छोरी एक्कासि पराई भएकी छे। उसको कोठाको ढोकामा चुक्कुल लाग्न थालेको छ। कहिलेकाहीं ढोका ढकढक्याएर भित्र पस्छु, तर आफ्नो सीमा नाघेर बिरानो स्थानमा छिरेजस्तै भान हुन्छ।

हेलेन स्टापिन्स्की

काठमाडौँ — १५ वर्षीया किशोरीलाई माया गर्नु पनि कहिलेकाहीं निकै पीडादायी हुने रहेछ। यदि ऊ आफ्नै छोरी हो भने त्यो पीडा अझै बढ्छ। किशोरावस्थामा पुगेकी छोरीकी आमालाई भन्दा बढी यो पीडाबारे पत्तो अरुलाई नहोला।

 
छोरीले किशोरावस्थामा दिएको पीडाबारे जोकोही आमालाई सोध्नु, उनले दुःखी भएर अंकमाल गर्नेछिन्।
मलाई धेरै साथीहरूले भनेका छन्– यो समय त्यसै टरेर जान्छ। मेरो दिमागलाई यो कुरा थाहा छ, तर मन भने बक्सरले अभ्यासका लागि मुक्का बर्साउँदा थिलथिलो भएर च्यातिएको ‘पन्चिङ ब्याग’झैं भएको छ।

एक दशकभन्दा बढी समय लगाएर आफूले हुर्काएको, खुवाएको, डुलाएको, गृहकार्य गर्न सघाएको, कपाल बाटिदिएको, झगडा गर्दा फकाएको र हात समात्दै बाटो कटाएको छोरी एक्कासी पराई भएकी छे। उसको कोठाको ढोकामा चुक्कुल लाग्न थालेको छरु। कहिलेकाहीं ढोका ढकढक्याएर भित्र छिर्छु, तर आफ्नो सीमा नाघेर विरानो स्थानमा छिरेजस्तै भान हुन्छ।

आफ्नी सानी छोरीसँग टाँसिएर न्यानो साट्दै सुतेका रातहरूको सम्झना आउँछ। त्यसरी लुटुपुटु भएर सुत्दा एकअर्काको न्यानो तापले हामी ‘कोमा’मा पुगेझैं निदाउँथ्यौं।

हिजोआज ऊसँग विरलै कुरा हुन्छ। ऊ स्कुलमा व्यस्त हुन्छे र खाली भएको समय साथीहरूसँग बिताउन रुचाउँछे। म बुझ्छु। माथिल्लो तलामा रहेको आफ्नो कोठामा उसको जीवन गुञ्जयमान भएको सुनिन्छ, हाँसेको र बोलेको। कहिलेकाहीं कारमा उसको आइफोनबाट सुनिन्छ, मनपर्ने गीत। जब म ऊसँग जोडिन खोज्छु, उसलाई मन पर्दैन।

केही महिनाअघि उसले लेड ज्याप्लिनको ‘द रेन सङ’ गुन्गुनाइरहेकी थिई, जुन उसको उमेरमा छँदा मेरो पनि मनपर्ने गीत थियो। मैले उसलाई बताए। उसले कुनै प्रतिक्रिया दिइन। जब हामी घर फर्कियौं, मैले गितार बजाएर उक्त गीत सुनाउने कोसिस गरेँ। त्यो मेरो सबैभन्दा ठूलो गल्ती सावित भयो। ऊ आफैं पनि गितार सिक्दै थिई, त्यसैले मलाई लाग्यो, उसलाई कर्ड जान्ने उत्सुकता होला।

उसले एकछिन पनि सुनिन, माथि आफ्नो कोठातिर गइहाली। मलाई लाग्छ, त्यसपछि उसले कहिल्यै लेड ज्याप्लिनलाई सुनिन।

मलाई एकदमै थाहा छ, मैले त्यो उमेरमा मेरी आमासँग कस्तो व्यवहार गरेँ। उनीसँग बोल्न मन लाग्दैन थियो, बाटोमा सँगै पनि विरलै हिँड्थें। उनले लुकेर मेरो डायरी हेरेको थाह पाए रिसले आगो हुन्थें। मैले गाँजा तान्छु कि तान्दिन वा मेरो यौन क्रियाकलापबारे जान्न त्यसो गरिएको हुन्थ्यो।

तर अब मेरो आफ्नै छोरी किशोरावस्थामा छे, मलाई अहिले लाग्छ, मेरी आमाले त्यस्तो केही गर्न खोजेकै होइन रहेछ। केवल मलाई खोजेकी रहिछन्। आफूले जन्म दिएको छोरीलाई एकछिन भए पनि हेर्ने चाहाछ। आफूले हुर्काएर वयस्क भएकी ऊ जब आफूबाट टाढा भागिरहेकी छे।

आफ्नो अवस्थितिबाट मलाई एकदिन निकै दुःखबोध गरायो– मैले उसलाई घरमै पो देख्न छोडिसकेछु, जहाँ ऊ बसेर चुट्किला भन्थी, आफ्ना नजिकको साथीहरूसँग रुन्थी पनि। मैले उसलाई अर्कै संसारमा हराइरहेको पाएँ। सायद यही नै छोराछोरी हुर्किए भनेर थाहा पाउने विन्दु होरु। राम्रोसँग हुर्काइयो भने उनीहरू बाहिर निस्कन्छन् र आफ्नो संसार आफैं बनाउँछन्।

