इरानटारको सयर थियो, बाटैभरि बयर थियो
बाटामा जरा काटेको, एउटा बूढो खयार थियो
आफ्नै आफ्नै ताल थियो, माथी रुख साल थियो
तल हेर्दा खोल्सा भिर, हाम्रो ठूलो काल थियो
जंगल डाँडै सारा थियो, एस्कर्सनको नारा थियो
बाटो भरी लड्दै हिँडेने, उसको आफ्नै पारा थियो
पेटभरि भोक थियो, चिप्लनु उनको शोख थियो
ढुङ्गा गिर्खा खोजी हिँड्ने, माथिबाटै तोक थियो
पढ्ने हाम्रो धोको थियो, गफमा धेरै को को थियो
भोक मेट्न साथीसँग, चिउराको एउटा पोको थियो
गुफा बाटो माथि थियो, गीत गाउने साथी थियो
उकाली ओराली गर्दा गर्दै, दुखेको हाम्रो छाती थियो
सङ्लो बगेको पानी थियो, नुहाउने एउटा नानी थियो
केही कुरा नभेटेपनि, समयमै फिर्ता जानी थियो
उनको मिठो सुर थियो, थकानको कोमल नुर थियो
बास बस्न जाने ठाँउ, अझ धेरै दूर थियो
पाउमा उनको चोट थियो, काँडै काँडाको बोट थियो
डिपार्टमेन्टले भिराएको, एउटा पहेँलो कोट थियो
लड्दै पढ्दै आउनु थियो, सरको धाप पाउनु थियो
एस्कर्सन पूरा गर्न, भोलि फेरि धाउनु थियो ।