Recent Updates
  • इरानले हमला गरे उसको ५२ स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी
    पुस २०, २०७६

    अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनैपनि आफ्ना नागरिक वा सम्पत्तिमाथि हमला गरे इरानको ५२ स्थानमा हमला गरी ध्वस्त बनाइदिने चेतावनी दिएका छन् ।
    इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएसँगै अमेरिका र इरानबीच द्वन्द्व बढेको छ । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ ।
    इरानले हमला गरे उसको ५२ स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी पुस २०, २०७६ अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनैपनि आफ्ना नागरिक वा सम्पत्तिमाथि हमला गरे इरानको ५२ स्थानमा हमला गरी ध्वस्त बनाइदिने चेतावनी दिएका छन् । इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएसँगै अमेरिका र इरानबीच द्वन्द्व बढेको छ । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ ।
    Like
    2
    0 Comments 0 Shares 51 Views
  • अस्ट्रेलिया डढेलो : वायु प्रदुषण भएपछि लाखौं मास्क वितरण गरिँदै
    नारायण खड्का
    लगातारको डढेलोका कारण वातावरण अत्यन्तै प्रदुषित भएपछि अस्ट्रेलियाली केन्द्र सरकारले लाखौं मास्क वितरण सुरु गरेको छ । अहिले राजधानी क्यानबेराको वायु १० गुणा बढीले प्रदुषित भएको छ भने न्यु साउथ वेल्स, भिक्टोरिया लगायतका केही क्षेत्रको वायुसमेत प्रदुषित बनेको छ ।
    अस्ट्रेलिया डढेलो : वायु प्रदुषण भएपछि लाखौं मास्क वितरण गरिँदै नारायण खड्का लगातारको डढेलोका कारण वातावरण अत्यन्तै प्रदुषित भएपछि अस्ट्रेलियाली केन्द्र सरकारले लाखौं मास्क वितरण सुरु गरेको छ । अहिले राजधानी क्यानबेराको वायु १० गुणा बढीले प्रदुषित भएको छ भने न्यु साउथ वेल्स, भिक्टोरिया लगायतका केही क्षेत्रको वायुसमेत प्रदुषित बनेको छ ।
    Like
    1
    0 Comments 0 Shares 52 Views
  • सुलेमानीको शवयात्रामा मानवसागर

    अमेरिकी सेनाको आक्रमणमा इराकमा मारिएका सैनिक कमाण्डर कासिम सुलेमानीको पार्थिव शरीर इरान पुर्‍याइएपछि आयोजित शवयात्रामा लाखौं मानिस सहभागी भएका छन् ।
    सुलेमानीको शवयात्रामा मानवसागर अमेरिकी सेनाको आक्रमणमा इराकमा मारिएका सैनिक कमाण्डर कासिम सुलेमानीको पार्थिव शरीर इरान पुर्‍याइएपछि आयोजित शवयात्रामा लाखौं मानिस सहभागी भएका छन् ।
    Like
    1
    0 Comments 0 Shares 50 Views
  • इराकी संसदले भन्यो : सबै विदेशी सैनिक फिर्ता जाऊ
    एजेन्सी
    इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्‌न भनेको छ । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो ।
    इराकी संसदले भन्यो : सबै विदेशी सैनिक फिर्ता जाऊ एजेन्सी इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्‌न भनेको छ । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो ।
    Like
    1
    0 Comments 0 Shares 53 Views
  • अमेरिकी सेना हटाइए इराकविरुद्ध कडा प्रतिबन्ध : ट्रम्प
    पुस २१, २०७६एजेन्सी
    वासिङ्टन/तेहरान — इराकी संसदले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने’ चेतावनी दिएका छन् ।
    ‘हाम्रो त्यहाँ निकै असामान्य महँगो हवाई अखडा छ। त्यो निर्माण गर्न हामीलाई अर्बौं डलर लाग्यो। हामीलाई त्यसको लागत नतिरेसम्म हामी इराक छाड्दैनौं,’ ट्रम्पले संवाददाताहरूसँग भने।
