कहिले फैलिएर
कहिले—
थुप्रो थु्प्रो भएर
अनि कहिले बाक्लो
त कहिले—
पातलो भएर
निकै जोड गर्दछ
—बादलले
त्यो सुर्यको किरण
—रोक्न
तर असफल छ
आदिम कालदेखि

उडेर हराउने छ
टुक्रिएर बर्सिंदै
सायद! अझै
प्रयास गर्नेछ
अनन्त सम्म
त्यो बलिरहेको
अग्निपिण्डलाई
पृथ्वीबाट छेक्न
र हार्नेछ—
पटक पटक
Like
Love
Haha
Yay
Wow
34
0 Comments 0 Shares 89 Views