- 125 Posts
- 0 Photos
- 0 Videos
- Male
- 01/11/1980
- Followed by 20 people
Friends 15
Recent Updates
- राता मकैको फिला कचक्क कुल्चिएपछि…
म चकचक नगरी बस्नै नसक्ने ।
कुनै तालुखुइले मान्छे देखें भने रबर तन्काएर उसको टाउकोमा कागजको डल्लाले हिर्काउने । अनि केही थाहा नपाएको जस्तो गर्ने । म जस्तो मान्छेसँग पनि जिस्कने, जस्तो मान्छेलाई पनि चलाउने । अनुहार हेरेर, नाता हेरेर, योजना बनाएर चकचक गर्ने होइन । अन द स्पट जे भेटिन्छ, त्यही गर्ने ।राता मकैको फिला कचक्क कुल्चिएपछि… म चकचक नगरी बस्नै नसक्ने । कुनै तालुखुइले मान्छे देखें भने रबर तन्काएर उसको टाउकोमा कागजको डल्लाले हिर्काउने । अनि केही थाहा नपाएको जस्तो गर्ने । म जस्तो मान्छेसँग पनि जिस्कने, जस्तो मान्छेलाई पनि चलाउने । अनुहार हेरेर, नाता हेरेर, योजना बनाएर चकचक गर्ने होइन । अन द स्पट जे भेटिन्छ, त्यही गर्ने ।Please log in to like, share and comment! - फिल्म क्षेत्रमा त्यस्ता मान्छे कमै होलान्, जसलाई मैले सताएको नहोस् । रातिको सुटिङ प¥यो भने त कसैलाई सुत्नै नदिने । मलाई निद्रा नआउने । अरू निदाएको छ भने उनीहरूलाई पनि निदाउन नदिने । चलाएर हुन्छ कि, पानी छर्किएर हुन्छ कि निद्रा विथोलिदिन्थें । त्यसैले छायांकनको बेला म छु भने प्रायः सबै कलाकार अलि सतर्क भएर बस्छन् । यसले केही पो गरिहाल्छ कि भनेर सजग हुन्छन् ।फिल्म क्षेत्रमा त्यस्ता मान्छे कमै होलान्, जसलाई मैले सताएको नहोस् । रातिको सुटिङ प¥यो भने त कसैलाई सुत्नै नदिने । मलाई निद्रा नआउने । अरू निदाएको छ भने उनीहरूलाई पनि निदाउन नदिने । चलाएर हुन्छ कि, पानी छर्किएर हुन्छ कि निद्रा विथोलिदिन्थें । त्यसैले छायांकनको बेला म छु भने प्रायः सबै कलाकार अलि सतर्क भएर बस्छन् । यसले केही पो गरिहाल्छ कि भनेर सजग हुन्छन् ।
- किरण केसी ‘राता मकै’ त म भएपछि चौबीसै घण्टा सतर्क हुन्छन् । एकदिन मदन दाइको घरमा के कार्यक्रम थियो । सबैजना लस्करै बसिरहेका थिए । भित्तामा एउटा पोस्टर रहेछ । त्यही हेर्ने निहुँले जुरुक्कै उठें । अनि सरासर गएर किरण केसीको फिलामा कचक्कै कुल्चिएर उभिएँ । ‘ए मार्यो, मार्यो’ भन्दै ऊ चिच्याउन थाल्यो ।किरण केसी ‘राता मकै’ त म भएपछि चौबीसै घण्टा सतर्क हुन्छन् । एकदिन मदन दाइको घरमा के कार्यक्रम थियो । सबैजना लस्करै बसिरहेका थिए । भित्तामा एउटा पोस्टर रहेछ । त्यही हेर्ने निहुँले जुरुक्कै उठें । अनि सरासर गएर किरण केसीको फिलामा कचक्कै कुल्चिएर उभिएँ । ‘ए मार्यो, मार्यो’ भन्दै ऊ चिच्याउन थाल्यो ।
- नाटक भित्र अर्को नाटक
रंगमञ्चमा काम गर्दा पनि यस्ता थुप्रै घटना छन् । त्यहाँ एउटाले अर्कोलाई सताउने काम भइरहेको हुन्छ ।नाटक भित्र अर्को नाटक रंगमञ्चमा काम गर्दा पनि यस्ता थुप्रै घटना छन् । त्यहाँ एउटाले अर्कोलाई सताउने काम भइरहेको हुन्छ । - एउटा नाटकमा किरण केसी र म सँगै थियौं । नाटक भइरहेको थियो । मेरो संवाद सकिएपछि म सुटुक्कै किरणको पछाडि आएर दर्शकले थाहा नपाउने गरी उनलाई काउकुती लगाइरहें । ऊ हाँस्न पनि नमिल्ने, चल्न पनि नमिल्ने । म चाहिं चलाएको चलाएकै गर्ने । त्यसबेला उनलाई निकै गाह्रो भएको थियो ।एउटा नाटकमा किरण केसी र म सँगै थियौं । नाटक भइरहेको थियो । मेरो संवाद सकिएपछि म सुटुक्कै किरणको पछाडि आएर दर्शकले थाहा नपाउने गरी उनलाई काउकुती लगाइरहें । ऊ हाँस्न पनि नमिल्ने, चल्न पनि नमिल्ने । म चाहिं चलाएको चलाएकै गर्ने । त्यसबेला उनलाई निकै गाह्रो भएको थियो ।
