राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ । जारी प्रतिनिधिसभा बैठकको सुरूमै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर अहिले भइरहेको छानबिन र अनुसन्धानप्रति आशंकासहित सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभापति रवि लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाए ।

‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ । बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन् । यहाँ कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाएर छानबिन होस् ‘, लामिछानेले भने ।

u16p.com/iskedioe2m