संघीय संसद अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफलको मुख्य एजेण्डासहित बैठक बस्ने भएको हो ।

बैठकमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डका पदाधिकारीको समेत सहभागिता रहनेछ । बैठकमा आमन्त्रित निकायहरूको कार्यक्षेत्र सम्बन्धमा जानकारी लिने र छलफल हुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, १५ जेठमा प्रस्तुत हुने बजेटका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ ।

https://arthasarokar.com/2023/05/artha-samiti-10.html