    राष्ट्रपतिको विमानमा सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने बताए। ‘हामी उनीहरूले यसअघि कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं। त्यसले इरानविरुद्धको नाकाबन्दीसमेत फिक्का लाग्नेछ,’ उनले भने।
    इस्लामिक स्टेट लडाकुविरुद्ध लड्न बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत हाल इराकमा ५ हजार अमेरिकी सेना छन्। गठबन्धनले आइतबार तत्कालका लागि आईएसविरुद्धको कारबाही स्थगित गरिएको जनाएको थियो। इराकको संसद्ले विदेशी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गर्‍यो।
    प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू इराकबाट अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले भने इराकी संसद्ले आफ्नो देशबाट अमेरिकी सैन्यबल हट्नुपर्ने भनी पारित गरेको संकल्प प्रस्तावप्रति निराशा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ।
    गत शुक्रबार अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा इरानी वरिष्ठ सैनिक कमान्डर कासिम सुलेमानीलाई मारेपछिमध्यपूर्वमा तनाव चर्केको हो। इरानले आफ्ना प्रभावशाली सैनिक अधिकारीको हत्याको अमेरिकासँग बदला लिने चेतावनीदिइसकेको छ।
    सुलेमानी इरानको इस्लामिक रेभलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अन्तर्गतको विशेष सैन्य फौज ‘कुड्स’ का प्रमुख थिए। मध्यपूर्वमा उनको नेतृत्वमा इरानी सैन्य गतिविधिहरू सञ्चालनमा थिए। सुलेमानीका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट खेदाउने चेतावनी दिएका छन्।
    अमेरिकी सेना हटाइए इराकविरुद्ध कडा प्रतिबन्ध : ट्रम्प पुस २१, २०७६एजेन्सी वासिङ्टन/तेहरान — इराकी संसदले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने’ चेतावनी दिएका छन् । ‘हाम्रो त्यहाँ निकै असामान्य महँगो हवाई अखडा छ। त्यो निर्माण गर्न हामीलाई अर्बौं डलर लाग्यो। हामीलाई त्यसको लागत नतिरेसम्म हामी इराक छाड्दैनौं,’ ट्रम्पले संवाददाताहरूसँग भने। राष्ट्रपतिको विमानमा सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने बताए। ‘हामी उनीहरूले यसअघि कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं। त्यसले इरानविरुद्धको नाकाबन्दीसमेत फिक्का लाग्नेछ,’ उनले भने। इस्लामिक स्टेट लडाकुविरुद्ध लड्न बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत हाल इराकमा ५ हजार अमेरिकी सेना छन्। गठबन्धनले आइतबार तत्कालका लागि आईएसविरुद्धको कारबाही स्थगित गरिएको जनाएको थियो। इराकको संसद्ले विदेशी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गर्‍यो। प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू इराकबाट अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले भने इराकी संसद्ले आफ्नो देशबाट अमेरिकी सैन्यबल हट्नुपर्ने भनी पारित गरेको संकल्प प्रस्तावप्रति निराशा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ। गत शुक्रबार अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा इरानी वरिष्ठ सैनिक कमान्डर कासिम सुलेमानीलाई मारेपछिमध्यपूर्वमा तनाव चर्केको हो। इरानले आफ्ना प्रभावशाली सैनिक अधिकारीको हत्याको अमेरिकासँग बदला लिने चेतावनीदिइसकेको छ। सुलेमानी इरानको इस्लामिक रेभलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अन्तर्गतको विशेष सैन्य फौज ‘कुड्स’ का प्रमुख थिए। मध्यपूर्वमा उनको नेतृत्वमा इरानी सैन्य गतिविधिहरू सञ्चालनमा थिए। सुलेमानीका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट खेदाउने चेतावनी दिएका छन्।
