परीक्षण अनिवार्य गर्न थालेका छन् त्यस्तै पछिल्लो समय स्नातक तहमा समेत यसको अभ्यास हुन थालेको छ । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरूका थेसिस, प्रोजेक्ट वर्क, फिल्ड रिपोर्ट, इन्टर्नशिप रिपोर्ट, टर्म पेपर लगायतका अनुसन्धान ग्रन्थमा प्लेजरिजम परीक्षण गर्ने गरेको त्रिवि केन्द्रीय पुस्तकालयका सूचना अधिकारी विजय शर्माले बताउँछन् ।

साथै विदेशमा अध्ययन गरेर त्रिभुवन विश्वविद्यालयमा समकक्षता गर्न आउनेहरूलाई समेत प्लेजरिजम परीक्षणपछि मात्र समकक्षता दिन सुरुवात गरेको उनले जानकारी दिए ।

https://unelma.io/oXZsI