नेपाली विद्यार्थीहरुले बनाएको 'क्‍वान्टम' रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे 'सुपर सोनिक' टेस्ट सफल भएको हो ।
सुपर सोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । हावामा ध्वनिको गति ३ सय ४३ मिटर प्रतिसकेन्ड हुन्छ । ६.१ फिट उचाइ रहेको रकेटको तौल ९ किलो छ । रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ । यसमा १.२ केजी फ्यूल प्रयोग हुन्‍छ ।

क्‍वान्टमको प्रक्षेपणका क्रममा अधिकतम १८ सय न्यूटन इनर्जी दिएको थियो । उडानका लागि न्यूनतम ९ सय न्‍यूटन थ्रस्ट आवश्‍यक पर्ने तामाङले बताए ।

प्रक्षेपणका क्रममा रकेट २.१ किलोमिटर माथि पुगेको थियो । उचाइमा पुगेको रकेट प्यारास्युटको मद्दतमा झारिएको थियो । 'प्यारासुट रिकभरीका लागि हो । फ्युलमात्रै परिवर्तन गरेर रकेटलाई फेरि उडाउन सकिन्छ भन्ने उद्देश्य हो,' तामाङले भने । फाइबर ग्लास प्रयोग गरेर निर्माण गरिएको रकेट कम खर्चमा तयार गरिएको हो ।

नेपाली विद्यार्थीहरुले बनाएको 'क्‍वान्टम' रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे 'सुपर सोनिक' टेस्ट सफल भएको हो । सुपर सोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । हावामा ध्वनिको गति ३ सय ४३ मिटर प्रतिसकेन्ड हुन्छ । ६.१ फिट उचाइ रहेको रकेटको तौल ९ किलो छ । रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ । यसमा १.२ केजी फ्यूल प्रयोग हुन्‍छ । क्‍वान्टमको प्रक्षेपणका क्रममा अधिकतम १८ सय न्यूटन इनर्जी दिएको थियो । उडानका लागि न्यूनतम ९ सय न्‍यूटन थ्रस्ट आवश्‍यक पर्ने तामाङले बताए । प्रक्षेपणका क्रममा रकेट २.१ किलोमिटर माथि पुगेको थियो । उचाइमा पुगेको रकेट प्यारास्युटको मद्दतमा झारिएको थियो । 'प्यारासुट रिकभरीका लागि हो । फ्युलमात्रै परिवर्तन गरेर रकेटलाई फेरि उडाउन सकिन्छ भन्ने उद्देश्य हो,' तामाङले भने । फाइबर ग्लास प्रयोग गरेर निर्माण गरिएको रकेट कम खर्चमा तयार गरिएको हो ।
Like
Love
12
0 Comments 0 Shares 25 Views 0 Reviews