युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ११ जेठ बिहीबारदेखि एफपीओ निष्कासन खुला गरेको हो ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको तीन लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीको एफपीओमा १६ जेठसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि २५ जेठसमम थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको एफपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि-आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरु, सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन ।

https://unelma.io/2bGok