वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधनलाई कारबाही गरेको छ ।

काठमाडौंको बबरमहलमा बुधबार दिउँसो गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने बस सात वटा, माइक्रोबस पाँच, पिकअप भ्यान दुई र ट्रक एक गरी १५ वटा सवारीसाधन तथा तिनका चालक कारबाहीमा परेका हुन् ।

 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको टोलीले आज दिनभरिमा २५ वटा सवारीसाधनलाई जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको हो ।

कारबाहीमा परेका सवारीसाधनलाई मर्मतपश्चात् तोकिएको जरिवाना तिरेसँगै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने बताइएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीको सङ्ख्या बढेको भन्दै वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी प्रदूषण जाँच गर्दै आएका छन् ।

content

u16p.com/z6pg0w7rpi