बैशाख २९ , अनलाईन खेलखबर || विश्व क्रीकेटको सबैभन्दा ठुलो तथा चर्चित क्रीकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) खेली नेपालका युवा क्रीकेटर सन्दिप लामिछाने आज आईतवार स्वदेश फर्किएका छ्न ।

शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नई सुपर किग्स सगँ ६ विकेटले पराजित हुँदै प्रतियोगिता बाट बाहिरीएपछि उनी आज स्वदेश फर्किएका हुन ।

आज उनि एयर ईन्डियाको बिमान मार्फत निर्धारित समय भन्दा करिव ३ घन्टा ढिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुगेका थिए । मौसमका कारण उनको अवतरण ढिलो भएको थियो ।

हसिलो मुहार सहित स्वदेश फर्किएका उनले टिमले राम्रो प्रदशन गरेको भन्दै सन्तुष्टि व्यक्त गरे । आफ्नो पनि आईपिएल राम्रो भएको घारणा उनको रहेको थियो ।

दोस्रो पटक दिल्ली बाट खेलेका उनले यस सस्करणमा कुल ६ खेल खेल्दै ८ विकेट लिन सफल भएका थिए । अघिल्लो बर्ष आईपिएलको प्रद्शनको आधारबाट बिश्व क्रीकेटमा बर्ष भरी छाईरहेका सन्दिपको यसपटक के हुनेछ त्यो हेर्न बाकी रहेको छ ।

आईपिएल पछि फुर्सदमा रहेका सन्दिपले आउदो जेठ १ गतेबाट काठमाडौमा हुन गईरहेको प्रधानमन्त्री कप एकदिवसिय राष्टिय क्रीकेट प्रतियोगितामा उनी सहभागिता नजनाउने भएका छ्न ।

विमानस्थलमा सन्चारकर्मीहरु सगँ कुराकानी गर्ने क्रममा उनले सो कुराको जानकारी गराएका हुन । यो बेलामा उनले परिवारलाई पूरा समय दिने बताए । र स्वयम् आफुले पनि आराम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस