Recent Updates
  • फलामे होइन सुनौलो ढोकाः एसइइ
    नाम बदलिए पनि एसईईको महत्त्व एसएलसीकै जत्तिको मानिन्छ। ‘फलामे ढोका’ भनिएकै छ। एसईईको परीक्षाफल प्रकाशित भएको छ। अर्थात् फलामे ढोका खुलेको छ, ढोका पार भएको छ। मानौं, अब कुनै पनि बाधा–व्यवधान जीवनमा आइपर्दैनन्। त्यसो त, कोरानाका कारण यो ढोका पार गर्न यसपालि त्यति कठिन भएन। उच्चशिक्षाको सपना बोकेका युवा बाटोको खोजीमा लागि परिसकेका छन्।
    फलामे होइन सुनौलो ढोकाः एसइइ नाम बदलिए पनि एसईईको महत्त्व एसएलसीकै जत्तिको मानिन्छ। ‘फलामे ढोका’ भनिएकै छ। एसईईको परीक्षाफल प्रकाशित भएको छ। अर्थात् फलामे ढोका खुलेको छ, ढोका पार भएको छ। मानौं, अब कुनै पनि बाधा–व्यवधान जीवनमा आइपर्दैनन्। त्यसो त, कोरानाका कारण यो ढोका पार गर्न यसपालि त्यति कठिन भएन। उच्चशिक्षाको सपना बोकेका युवा बाटोको खोजीमा लागि परिसकेका छन्।
    Love
    Like
    7
    0 Comments 0 Shares 57 Views
  • वास्तवमा एसएलसीजस्तै एसईई पनि ‘फलामे ढोका’ हो भने यो बुझ्नुपर्छ कि त्योभन्दा पनि बलिया ढोकाहरू त त्यसपछि आइलाग्छन। यो, उमेरको त्यो अवस्था हो जतिबेला किशोरावस्थाको उमेर पार गर्दै युवा हुने खुड्किलोतर्फ अग्रसर हुन लाग्छन् पाइलाहरू।
    वास्तवमा एसएलसीजस्तै एसईई पनि ‘फलामे ढोका’ हो भने यो बुझ्नुपर्छ कि त्योभन्दा पनि बलिया ढोकाहरू त त्यसपछि आइलाग्छन। यो, उमेरको त्यो अवस्था हो जतिबेला किशोरावस्थाको उमेर पार गर्दै युवा हुने खुड्किलोतर्फ अग्रसर हुन लाग्छन् पाइलाहरू।
    Love
    Like
    7
    0 Comments 0 Shares 47 Views
  • एसईईको गम्भीरतापूर्वक परीक्षा दिएर राम्रो रिजल्ट प्राप्त गर्ने अभिलाषामा रहेका परीक्षार्थीका लागि त्यसको उचित परिणाम आइसकेको छ। स्पष्ट छ– यसबेला कथित त्यो फलामे
    गहिरिएर हेर्ने हो भने केवल पढाइ होइन, सम्पूर्ण ‘क्यारियर’ बनाउन सोच्नुपर्ने बेला हो यो। साँच्चै, अभिभावकका सपनालाई साक्षी राखेर निर्दृष्ट उद्देश्य निर्धारण गरिनुपर्ने बेला पनि यही नै हो।
    एसईईको गम्भीरतापूर्वक परीक्षा दिएर राम्रो रिजल्ट प्राप्त गर्ने अभिलाषामा रहेका परीक्षार्थीका लागि त्यसको उचित परिणाम आइसकेको छ। स्पष्ट छ– यसबेला कथित त्यो फलामे गहिरिएर हेर्ने हो भने केवल पढाइ होइन, सम्पूर्ण ‘क्यारियर’ बनाउन सोच्नुपर्ने बेला हो यो। साँच्चै, अभिभावकका सपनालाई साक्षी राखेर निर्दृष्ट उद्देश्य निर्धारण गरिनुपर्ने बेला पनि यही नै हो।
    Love
    Like
    7
    0 Comments 0 Shares 45 Views
  • निश्चय नै लेखाइ–पढाइ प्रमुख विषय हो। त्यसका साथै आफू र परिवारको भविष्यको परिकल्पनामा घरव्यवहारको सामान्य कर्तव्यबोध समेत यो समयमा थपिन पुग्छ। तर यस्तो अवस्था आउनुको अर्थ नबुझीकनै ‘फलामे ढोका’को नाममा हुर्कंदो किशोरको मनमस्तिष्कलाई चलायमान हुन नदिनु सर्वथा गलत छ। साँच्चै भन्ने हो भने ‘फलामे ढोका’ भनेर भनिनु एउटा त्रस्त मानसिकता बोक्नुपर्ने बाध्यता कलिला विद्यार्थीका मस्तिष्कमा सञ्चारित गराउनु हो।
    निश्चय नै लेखाइ–पढाइ प्रमुख विषय हो। त्यसका साथै आफू र परिवारको भविष्यको परिकल्पनामा घरव्यवहारको सामान्य कर्तव्यबोध समेत यो समयमा थपिन पुग्छ। तर यस्तो अवस्था आउनुको अर्थ नबुझीकनै ‘फलामे ढोका’को नाममा हुर्कंदो किशोरको मनमस्तिष्कलाई चलायमान हुन नदिनु सर्वथा गलत छ। साँच्चै भन्ने हो भने ‘फलामे ढोका’ भनेर भनिनु एउटा त्रस्त मानसिकता बोक्नुपर्ने बाध्यता कलिला विद्यार्थीका मस्तिष्कमा सञ्चारित गराउनु हो।
    Love
    Like
    7
    0 Comments 0 Shares 49 Views