    Like
    2
    0 Comments 0 Shares 51 Views
  • मापदण्डविपरीत सञ्चालित पाँच अस्पतालको नवीकरण रोकियो
    पुस २२, काठमाडौँ — आधा दर्जनभन्दा बढी अस्पताल सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । काठमाडौं वनस्थलीको राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बौद्धको स्तूपा सामुदायिक अस्पताल, ललितपुरको आनन्दवन अस्पताल, बनेपाको शिर मेमोरियल अस्पताल र धनुषाको लालगढ लेप्रोसी अस्पतालले मापदण्ड पूरा नगरेका हुन् ।स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० पालना गर्न पटकपटक सचेत गराउँदा बेवास्ता गरेपछि स्वास्थ्य सेवा विभागले ती अस्पतालको नवीकरण रोकेको छ । विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार नवीकरण नभएका अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापन मुख्य समस्या छन् । जनशक्ति र उपकरण व्यवस्थित छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेका छैनन् ।
    मापदण्डविपरीत सञ्चालित पाँच अस्पतालको नवीकरण रोकियो पुस २२, काठमाडौँ — आधा दर्जनभन्दा बढी अस्पताल सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । काठमाडौं वनस्थलीको राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बौद्धको स्तूपा सामुदायिक अस्पताल, ललितपुरको आनन्दवन अस्पताल, बनेपाको शिर मेमोरियल अस्पताल र धनुषाको लालगढ लेप्रोसी अस्पतालले मापदण्ड पूरा नगरेका हुन् ।स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० पालना गर्न पटकपटक सचेत गराउँदा बेवास्ता गरेपछि स्वास्थ्य सेवा विभागले ती अस्पतालको नवीकरण रोकेको छ । विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार नवीकरण नभएका अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापन मुख्य समस्या छन् । जनशक्ति र उपकरण व्यवस्थित छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेका छैनन् ।
    Like
    1
    0 Comments 0 Shares 51 Views
  • इराकका क्याम्पबाट विदेशी फर्काउन सुरु, ७ नेपाली फर्किए
    इराकका क्याम्पबाट विदेशी फर्काउन सुरु, ७ नेपाली फर्किए
    Like
    1
    0 Comments 0 Shares 58 Views
  • सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ७६ हजार रुपैयाँ पुग्यो
    06 Jan,2020
    काठमाडौं : सुनको मूल्यले सोमबार फेरि अर्को रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको थियो । व्यवसायीहरुका अनुसार सोमबारको भाउ अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ ।
    आइतबार तेजावी सुनको भाउ तोलाको ७५ हजार २०० सय रुपैयाँ रहेको थियो । यता, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ ।
    आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि भाउ तय हुने व्यसायीहरुको भनाई छ । पछिल्लो समय अमेरिका र इरानबीच विवाद झनै चर्किएपछि व्यवसायीहरुले सुरक्षित लगानीका रुपमा सुनलाई रोजेका हुन् । जसका कारण माग बढ्न जाँदा मूल्य पनि माथि लागेको हो ।
    सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ७६ हजार रुपैयाँ पुग्यो 06 Jan,2020 काठमाडौं : सुनको मूल्यले सोमबार फेरि अर्को रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको थियो । व्यवसायीहरुका अनुसार सोमबारको भाउ अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ । आइतबार तेजावी सुनको भाउ तोलाको ७५ हजार २०० सय रुपैयाँ रहेको थियो । यता, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ । आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि भाउ तय हुने व्यसायीहरुको भनाई छ । पछिल्लो समय अमेरिका र इरानबीच विवाद झनै चर्किएपछि व्यवसायीहरुले सुरक्षित लगानीका रुपमा सुनलाई रोजेका हुन् । जसका कारण माग बढ्न जाँदा मूल्य पनि माथि लागेको हो ।
    Like
    1
    0 Comments 0 Shares 54 Views
  • यी हुन् घुम्नलायक उत्कृष्ट १० देश
    पुस १५, २०७६कान्तिपुर संवाददाता

    सुन् २०१९ मा विश्वप्रसिद्ध अखबार 'फोर्ब्स'ले सन् २०२० का साथै आगामी दशकका लागि घुम्न लायक देश र ती देशका प्रसिद्ध पर्यटकीय स्थलको सूची सार्वजनिक गरेको छ ।
    पार्कर मागयेरले तयार पारेको उक्त सामग्रीमा विस्तृत पढ्न पाइन्छ। प्राचिन सहरहरुदेखि दुर्लभ जीवजन्तु हुने सुनसान टापु अनि अमेजन जंगलदेखि सगरमाथाको चुचुरा भएका भू-भागलाई क्याथरिनले समेटेकी छन्।
    विश्वका विख्यात पर्यटकीय १० देश समावेश रहेको यो सूचीमा नेपाल घुम्नलायक देशको पहिलो सूचीमा अटाएको छ। पहिलो नम्बरमा रहेको नेपालको चितवन राष्ट्रिय निकुञ्ज र तराई क्षेत्रका मनोरम स्थान र पर्यटकीय क्रियाकलापबारे प्रकाश पारिएको छ। यसमा सगरमाथा, अन्नपूर्ण आधार शिविरदेखि काठमाडौं उपत्यका आसपासका पर्यटकीय स्थानबारे जानकारी दिइएको छ।
    अंग्रेजी नयाँ वर्षको छेकोमा तपाईं पनि कुनै राम्रो ठाउँको खोजीमा हुनुहुन्छ र कहाँ घुम्न जाने भनेर चिन्तित हुनुहुन्छ भने यो सूची तपाईंका लागि उपयोगी हुनसक्छ।
    १. नेपाल
    आनन्ददायी जंगल सफारीका साथै हिमाली क्षेत्रमा व्यक्तिगत ट्रेकिङका लागि उपयुक्त
    २. इक्वेडर
    गालापागोस द्वीपहरुमा रोमाञ्चकारी यात्राका लागि उपयुक्त
    ३. न्युजिल्यान्ड
    उत्तर र दक्षिणमा फैलिएका द्वीपहरुमा सफरका लागि उपयुक्त
    ४. पेरु
    माचु पिछ्छुदेखि रेन्बो माउन्टेनसम्म ट्रेकिङका लागि उपयुक्त
    ५. अलस्का
    वेल्स टापुका कुनाकाप्चा छिचोल्न उपयुक्त
    ६. ब्राजिल
    अमेजोन वर्षा जंगलबारे धेरैभन्दा धेरै बुझ्नुहोस्
    ७. मोरोक्को
    सहारा मरुभूमि र अटलास पर्वतहरुको पुनर्ताजगी गर्नुहोस्
    ८. चीन
    प्राचिन राजधानी सियान र बेइजिङको मज्जा लिनुहोस्
    ९. फिनल्यान्ड
    आर्कटिक वृत्त सेरोफेरोमाथिको मनोरम यात्रामा रमाउनुहोस्
    १०. केन्या
    नैरोबी, नान्युकी र मसाई मारा डुल्नुहोस्
    यी हुन् घुम्नलायक उत्कृष्ट १० देश पुस १५, २०७६कान्तिपुर संवाददाता सुन् २०१९ मा विश्वप्रसिद्ध अखबार 'फोर्ब्स'ले सन् २०२० का साथै आगामी दशकका लागि घुम्न लायक देश र ती देशका प्रसिद्ध पर्यटकीय स्थलको सूची सार्वजनिक गरेको छ । पार्कर मागयेरले तयार पारेको उक्त सामग्रीमा विस्तृत पढ्न पाइन्छ। प्राचिन सहरहरुदेखि दुर्लभ जीवजन्तु हुने सुनसान टापु अनि अमेजन जंगलदेखि सगरमाथाको चुचुरा भएका भू-भागलाई क्याथरिनले समेटेकी छन्। विश्वका विख्यात पर्यटकीय १० देश समावेश रहेको यो सूचीमा नेपाल घुम्नलायक देशको पहिलो सूचीमा अटाएको छ। पहिलो नम्बरमा रहेको नेपालको चितवन राष्ट्रिय निकुञ्ज र तराई क्षेत्रका मनोरम स्थान र पर्यटकीय क्रियाकलापबारे प्रकाश पारिएको छ। यसमा सगरमाथा, अन्नपूर्ण आधार शिविरदेखि काठमाडौं उपत्यका आसपासका पर्यटकीय स्थानबारे जानकारी दिइएको छ। अंग्रेजी नयाँ वर्षको छेकोमा तपाईं पनि कुनै राम्रो ठाउँको खोजीमा