बैशाख २९ , अनलाईन खेलखबर ।। १२ औँ सस्करणको ईण्डियन प्रिमियर लिग ( आईपिएल ) को उपाधि रोहित शर्माको कप्तानीमा रहेको मुम्बई ईण्डियनले उचालेको छ ।

आईतबार भएको फाईनल खेलमा महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्सलाई १ रनले पराजित गर्दै मुम्बई प्रतियोगिताको च्याम्पियन बनेको हो । यो संगै मुम्बईले आईपिएलको उपाधि आफ्नो चौथो पटक आफ्नो नाममा लेखाउन सफल भएको छ । मुम्बईले यसअघि सन् २०१३ , २०१५ र २०१७ मा उपाधि उचालेको थियो ।

फाईनल खेलमा मुम्बईले दिएको १ सय ५० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी व्याटिङ्ग गरेको चेन्नईले निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ४८ मा सिमित भएपछी टिम मुम्बई सँग निराश हुन् पुग्यो ।

चेन्नईले खेलमा टिमको स्कोर ३३ रन हुदाँ पहिलो विकेटका रुपमा फाफ डु प्लेसिसलाई व्यक्तिगत २६ रनमा गुमाएको थियो । उनले १३ बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यसपछि टिमले सुरेश रैनालाई दोस्रो विकेटका रुपमा गुमाएको थियो । उनले मात्र ८ रन बनाए ।

रैना आउट भएपछी लगत्तै अंबाती रायडूपनि १ रनमा आउट हुन् पुगे यता कप्तान महेन्द्र सिह धोनीले २ रन बनाए । भने डिजे ब्राबोले १५ रन बनाएर आउट हुन् पुगे । कुशल समयमा ब्राबोलाई जसप्रीत बुमराहले पभेलीयन फ़र्काईदिएका थिए ।

रोमाञ्चक बनेको खेलमा चेन्नईलाई अन्तिम ओवरमा जितका लागि ९ रनको आबस्यकता रहेको थियो । जसमा बलिङ्गमा लसिथ मलिंगा रहेका थिए भने मैदानमा शेन वाटसन् र रबिन्द्र जडेजा रहेका थिए । जसमा लसिथ मलिंगाले उत्कृष्ट बलिङ्ग गर्दै राम्रो ब्याटिंङ्ग गरिरहेका वाट्सनलाई रन आउट गराए । उनले ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा ८० रनको पारि खेले ।

चेन्नईलाई अन्तिम १ बलमा जितका लागि २ रनको आबस्यक रहेको अबस्थामा लसिथ मलिंगाले विकेट चट्काई दिएपछि मुम्बईले चेन्नईमाथि शनसनीपूर्ण जित हासिल गरेको हो ।

बलिङ्ग तर्फ मुम्बईका लागि जसप्रीत बुमराहले २ तथा राहुल चाहर , कुर्नाल पाण्डेय र लसिथ मलिंगाले समान १/१ विकेट लिए ।

त्यसअघि राजीव गान्धी अन्तराष्टिय रंङ्गशालामा जारि फाईनल खेलमा मुम्बई ईण्डियनले टस जितेर पहिले ब्याटिंङ्ग गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल खडा गरेको थियो ।

मुम्बईले सुरुवात पनि राम्रो गरेको थियो । ओपनर ब्याट्सम्यानले पहिलो विकेटका लागि ४५ रनको योगदान गरेका थिए । टिमले क्विंटन डी कॉकलाई व्यक्तिगत २९ रनमा गुमाएको थियो । १७ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । यसपछि लगत्तै कप्तान रोहित शर्मा पनि आउट हुन् पुगे । उनले मात्र १५ रन बनाएका थिए ।

उनि दिपक चाहरको बलमा महेन्द्र सिह धोनीको हात बाट क्याच आउट हुन् पुगेका थिए । यसपछि टिमले तेस्रो विकेटका रुपमा सुर्य कुमार यादबलाई १५ रनमा गुमाएको थियो ।

यसपछि टिमका लागि हार्दिक पाण्डेयले १६ रन तथा ईशान किशनले २३ रनको योगदान गरे । यस्तै ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा किरण पोलाण्डले अविजित रहदै ४१ रनको योगदान गरे ।

बलिङ्ग तर्फ चेन्नईका लागि दिपक चाहरले सर्बाधिक ३ विकेट लिए भने सार्दुक ठाकुर र ईमरान ताहिरले समान २/२ विकेट लिएका थिए ।