  • परीक्षाको समयमा तिनका पढाइको ध्यानलाई बिटुल्याउनमा पक्कै अप्रत्यक्ष सघाउ पुर्‍याउँछ। एसईई दिइरहेको अवस्थामा यो उपमालाई तथा कथित बौद्धिकको पाखण्डीपनाको उच्चतम् नमूना मान्न सकिन्छ। प्रश्न उठाउन सकिन्छ– के एसईई उत्तीर्ण गर्नु मात्रै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ? अन्यथा, यो तथ्यलाई किन उजागर गरिँदैन कि उत्तीर्ण हुनु त पहिलो कक्षादेखि अझ आजको आधुनिक शिक्षामा पनि नर्सरी, केजीदेखि नै छँदैछ।
    परीक्षाको समयमा तिनका पढाइको ध्यानलाई बिटुल्याउनमा पक्कै अप्रत्यक्ष सघाउ पुर्‍याउँछ। एसईई दिइरहेको अवस्थामा यो उपमालाई तथा कथित बौद्धिकको पाखण्डीपनाको उच्चतम् नमूना मान्न सकिन्छ। प्रश्न उठाउन सकिन्छ– के एसईई उत्तीर्ण गर्नु मात्रै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ? अन्यथा, यो तथ्यलाई किन उजागर गरिँदैन कि उत्तीर्ण हुनु त पहिलो कक्षादेखि अझ आजको आधुनिक शिक्षामा पनि नर्सरी, केजीदेखि नै छँदैछ।
    Love
    Like
    7
    0 Comments 0 Shares 51 Views
  • यस दृष्टिकोणले बरु खुलेर भनिदिन सक्नुपर्थ्यो– संघर्ष त पढाइ प्रारम्भ भएको सुरुको कक्षादेखि नै गर्न जरुरी छ। के फलामे ढोकाको उपमा दिनेहरूले यो वास्तविकतालाई बुझेका छैनन् र ?
    यस दृष्टिकोणले बरु खुलेर भनिदिन सक्नुपर्थ्यो– संघर्ष त पढाइ प्रारम्भ भएको सुरुको कक्षादेखि नै गर्न जरुरी छ। के फलामे ढोकाको उपमा दिनेहरूले यो वास्तविकतालाई बुझेका छैनन् र ?
    Love
    Like
    7
    0 Comments 0 Shares 45 Views
  • गहिरिएर विश्लेषण गर्ने हो भने संघर्ष केवल पढाइमा मात्रै गरिन्न। जिन्दगीका यावत् पक्षहरू पारिवारिक, सामाजिक, प्रशासनिक जतासुकै क्रमशः बढ्दो उमेरसँगै संघर्ष बढ्दै जान्छ।
    गहिरिएर विश्लेषण गर्ने हो भने संघर्ष केवल पढाइमा मात्रै गरिन्न। जिन्दगीका यावत् पक्षहरू पारिवारिक, सामाजिक, प्रशासनिक जतासुकै क्रमशः बढ्दो उमेरसँगै संघर्ष बढ्दै जान्छ।
    Love
    Like
    7
    0 Comments 0 Shares 49 Views
  • अब सोच्नुपर्ने चाहिँ यही छ, जीवनमा कतिसम्म संघर्षको मैदानबाट पार पाइन्छ ? गीतमा भनिएकै छ, ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवनदेखि हारेर भाग्छु नभन।’ कति ठाउँ जितिएला, कति ठाउँ हारिएला।
    अब सोच्नुपर्ने चाहिँ यही छ, जीवनमा कतिसम्म संघर्षको मैदानबाट पार पाइन्छ ? गीतमा भनिएकै छ, ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवनदेखि हारेर भाग्छु नभन।’ कति ठाउँ जितिएला, कति ठाउँ हारिएला।
    Love
    Like
    7
    0 Comments 0 Shares 52 Views
  • अलिकति आध्यात्मिक पाराले भन्ने हो भने जीवन एउटा खेल हो। चाहेर जित्न नसकिएला अथवा नचाहेरै पनि हारिएला। बस्, संघर्ष जारी राख्नुपर्छ, प्रयास गर्ने हो।
    अलिकति आध्यात्मिक पाराले भन्ने हो भने जीवन एउटा खेल हो। चाहेर जित्न नसकिएला अथवा नचाहेरै पनि हारिएला। बस्, संघर्ष जारी राख्नुपर्छ, प्रयास गर्ने हो।
    Love
    Like
    7
    0 Comments 0 Shares 49 Views
  • प्रयास गर्नेले नै सगरमाथाको शिखर चुम्छ। कदाचित् कैयौंपटक प्रयास नगरिएको भए चन्द्रमा छुने मात्रै होइन त्यहाँ पाइला राख्ने आकांक्षा कसरी पूरा हुन्थ्यो ? यस हिसाबले भन्न सकिन्छ, असफलता नै सफलताको असली ढोका हो।
    प्रयास गर्नेले नै सगरमाथाको शिखर चुम्छ। कदाचित् कैयौंपटक प्रयास नगरिएको भए चन्द्रमा छुने मात्रै होइन त्यहाँ पाइला राख्ने आकांक्षा कसरी पूरा हुन्थ्यो ? यस हिसाबले भन्न सकिन्छ, असफलता नै सफलताको असली ढोका हो।
    Love
    Like
    7
    0 Comments 0 Shares 56 Views
More Stories