२२ वैशाख, काठमाडौं । देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् ।
सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । डोमेन नेम सर्भर (डीएनएस)मा भएको समस्याले गर्दा सेवाग्राही प्रभावित भएका छन् ।

हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो । विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् । एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ ।

सरकारी कार्यालयहरुमा पछिल्लो सयममा अनलाइन सेवा दिने क्रम बढेपनि त्यसअनसुसार सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी)ले जनाएको छ । एकैपटक सर्भरमा उच्च ट्राफिक आउँदा सर्भर डाउन भएको केन्द्रले जवानकारी दिएको छ ।

जीआईडीसीका सहकायक निर्देशक रमेश पोखरेलका अनुसार सर्भर डाउनको समस्या बारम्बार देखिने गर्छ । आइतबारको समस्या हल भइसकेको दावी उनले गरे । तर, दिउँसो कुनै मुख्य सर्भरमा निर्भर कुनै सरकारी वेबसाइटहरु खुलेका छैनन् ।

‘ट्राफिक अनुसार क्षमता त बढाइरहेका छौं, कहिलेकाँही सरकारी कार्यालयमा कर्मचारीको अनभित्रताले एक ठाउँमा जोड्ने पर्ने तर अन्तै जोडिदिन्छन्, त्यसले पनि सिस्टमलाई समस्यामा पार्छ,’ उनले भने,’अन्य खालका ब्रेाडकास्ट लगायतमा प्राविधिक समस्या पनि हुने गर्छ ।’

https://www.onlinekhabar.com/2019/05/763538