Recent Updates
  • डीएसपी हुँ भन्दै सुनका बाला लुटपाट गरेको आरोपमा एक जना पक्राउ
    २२ साउन, काठमाडौं। आफूलाई प्रहरीको डीएसपी हुँ भन्दै सुनका बाला लुटपाटमा स‌ंलग्न रहेको आरोपमा प्रहीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण-४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो । विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने गरेको...
    Like
    Love
    Haha
    Yay
    Wow
    Angry
    46
    6 Comments 2 Shares 612 Views 0 Reviews
  • स्वास्थ्य सुरक्षाको माग गर्दै प्रदर्शन गर्ने विद्यार्थीमाथि ‘विद्यार्थी नेता’को निगरानी
    २२ साउन, काठमाडौं । स्वास्थ्य सुरक्षाको माग गर्दै प्रदर्शन गरेका विद्यार्थीलाई ‘विद्यार्थी नेता’ले धम्की दिएको पाटन क्याम्पसका विद्यार्थीहरुले बताएका छन् । कोभिड-१९ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड शैक्षिक संस्थाहरुले उल्लंघन गर्दै शरीरको तापक्रम जाँच नगरेको, एउटै कक्षामा ६० जना विद्यार्थी राखेपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा विद्यार्थीले...
    Like
    Love
    Yay
    46
    6 Comments 1 Shares 627 Views 0 Reviews
  • दार्चुला घटनामा सरकारले समिति बनाएर टार्न खोज्यो : कोमल वली
    २२ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुला घटनामा सरकारले एक शब्द पनि बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक वीपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छिन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको आरोप लगाइन् । वीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण...
    Like
    Love
    Sad
    Yay
    47
    4 Comments 0 Shares 509 Views 0 Reviews
  • वैदेशिक रोजगार सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता
    २२ साउन, काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित बनाउने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला हुन् भने कांग्रेसकै सांसदद्धय प्रमिला राई र रामबहादुर बिष्ट समर्थक छन् । उनीहरुले कोरोना भाइरस (कोभिड १९) बाट सृजित समस्याले वैदेशिक रोजगारमा कतिले ज्यान गुमाए, कतिले रोजगारी गुमाए,...
    Like
    Love
    Yay
    43
    3 Comments 0 Shares 566 Views 0 Reviews
  • एकताका लागि सजगताका साथ अगाडि बढ्ने माधव नेपाल समूहको निर्णय
    २२ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकतामै जोड दिएको छ । केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टी एकताका लागि सजगताका साथ अगाडि बढ्ने निर्णय गरेको हो । २७ असारमा भएको दशबुँदे लगायतका सहमति कार्यान्वयन गर्दै एकताका आधार तयार गर्नुपर्ने बैठकले निर्णय गरेको छ । नेता रघुजी पन्त भन्छन्, ‘हामीले पार्टीलाई एकतावद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न...
    Like
    Love
    Haha
    Yay
    40
    2 Comments 0 Shares 632 Views 0 Reviews
  • एमबीबीएस प्रवेश परीक्षामा १ हजार विद्यार्थीलाई पछि पार्दै सर्वोत्कृष्ट बने आशिक झा
    २२ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । आयोगले शुक्रबार सार्वजनिक गरेको नतिजामा आशिकले २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन् । उत्कृष्ट भएपछि चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । एमबीबीएस प्रवेश परीक्षाका लागि देशभरिबाट ११ हजार सहभागी...
    Like
    Love
    Yay
    41
    3 Comments 0 Shares 570 Views 0 Reviews
  • बागमतीका दुई मन्त्रीले गरे दोलखाको लापिलाङमा गएको पहिरोको स्थलगत निरीक्षण
    २२ साउन, चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिबारेमा बागमती प्रदेशका दुई मन्त्रीले स्थलगत निरीक्षण गरेका छन् । लापिलाङको रानीवन पहिरोको शुक्रबार सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गरेका हुन् । पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री...
    Like
    Love
    Wow
    40
    1 Comments 0 Shares 661 Views 0 Reviews
  • कृषि मन्त्रालयले डीडीसीसँग माग्यो स्पष्टीकरण
    २२ साउन, काठमाडौं । उपभोक्तालाई म्याद गुजि्रएको बटरबाट बनेको घिउ बिक्री गरेको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूग्ध विकास संस्थान (डीडीसी ) सँग स्पष्टीकरण माग गरेको छ । घटनाबारे यथार्थ विवरण मन्त्रालयलाई पेश गर्न डीडीसीलाई चार दिनको समय दिइएको मन्त्रालयले जनाएको छ । म्याद सकिएको बटर बिक्री प्रकरणमा डीडीसीलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका पशुपन्छी विकास सचिव डा. कृष्णप्रसाद आचार्यले...
    Like
    Love
    Wow
    39
    0 Comments 0 Shares 615 Views 0 Reviews
  • भन्सारलाई अर्थमन्त्रीले सोधे-रेमिट्यान्स पठाउनेलाई एयरपोर्ट र नाकामा सास्ती किन ?
    २१ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले  वैदेशिक रोजगारीबाट र्फकनेहरुले विमानस्थल र नाकाका भन्सारमा दुःख पाइरहेको गुनासोबारे भन्सार विभागको ध्यानाकर्षण गराएका छन् । बिहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले  भने,’जसले विदेशबाट विप्रेषण पठाएका छन्, घर र्फकंदा उसैले बोकेर ल्याएको एउटा मोबाईल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती...
    Like
    Love
    Wow
    40
    3 Comments 0 Shares 629 Views 0 Reviews
  • डीडीसीका महाप्रबन्धक पौडेललाई कारवाही माग गर्दै प्रशासनमा निवेदन
    २१ साउन,काठमाडौं । म्याद सकिएको बटर बिक्री प्रकरणमा संलग्न डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेललाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता भएको छ । म्याद सकिएको बटरलाई घिउ बनाएर उपभोक्तलाई बिक्री गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले महाप्रबन्धक पौडेलसहितका संलग्न अधिकारीलाई कारबाहीको गर्न माग गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा विचाराधीन...
    Like
    Love
    Wow
    39
    0 Comments 0 Shares 578 Views 0 Reviews
More Stories