काठमाडौं महानगरपालिकाले एक फोनकलको भरमा नगरवासीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

महानगर प्रमुख बालेन्द्र शाह 'बालेन' ले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यो सेवाको विषयमा जानकारी दिएका हुन् । 

उनका अनुसार काठमाडौंको कुनै पनि स्थानमा एम्बुलेन्सको आवश्यकता परे महानगरको आकस्मिक नम्बर १०२ मा कल गर्न सकिनेछ ।

"काठमाडौंभर नै २४ घन्टा नै १०२ मा कल गरेर Free Ambulance Service लिनु सक्नुहुन्छ," उनले लेखेका छन्, "यो सुविधा प्रयोग गरेवापत कुनै शुल्क तिर्नपर्ने छैन ।"

https://unelma.io/mMzOi