मानुषी लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि बिक्रीमा ल्याएको आईपीओ झण्डै साढे १८ लाख बढीले आवेदन दिएका छन्।

बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार शुक्रबार बेलुकासम्ममा कम्पनीको आईपीओमा १८ लाख ५६ हजार ५५० जना आवेदकले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

यो कम्पनीले सर्वसाधरणको लागि बिक्रीमा ल्याएको ३ लाख ६८ हजार ५९३ कित्ता शेयरको ६५.२० गुणा धेरै हो।

लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँसम्मको लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ।

लघुवित्तको अधिकृत पूँजी एक २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।
मानुषी लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि बिक्रीमा ल्याएको आईपीओ झण्डै साढे १८ लाख बढीले आवेदन दिएका छन्। बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार शुक्रबार बेलुकासम्ममा कम्पनीको आईपीओमा १८ लाख ५६ हजार ५५० जना आवेदकले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। यो कम्पनीले सर्वसाधरणको लागि बिक्रीमा ल्याएको ३ लाख ६८ हजार ५९३ कित्ता शेयरको ६५.२० गुणा धेरै हो। लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँसम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ। लघुवित्तको अधिकृत पूँजी एक २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।
Like
1
0 Comments 0 Shares 157 Views 0 Reviews