सुदुरपश्चिमको रामारोशन गाउँपालिका ५ साविकको रामारोशन गाविस २ मा मेरा जन्म भयो । जन्मिदा म कस्तो थिए थाहा भएन । अलि ठुलो हुदै जाँदा बाल्यकालमा म अलि चञ्च थिए । मेरो आमाबुवाले भन्नु भएको । अलि ठुलो भए म जान्न भए गाउँमा भर्खरै टिभीहरु भर्खरै आउदै थियो । अधिकांसलाई टिभी केहो भन्न समेत थाहा थिएन । कोहि भार तगएर आउनेहरुलाई मात्र थाहा हुन्थ्यो । मेरो घरमा पनि एउटा सानो टिभी ल्याईयो ।


त्यो बेला बजारमा राजेश हमाल, निखिल उपे्रती र विराज भट्टका फिल्महरु अत्याधिक चल्थे । फिल्महरुमा हिरो हरु उडेको देख्दा मलाई पनि उनीहरु जस्तै उड्न मन लाग्थ्यो । मैले यो कुरा मेरो आमाबुवालाई भने उहाँहरुले मलाई सधै खसी देख्न चाहानु हुन्थ्यो । मलाई कराते सिक्न पठाउने कुरा भयो । मेरो एस.एल.सी नजिकै आईरहेकाले एस.एल.सी परिक्षा पास गर्ने वित्तिकै कैलाली जाने कुरा भयो ।


मैले एस.एल. सी दिए म पास भए । त्यो वर्ष हाम्रो विद्यालयबाट जम्मा ४ जना मात्र पास भएको थियौ । अरु सबै साथीहरु फेल भए । मैले मेरो सपना पुरा गर्न पाउने कुराले म खुसी थिए । म कैलालीको धनगढीमा पढ्न गए । संगै कराते सिक्ने अवशर पाएपनि । त्यहा आउदा अन्य धेरै कुराहरुबारे मैले जान्ने अवशर पाए ।


मलाई नेपाली सेना हुन मन थियो मैले बुवालाई भनेर नेपाली सेना हुने ईच्छा बताए । उहाँले मान्नु भयो । मलाई खुसी लाग्यो । उहाँकै सल्लाह अनुसार म नेपाली सेनामा रहेर केहि वर्ष काम गरे । त्यहाँ काम गर्ने बेला सम्म म अलिपरिपक्क भै सकेको थिए ।


गाउँका मसंगका साथीहरुले सबैले विवाह गरिसकेका छन् । उमेरले पनि माग्यो मलाई राम्रा केटीहरु देख्दा मनमा विभिन्न् खालका फिलिङहरु आउन थाल्यो । माया गर्ने डेटिङ्ग जाने यी सबै रहर हरु हुन थाल्यो । एकातिर आर्मिको जागीर दशैको छुट्टी पनि लामो दिदैन । अर्कोतिर म । मेरो चाहनाहरुले कतै म आफैलाई डिप्रसन हुन्छ की भन्ने डर लाग्न थाल्यो ।


एक दिनको कुरा हो । त्यो बेला मेरो सरुवा बाजुराको कोल्टि एअरपोर्टमा भएको थियो । म त्यो दिन फेसबुक चलाउदै बसीरहेको थिए सोहि बेलामा एक जना राम्री केटीलाई त्यहि देखे । मेरो मतलब फेसबुकमा देखे । मलाई त्यो केटी फोटो बाटै मन पर्यो । मैले उसलाई फ्रेण्ड रिक्वेष्ट पठाए ।


नभन्दै उसले पनि एक्सेप्ट गरि । हुनत मेरो जीवनमा स्कुल पढ्दा केहि केटीहरु आएका थिए । तर, त्यो बेलाको स्कुलको नियम कडा थियो । त्यसमा पनि गाउँको स्कुल मनपराएको केटीलाई देखेर मुस्कुराउन बाहेक विकल्प थिएन । अहिलेका स्कुले विद्यार्थीहरु उएटै बेच्नमा चिप्केर बसेको देख्दा । अचम्म मान्छु मैले । हामीले केटा र केटी छुट्टा छुट्टै लाईनको बेन्चमा बस्ने गथ्र्यो ।

‘‘घण्टौ सम्मको च्याटिङ्ग र कुराकानीमा हामी व्यस्त हुन थाल्यौ । जब उसंग माया बढ्दै गयो । उसले भेट्ने प्रस्ताव राख्यो । म एक सैनीक पानी पिउन पनि कसैको अनुमति लिनु पथ्र्यो । माया गर्ने फुर्सदको के कुरा गरौ ।’’

