लाखौँ रुपैयाँ खर्च गरेर किनेको जग्गाको मालपोत कार्यालयमा कित्ता नम्बर नै नभेटिएपछी जग्गामा पैसा हालेका व्यक्ति बेहोस भएका छन् । जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर–६ का ७५ वर्षीय भूपध्वज दाहाल र सोहि वडाका ७३ वर्षीय ज्ञानबहादुर गिरीले मेचीनगर नगरपालिका-५ मेचीडाँडाका ६० परिवारसँग रकम असुल गरेका थिए ।

वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका मेची डाँडाका सुकुम्वासी परिवारसँग धनीपुर्जा बनाएर घरमै ल्याइदिने भन्दै स्थानीय तीन जनाले १० हजारदेखि ७० हजार रुपैयाँसम्म रकम असुली गरेका थिए । ६ महिनाअघि जग्गाधनीको फोटो टाँसिएको र रातो मसीले सही गरिएको सरकारी छापसहितको जग्गा धनीपुर्जा उनीहरुले स्थानीयलाई दिएका थिए । तर, बुझ्दै जाँदा त सो पूर्जा नै नक्कली रहेछ ।

आफ्नो नाममा जग्गा भएपछि सो जग्गाको एकीकृत सम्पत्ति कर तिर्न जाँदा सो धनीपुर्जा नक्कली भएको खुलासा भएको थियो । आफुले पैसा तिरेर पाएको लालपूर्जा नै नक्कली भएको पाइएपछि पीडितमध्येकि एक महिला वडा कार्यालयमै बेहोस भएकी थिइन् ।

रकम असुलेर नक्कली धनीपुर्जा दिने व्यक्ति विरुद्ध पीडितले जिल्ला प्रशासन कार्यालय झापामा किटानी जाहेरी दिएका छन् भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका आरोपीविरुद्ध कीर्ते जालसाझी मुद्दा चलाउने तयारी भईरहेको छ ।

content

u16p.com/yiiolhcnxi