बैशाख २८ , अनलाईन खेलखबर ।। शुक्रबार राती सम्पन्न दोस्रो क्वाकिफायर खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्स जारी १२ औँ सस्करणको ईण्डियन प्रिमियर लिग ( आईपिएल )को फाईनल प्रवेश गर्दै अब उपाधिका लागि मुम्बई ईन्डियन सँग प्रतिष्पर्दा गर्नेछ ।

आईपिएलका सफल मध्यका टिम मुम्बई र चेन्नई बिच हुने फाईनल खेल भोलि आईतबार राजीव गान्धी अन्तराष्टिय रङ्गशाला हैदराबादमा बेलुका नेपाली समय अनुसार पौने ८ बजेपछि हुनेछ । करिव ५५ हजार क्षमताको उक्त रङ्गशाला फाईनलमा भरिभराउँ हुनेछ । सबै टिकट बिक्रि भईसकेको छ ।

यो सस्करण सम्म आईपुग्दा दुवै टिमले आफ्नो दरिलो ईतिहास खडा गरेका छन । मुम्बईले ३ पटक उपाधि उचालिसकेको छ । सन् २०१३ , २०१५ र २०१७ मा मुम्बई च्याम्पियन बनेको थियो । भने सन् २०१० मा उपविजेता बनेको थियो ।

यता चेन्नईको यो आठौ पटक फाईनल खेल हुनेछ । चेन्नईले पनि ३ पटक उपाधि उचाली सकेको छ भने ४ पटक उप- बिजेता बनेको छ । सन् २०१० , २०११ र अघिल्लो सन् २०१८ मा चेन्नईले आईपिएलको उपाधि उचालेको थियो । यस्तै सन् २००८ , २०१२ , २०१३ र २०१५ मा चेन्नई उप बिजेता बनेको थियो ।

तर अहिले चेन्नईलाई मुम्बई बिरुद्द भने निकै असजिलो पक्कै हुनेछ । जारी प्रतियोगितामा ३ पटक भेट हुदाँ मुम्बईलेनै सबै खेल आफ्नो पक्षमा पारेको थियो । लिगको पहिलो खेलमा मुम्बईले चेन्नईलाई ३७ रनले पराजित गरेको थियो । भने दोस्रो भेटमा पनि चेन्नईले ४६ रनले पराजित गरेको थियो ।

र फाईनल प्रवेशद्रारको रुपमा रहेको पहिलो क्वालिफायरमा मुम्बईले चेन्नईलाई नै ६ विकेटले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । लिग चरणमा मुम्बई , चेन्नई र दिल्लीको १४ खेलबाट ९ खेलमा जित र ५ खेलमा हार व्यहोर्दै अंकतालिकामा समान १८ अंक रहेको थियो ।

जसमा नेट रनरेटमा बाजी मार्दै मुम्बई पहिलो , चेन्नई दोस्रो स्थानमा रहेका थिए । यी दुईले पहिलो क्वालिफायर खेले । जसमा मुम्बईले बाजी मार्दै फाईनल पुग्दा पराजित चेन्नईले एलिमिनेटरको बिजेता दिल्ली सँग दोस्रो क्वालिफायर खेल्यो जसमा चेन्नैईले बाजी पारेपछि फाईनलमा चेन्नई र मुम्बईको भेट पक्का भएको हो ।

भोलि आईतबार पनि मुम्बईले चेन्नईमाथि चौथो पटक निराश पार्दै चौथो पटक उपाधि आफ्नो नाममा लेखाउने रणनीतिका साथ् मैदान उत्रिने छ । यता चेन्नईले बिगतको हारको बदला लिदै उ पनि चौथो पटक उपाधि आफ्नो नाममा लेखाउने पूर्ण रणनीतिका साथ मैदानमा उत्रिनेछ । यी दुई बिचको खेल कडा टक्कर हुने अपेक्षा समेत गरिएको छ ।