केही दिनअघि कलेजमा पढ्ने मेरो जेठो छोराको साथीलाई भेटेँ। ऊसँग स्कुलबारे गफगाफ भयोरु। मेरो छोरासँग कुराकानी हुन्छ कि हुन्न, उसले घर सम्झिन्छ कि सम्झिँदैन भनेर पनि सोधें“रु। त्यसपछि उसले मलाई छोरीको हालखबर सोधी।

‘ठिकै होला,’ मैले जवाफ दिएँ। र उसले इन्टरनेसनल सेन्टरमा फोटोग्राफीको कक्षा लिइरहेको बताएँ। भने, ‘उसलाई फोटोग्राफी मनपर्छरु। गणितको शिक्षक त मनैपराउँदिन।’ त्यसपछि उसले भनी, ‘तपाईंले उसको इन्स्टाग्राम फिड हेर्नुभएको छ?’

म आत्तिन थालेंँ। मेरो दिमागमा अरु आमाबुबाले आफ्नो छोरीको इन्स्टाग्राममा अर्धनग्न तस्बिरहरू रहेको गुनासो गरेको मैले सुनेकी थिएँ। केहीले त त्यस्ता तस्बिरका कारण छोरीहरूको साथमा रहेको मोबाइल र ल्यापटप पनि खोसेका थिएरु। हरे † त्यस्तै केही होला भन्ने सोचेँ मैले।‘छैन, किन र?’

‘कस्तो राम्रो छ,’ उसले भनी, ‘ऊ उम्दा फोटोग्राफर होरु। त्यहाँ हजारभन्दा बढी फलोअरहरू छन्।’
मैले कहिल्यै उसको फिड हेरेकी थिइन। उसले कुन नाम प्रयोग गरेर चलाउ“छे पनि मलाई थाहा थिएन। तर हजार फलोअर?

त्यो रात मैले आँट गरेरै छोरीलाई उसलाई म इन्स्टाग्राममा फलो गर्न सक्छु कि भनेर सोधेँ। अचम्मसँग उसले हुन्छ भनी र माथितिर लागी। मैले मेरो फोन टिपें“, त्यहा“ मेरी छोरीको जीवन थियो। श्याम–स्वेत र रंगीन तस्बिरहरूमा।

त्यहाँ उसका केटी साथीहरूसँग स्कुलको बाथरुममा लिइएका तस्बिरहरू थिए। र थिए– साथीहरूस“ग घुम्न जाने ठाउँहरूमा लिइएका तस्बिरहरू अनि केटाहरूको स्केटबोर्डलाई लाइनै राखेर लिइएको तस्बिर। कुनै साथीको कोठामा भताभुंग भएको खाटको कलात्मक तस्बिररु। जापानी रेस्टुरेन्टमा एक्लो बस्ने स्थान। तस्बिर मात्रै होइन, सुन्दर तरिकाले फ्रेम गरिएका तस्बिरहरू। मेरी छोरीले खिचेका।

सामाजिक सञ्जालले हाम्रो प्रजातन्त्रमाथि प्रहार गरेको आरोप लगाइन्छ, हाम्रा बालबालिकाको एकाग्रतालाई घुमाएर सामाजिक संरचनालाई नै ध्वस्त बनाएको बताइन्छ। तर त्यसैबाट मैले मेरी छोरीको संसार जान्ने अवसर पाएँ। उसले के हेर्छे, काल्पनिक रूपमै सही उसको छेउमा बसेर देख्न पाएँ। उसले देख्ने मान्छेहरू, जाने ठाउँहरूमा लगभग त्यही समयमा पुग्न पाएँ। त्यहाँ आफ्नो अभिभावकत्व दर्शाउन होइन, तर एक प्रकारको आनन्द महसुस गर्न।

उसले लगभग हरेक अगस्ट महिना बिताएको लङ आइल्यान्डको अरियन्टबाट देखिने अनुपम दृश्यलाई ‘माइ ह्याप्पी प्लेस’ भनेर कैद गरेकी थिई। उसको सबैभन्दा मिल्ने साथी लडेर अस्पताल भर्ना हुँदा लगाएको ब्यान्डेजको तस्बिरको मुनि लेखिएको थियो, ‘आई लभ यु’। गत वर्षको जाडोयाममा हामी घुम्न गएको स्थानको तस्बिर– मलाई पनि त्यो दृश्य साह्रै मनपरेको थियो, जुन उसले सदाका लागि अमर हुनेगरी कैद गरेकी रहिछ।

र त्यहाँ एउटा उसको बाल्यकालको तस्बिर थियो, शरद ऋतुमा झरेका पातहरूका बीच सानी फुच्ची।
क्याप्सनमा लेखिएको थियो– ‘म चाहन्छु, म सधैं यस्तै सानी रहुँ।’

ऊ सानी नै रहोस् भन्ने मेरोमात्रै चाहनाहोइन रहेछ।

हेलेन पत्रकार तथा लेखिका हुन्।
(द न्युयोर्क टाइम्सबाट अनूदित।)