यस्तोमा कसै संग लभ पर्ने कुरै भएन । हामीले केटीहरु संग बोल्न धेरै प्रयास गथ्र्यौ । तर, सकिदैन थियो । स्कुल परको जंगल सम्म पुर्याउन पनि जाने गथ्र्यो । बोल्ने आट भने कहिल्यै आउदैन थियो । त्यो बेलामा लभ त परेन । बल्ल त्यो एउटा फेसबुकको केटीसंग कुराकानी हुन थाल्यो ।


विस्तारै उसंग नजिकिदै गए । हामी राति अबेर सम्म नदिदायरै कुरा गर्न थाल्यौ । विस्तारै मोबाईल नम्बरपनि साटा साट भयो । हामी विचको मायाले फुल्दै गएको थियो । म एक दमै खुसी थिए । उ पनि उत्ति नै खुसी थिई ।


पहिलो चोटी म प्रेममा परेको थिए । मलाई एक चोटी उनी संग नबोल्दा छटपटि हुन्थ्यो । यसै गरि दिनहरु वित्दै गए । घण्टौ सम्मको च्याटिङ्ग र कुराकानीमा हामी व्यस्त हुन थाल्यौ । जब उसंग माया बढ्दै गयो । उसले भेट्ने प्रस्ताव राख्यो । म एक सैनीक पानी पिउन पनि कसैको अनुमति लिनु पथ्र्यो । माया गर्ने फुर्सदको के कुरा गरौ ।

‘‘एकै चोटी त्यो मुस्कान हेर्न म पागल भएको छु । तिम्रा मिठा कुराहरु सुन्न अति मन लाग्छ। हजारौ पिँडाहरुलाई तिम्रो काखमा बसेर रुदै पोख्न मन छ । तर, म के गरु ? म सबैबाट लुटिएको आभास भैरहन्छ ।’’


यसैले मैले उसलाई समय दिन सकिन । उसले हजारौ विन्ति गर्दापनि मैले उसको कुरा एकचोटी पनि नमाने झै गरि आफैलाई विवस तुल्याएर बाँचे । उसका रहरहरु पुरा गर्न सकिन । बाध्यताको भुमरीले मलाई सधै अल्झाई रहेको थियो । मैले मेरो प्रेम बसेको कुरा आमा बुवालाई भन्ने आँट पनि थिएन ।


मेरो आफ्नै बाध्यता र परिस्थितिले मेरो प्रेम असफल भयो हामी दुई विच विछोड भयो । यहि झोकमा मैले जागीर छोडे । अन्ततः मैले न मेरो प्रेमलाई पाउन सके, नत मेरो जागीर नै पाए । न मैले मेरो आमाबुवाको सपनालाई पुरा गर्न सके । बस जीवनको यो मोडमा केवल उसलाई सम्झीएर बाँची रहेको छु । यस्तो लाग्छ । एक चोटी उसको मुस्कानलाई फोनबाटै भएपनि यी कानले सुन्न पाए हुन्थ्यो । एकै चोटी त्यो मुस्कान हेर्न म पागल भएको छु । तिम्रा मिठा कुराहरु सुन्न अति मन लाग्छ। हजारौ पिँडाहरुलाई तिम्रो काखमा बसेर रुदै पोख्न मन छ । तर, म के गरु ? म सबैबाट लुटिएको आभास भैरहन्छ ।


सक्छौ भने मलाई माफगर तिमी जहाँ भएपनि खुसी हौ, है । तर, प्लिज मेरो विन्ति छ तिमीलाई एकचोटी भएपनि फोन गरन । म धेरै माया गर्छु तिमीलाई धेरै सम्झना आउछ तिम्रो । कहिल्यै यी आँखाका परेलीबाट टाढा जान नदिने गरी आफल्नो बनाउने सपना छ तिमीलाई प्लिज । एकचोटी फोन गरन है ।


अन्तमा साथीहरुले मेरो कथा पढिदिएको धन्यावाद म खेमराज साउद हो । अन्त्यमा तिम्रो सम्झनामा दुई हरफ (मिलन आमात्य र अंकित न्यौपानेको स्वरमा रहेको ति रातहरु नविर्सिनु  आधुनिक गीतबाट)

टाढा भएपनि तिमी ति रातहरु नविर्सिनु ।
भिज्दा आँखा पुछिदिने यी हातहरु नविर्सिनु ।।
जब अरु निदाथे तिमी कुरा सुरु गथ्र्यो
उसा संगै नसकिने ति बातहरु नविर्सिनु ।।

(खेमराज साउँदको जीवन कथामा आधारित कथा खेमराजको परिकल्पना र लाल बहादुर विकको लेखन)

लेखक यहाँबाट फेसबुक र ट्विटरमा  भेट्न सकिन्छ।