- नाटकभित्र हामी अर्कै नाटक गरिरहेका हुन्छौं । नाटक आफ्नै हिसाबले चलिरहेको हुन्छ, भित्र भित्रै हामी चल्ने, जिस्कने गर्छौं । यो कुरा दर्शकलाई भने थाहा हुँदैन ।नाटकभित्र हामी अर्कै नाटक गरिरहेका हुन्छौं । नाटक आफ्नै हिसाबले चलिरहेको हुन्छ, भित्र भित्रै हामी चल्ने, जिस्कने गर्छौं । यो कुरा दर्शकलाई भने थाहा हुँदैन ।
- एकपटक चाहिं ‘नाता’ भन्ने नाटक गर्दै थियौं । नाटकमा नरेन्द्र कंसाकार र मेरो प्रवेश भयो । हामी प्रवेश गर्नासाथ हरिवंशले जुन संवाद बोल्यो, त्यो खासमा त्यसबेला बोल्ने संवाद थिएन ।एकपटक चाहिं ‘नाता’ भन्ने नाटक गर्दै थियौं । नाटकमा नरेन्द्र कंसाकार र मेरो प्रवेश भयो । हामी प्रवेश गर्नासाथ हरिवंशले जुन संवाद बोल्यो, त्यो खासमा त्यसबेला बोल्ने संवाद थिएन ।
- अन्तिममा बोल्नुपर्ने संवाद पहिले नै बोलिदियो । नरेन्द्र कंसकार त कालो निलो भइहाले । हरिवंशले पनि जिब्रो टोके । तर, हामीले फेरि आफू आफैं संवाद बनायौं । यसरी नाटकभित्र पनि अनेक नाटक हुन्छ ।अन्तिममा बोल्नुपर्ने संवाद पहिले नै बोलिदियो । नरेन्द्र कंसकार त कालो निलो भइहाले । हरिवंशले पनि जिब्रो टोके । तर, हामीले फेरि आफू आफैं संवाद बनायौं । यसरी नाटकभित्र पनि अनेक नाटक हुन्छ ।
- राजेश हमालसँग त्यति ठट्यौली भएन
मैले फिल्मी क्षेत्रका सबैलाई सताएको छु । मदन दाइ, हरिवंश, किरण केसी, बसुन्धारा भुसालदेखि अहिलेका नयाँ कलाकारहरूसँग समेत केही न केही उटपट्याङ गरेको छु । मलाई छायांकनमा पुगेपछि पनि गमक्क परेर बस्न मन लाग्दैन । मौका पाउनासाथ केही न केही उटपट्याङ गरिहाल्छु ।राजेश हमालसँग त्यति ठट्यौली भएन मैले फिल्मी क्षेत्रका सबैलाई सताएको छु । मदन दाइ, हरिवंश, किरण केसी, बसुन्धारा भुसालदेखि अहिलेका नयाँ कलाकारहरूसँग समेत केही न केही उटपट्याङ गरेको छु । मलाई छायांकनमा पुगेपछि पनि गमक्क परेर बस्न मन लाग्दैन । मौका पाउनासाथ केही न केही उटपट्याङ गरिहाल्छु । - त्यसो त हाम्रो समूहका सबै साथी यस्तै छन् । कसैले कसैलाई बाँकी नराख्ने । मौका पाएसम्म नछाड्ने । एकपटक बनेपामा ‘फिलिम’ भन्ने फिल्मको छायांकन थियो । हरिवंश, मदन दाइ, खेम शर्मा, शिवहरि पौडेल सबै थियौं । त्यहाँ खेम शर्मालाई नाङ्गेझार बनाएर सिस्नुपानीले कुट्नुपर्ने दृश्य थियो ।त्यसो त हाम्रो समूहका सबै साथी यस्तै छन् । कसैले कसैलाई बाँकी नराख्ने । मौका पाएसम्म नछाड्ने । एकपटक बनेपामा ‘फिलिम’ भन्ने फिल्मको छायांकन थियो । हरिवंश, मदन दाइ, खेम शर्मा, शिवहरि पौडेल सबै थियौं । त्यहाँ खेम शर्मालाई नाङ्गेझार बनाएर सिस्नुपानीले कुट्नुपर्ने दृश्य थियो ।
More Stories