काठमाडौँ — अमेरिकाको टेक्सास सहरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एल पासो सहरको सिएलो भिस्टा मल नजिकको वालमार्ट स्टोरमा बन्दुकधारीले आक्रमण गरेको हो । 

घटनामा संलग्न भएको आशंकामा एक २१ वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले लेखेको छ। प्रहरीका अनुसार पक्राउ परेका पैट्रिक क्रुसिएस नामका ती व्यक्ति डालास क्षेत्रका बासिन्दा भएको बताइएको छ।

टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमै खतरनाक घटना भएको बताएका छन् ।

घटनास्थल अमेरिका र मेक्सिको क्षेत्र सीमा नजिक पर्छ।