हुनुहुन्छ र कहाँ घुम्न जाने भनेर चिन्तित हुनुहुन्छ भने यो सूची तपाईंका लागि उपयोगी हुनसक्छ। १. नेपाल आनन्ददायी जंगल सफारीका साथै हिमाली क्षेत्रमा व्यक्तिगत ट्रेकिङका लागि उपयुक्त २. इक्वेडर गालापागोस द्वीपहरुमा रोमाञ्चकारी यात्राका लागि उपयुक्त ३. न्युजिल्यान्ड उत्तर र दक्षिणमा फैलिएका द्वीपहरुमा सफरका लागि उपयुक्त ४. पेरु माचु पिछ्छुदेखि रेन्बो माउन्टेनसम्म ट्रेकिङका लागि उपयुक्त ५. अलस्का वेल्स टापुका कुनाकाप्चा छिचोल्न उपयुक्त ६. ब्राजिल अमेजोन वर्षा जंगलबारे धेरैभन्दा धेरै बुझ्नुहोस् ७. मोरोक्को सहारा मरुभूमि र अटलास पर्वतहरुको पुनर्ताजगी गर्नुहोस् ८. चीन प्राचिन राजधानी सियान र बेइजिङको मज्जा लिनुहोस् ९. फिनल्यान्ड आर्कटिक वृत्त सेरोफेरोमाथिको मनोरम यात्रामा रमाउनुहोस् १०. केन्या नैरोबी, नान्युकी र मसाई मारा डुल्नुहोस्
    Like
    1
    0 Comments 0 Shares 55 Views
  • सामसुङले पहिलोपटक फ्रेमलेस टिभी ल्याउँदै
    पुस १८, २०७६काठमाडौँ — साउथ कोरियन कम्पनी सामसुङले पहिलो पटक बजारमा फ्रेमलेस टिभी लन्च गर्ने भएको छ । विश्व बजारमा विभिन्न विद्युतीय उपकरण बनाउँदै आएको सामसुङले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा सन् २०२० मा फ्रेमलेश ‘एट के’ टिभी ल्याउने तयारी गरेको हो ।
    लस भेगासमा २०२० जनवरी ६ मा हुने प्रविधिसम्बन्धी‘कन्ज्युमर इलेक्ट्रोनिक्स सो’ मा यसकाेलन्च हुने भएको छ। यो ६५ इन्च वा सोभन्दा माथिको हुनेछ। लन्च गरेपछि सामसुङले फेब्रुअरी २०२० देखि व्यमवसायिक रुपमा उत्पादन थाल्नेछ।
    फ्रेम नभएको टिभीले टिभीको साइज बढाउनेछ। साथै टिभी आर्कषक देखिनुका साथै उत्कृष्ट दृश्य देखिने बताइएको छ । जर्मन साइट ‘फोकेफिल्म’ले सामसुङको टिभीको तस्बिर सार्वजनिक गरेको छ ।
    तस्बिरमा स्ट्याण्डसहित एकदम थोरै फ्रेम भएको टिभी देखिन्छ। अरु विशेषताहरु भने खुलाइएको छैन। टिभी ४ के रिजोलुसनको देखिन्छ । जुन अहिलेको धेरै स्मार्ट टिभीको विशेषता हो।
    टिभीलाई'क्यू नाइन जिरो जिरो टी'नाम दिइने बताइएको छ। उक्त प्रर्दशनी भेलामा फाइभ जी फोन, टिभी , हेडफोन, क्यामराहरु सार्वजनिक हुने बताइएको छ।
    सामसुङले पहिलोपटक फ्रेमलेस टिभी ल्याउँदै पुस १८, २०७६काठमाडौँ — साउथ कोरियन कम्पनी सामसुङले पहिलो पटक बजारमा फ्रेमलेस टिभी लन्च गर्ने भएको छ । विश्व बजारमा विभिन्न विद्युतीय उपकरण बनाउँदै आएको सामसुङले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा सन् २०२० मा फ्रेमलेश ‘एट के’ टिभी ल्याउने तयारी गरेको हो । लस भेगासमा २०२० जनवरी ६ मा हुने प्रविधिसम्बन्धी‘कन्ज्युमर इलेक्ट्रोनिक्स सो’ मा यसकाेलन्च हुने भएको छ। यो ६५ इन्च वा सोभन्दा माथिको हुनेछ। लन्च गरेपछि सामसुङले फेब्रुअरी २०२० देखि व्यमवसायिक रुपमा उत्पादन थाल्नेछ। फ्रेम नभएको टिभीले टिभीको साइज बढाउनेछ। साथै टिभी आर्कषक देखिनुका साथै उत्कृष्ट दृश्य देखिने बताइएको छ । जर्मन साइट ‘फोकेफिल्म’ले सामसुङको टिभीको तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा स्ट्याण्डसहित एकदम थोरै फ्रेम भएको टिभी देखिन्छ। अरु विशेषताहरु भने खुलाइएको छैन। टिभी ४ के रिजोलुसनको देखिन्छ । जुन अहिलेको धेरै स्मार्ट टिभीको विशेषता हो। टिभीलाई'क्यू नाइन जिरो जिरो टी'नाम दिइने बताइएको छ। उक्त प्रर्दशनी भेलामा फाइभ जी फोन, टिभी , हेडफोन, क्यामराहरु सार्वजनिक हुने बताइएको छ।
    0 Comments 0 Shares 54 Views
More Stories