बैशाख २८ , अनलाईन खेलखबर ।। मिनी आईपीएल अर्थात् वुमन्स टी-20 च्यालेन्जको फाईनल खेल अहिले जारि रहेको छ । जसमा हरमनप्रीत कौरको सुपरनोवाले मिताली राजको कप्तानीमा रहेको वेलोसिटी टिमको सामना गरिरहेको छ ।

जयपुर स्थित सवाई मानसिंह स्टेडियममा जारी खेलमा सुपरनोवाले टस जितेर वेलोसिटीलाई पहिले ब्याटिंङ्ग गर्ने निम्तो दिएको थियो । जसअनुसार निर्धारित २० ओवर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो ।

सुरुवात अबस्था देखिनै कसिलो बलिङ्ग सामु वेलोसिटीले सुरुवात देखिनै खुलेर खेल्न सकेको थिएन । टिमले ७.३ ओवरमा ३७ रन बनाउदा आफ्नो महत्वपूर्ण ५ विकेट गुमाएको थियो ।

पहिलो विकेटका रुपमा पहिलो ओवरमै हैली मैथ्यूजलाई सुन्य रनमा गुमाएको वेलोसिटीले लगत्तै अर्को ओवरमा र्डेनिएली वैटलाई पनि सुन्य रनमा गुमाएको थियो । यसपछि शैफाली वर्माले ११ रन बनाईन भने वेदा कृष्णमूर्तिले ८ रन बनाउदा कप्तान मिताली राजले १२ रनको योगदान गरिन ।

यसपछि टिमलेछठौ विकेटका लागि ७१ रनको साझेदारी पाएपछि टिमले यो स्कोर सम्म पुगेको हो । अमेलिया केर र शुष्माबर्माले उक्त साझेदारी गरेपछि टिमले संम्मानजनक लक्ष्य पखडा गरेको हो । अमेलिया केरले ३६ रनको पारि खेलिन । ३८ बलको सामना गरेकी उनले ४ चौकाको प्रहार गरिन ।

यस्तै सुष्माले अविजित रहदै ३२ बलको सामाना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ४० रनको योगदान गरेकी थिईन ।

बलिङ्ग तर्फ सुपरनोवाका लागि ले ताहूहुले सर्बाधिक २ विकेट लिईन । यस्तै सोफी डिवाइन , नताली , पूनम यादव र अनुजा पाटिलले समान १/१ विकेट लिईन ।

अहिले वेलोसिटीले प्रस्तुत गरेको १ सय २२ रनको बिजयी लक्ष्य पछ्याउदै सुपरनोवाले अहिले जवाफी ब्याटिंङ्ग गरिरहेको छ ।