जनकपुरधाम : भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम र सीताको जीवन नेपाल-भारत दुई देशको धर्म, संस्कृति र सभ्यताको अभिन्न अंग भएको बताएका छन्। जानकी मन्दिरमा दर्शन पछि उनले त्यहाँ लेखेको सन्देशमा राम-सीताको जीवनले सधैँ प्रेरित गरिरहने उल्लेख गरेका छन्।

'विवाह पञ्चमीको अवसरमा जनकपुरमा पूजा अर्चना गर्ने र जनकको भूमिमा आउने अवसर प्राप्त भएकोमा आफूलाई धन्य मानेको छु', उनले लेखेका छन्।  

'राम र सीताको जीवन नेपाल र भारतको धर्म, संस्कृति तथा सभ्यताको अभिन्न अंग हो', उनले लेखेका छन्, 'उहाँहरूले जुन आदर्श तथा मूल्यको पालना गर्नुभयो, ती सर्वभौम छन् र हामी सबैलाई प्रेरणा प्रदान गरिरहन्छ।'

उनी विवाह पञ्चमी कार्यक्रममा सहभागी हुन जनकपुर आइपुगेका हुन्।