डाक्टरको नाममा

आमा ! म सेतो कोट लगाएर
घरको आँगनमा उभिन चाहान्थेँ
तर , आज घरको आँगनमा
सेतो कपडामा बेरिएर लडेको छु
सबै सेता रङहरूले खुसी नदिँदो रहेछ

बुवा ! हजुरले मलाई डाक्टर बनाउने सपना
धेरै वर्षको मिहिनेतले पूरा त गरें
त्यसैले , भगवान् यति धेरै खुसी भएछन् कि
हजुरलाई भन्दा धेरै भगवानलाई भेट्न हतार भयो
भगवानको घर जाने बाटो हाम्रै देशबाट रहेछ

जमिन त ज्यूँदै टेकेको हुँ
उत्रिएपछि हजुरहरूको हुन सकिन

म बसेको सिटभन्दा अगाडि
नेपाल हेर्न आएका केही जोडीहरू थिए
उनीहरूलाई नेपाल यति धेरै मनपरेछ कि
अब उनीहरू फर्केर कहिल्यै जाँदैनन्

मलाई लिन विमानस्थल पुगेका
हजुरहरूका आँखाले , मेरा बन्द आँखा मात्र देखे
मैले त चाहेर पनि हेर्न पाइन्
सायद , म हावा भएँ होला , महसुस मात्र भयो

म यतिबेला हजुरहरूको खुट्टा सम्झन्छु
मलाई लिन हिँडेर पुगेको त्यो खुट्टा
म लडेको खबर सुनेपछि
कसरी घर फर्कियो होला ?

सबैलाई बचाउन सक्ने योग्य भएर
म आफ्नै देश फर्किए
अन्त्यमा , मैले आफैंलाई बचाउन सकिन ।।

हार्दिक श्रद्धाञ्जली एवं स्वास्थ्यलाभको कामना ।
डाक्टरको नाममा आमा ! म सेतो कोट लगाएर घरको आँगनमा उभिन चाहान्थेँ तर , आज घरको आँगनमा सेतो कपडामा बेरिएर लडेको छु सबै सेता रङहरूले खुसी नदिँदो रहेछ बुवा ! हजुरले मलाई डाक्टर बनाउने सपना धेरै वर्षको मिहिनेतले पूरा त गरें त्यसैले , भगवान् यति धेरै खुसी भएछन् कि हजुरलाई भन्दा धेरै भगवानलाई भेट्न हतार भयो भगवानको घर जाने बाटो हाम्रै देशबाट रहेछ जमिन त ज्यूँदै टेकेको हुँ उत्रिएपछि हजुरहरूको हुन सकिन म बसेको सिटभन्दा अगाडि नेपाल हेर्न आएका केही जोडीहरू थिए उनीहरूलाई नेपाल यति धेरै मनपरेछ कि अब उनीहरू फर्केर कहिल्यै जाँदैनन् मलाई लिन विमानस्थल पुगेका हजुरहरूका आँखाले , मेरा बन्द आँखा मात्र देखे मैले त चाहेर पनि हेर्न पाइन् सायद , म हावा भएँ होला , महसुस मात्र भयो म यतिबेला हजुरहरूको खुट्टा सम्झन्छु मलाई लिन हिँडेर पुगेको त्यो खुट्टा म लडेको खबर सुनेपछि कसरी घर फर्कियो होला ? सबैलाई बचाउन सक्ने योग्य भएर म आफ्नै देश फर्किए अन्त्यमा , मैले आफैंलाई बचाउन सकिन ।। हार्दिक श्रद्धाञ्जली एवं स्वास्थ्यलाभको कामना ।
Like
Love
Sad
Wow
17
2 Comments 0 Shares 147 Views 0 Reviews