बुटवल उपमहानगरपालिका पाँचौ पटक लगातार उत्कृष्ट
बुटवल, ४ चैत ।
बुटवल उपमहानगरपालिका फेरि पनि उत्कृष्ट भएको छ । नेपाल नगरपालिका संघले यसपाली बुटवललाई पाँच नम्बर प्रदेशको उत्कृष्ट उपमहानगरपालिकाका रुपमा सम्मान गरेको हो । यसअघि नेपाल सरकारको मूल्यांकन मापदण्डका आधारमा बुटवललाई मुलुककै उत्कृष्ट नगरका रुपमा लगातार रुपमा सम्मान गरेको हो । यसअघि नेपाल सरकारको मूल्यांकन मापदण्डका आधारमा बुटवललाई मुलुककै उत्कृष्ट नगरका रुपमा लगातार चारपटकसम्म सम्मान गर्दै आएको छ ।
संघले यसअघि देशभरबाट बुटवललाई सर्वोत्कृष्ट नगरका रुपमा सम्मान गरेको थियो । अहिले सात वटै प्रदेशका नगरपालिकाहरुलाई मूल्यांकनका आधारमा यसपाली सम्मान गरेको हो । अहिले नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहका अवसरमा बुटवललाई प्रदेशको उत्कृष्ट नगरका रुपमा सम्मान गरेको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
नेपाल सरकारका अर्थमन्त्री डा. युवाराज खतिवडाले उत्कृष्ट नगरपालिकाका रुपमा बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । यसअघि बुटवललाई संघले नगदसहित ‘नगरपालिका एक्सिलेन्स अवार्ड’ प्रदान गरेको थियो । त्यसअवसरमा अर्थमन्त्री डा. खतिवडाले सेवाग्राहीमा सुशासनको अनुभूति हुनेगरी अझ प्रभावकारी काम गर्न शुभकामना दिए ।

बुटवल उपमहानगरपालिका पाँचौ पटक लगातार उत्कृष्ट बुटवल, ४ चैत । बुटवल उपमहानगरपालिका फेरि पनि उत्कृष्ट भएको छ । नेपाल नगरपालिका संघले यसपाली बुटवललाई पाँच नम्बर प्रदेशको उत्कृष्ट उपमहानगरपालिकाका रुपमा सम्मान गरेको हो । यसअघि नेपाल सरकारको मूल्यांकन मापदण्डका आधारमा बुटवललाई मुलुककै उत्कृष्ट नगरका रुपमा लगातार रुपमा सम्मान गरेको हो । यसअघि नेपाल सरकारको मूल्यांकन मापदण्डका आधारमा बुटवललाई मुलुककै उत्कृष्ट नगरका रुपमा लगातार चारपटकसम्म सम्मान गर्दै आएको छ । संघले यसअघि देशभरबाट बुटवललाई सर्वोत्कृष्ट नगरका रुपमा सम्मान गरेको थियो । अहिले सात वटै प्रदेशका नगरपालिकाहरुलाई मूल्यांकनका आधारमा यसपाली सम्मान गरेको हो । अहिले नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहका अवसरमा बुटवललाई प्रदेशको उत्कृष्ट नगरका रुपमा सम्मान गरेको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । नेपाल सरकारका अर्थमन्त्री डा. युवाराज खतिवडाले उत्कृष्ट नगरपालिकाका रुपमा बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । यसअघि बुटवललाई संघले नगदसहित ‘नगरपालिका एक्सिलेन्स अवार्ड’ प्रदान गरेको थियो । त्यसअवसरमा अर्थमन्त्री डा. खतिवडाले सेवाग्राहीमा सुशासनको अनुभूति हुनेगरी अझ प्रभावकारी काम गर्न शुभकामना दिए ।
Like
Love
Wow
17
4 Comments 0 Shares 121 Views