Hospital pani yuba haru bidesh pathaune manpower jasto dalal ko adda nai bhayo !!
https://www.clickdharan.com/news/2021/08/25/5554.html
Hospital pani yuba haru bidesh pathaune manpower jasto dalal ko adda nai bhayo !! https://www.clickdharan.com/news/2021/08/25/5554.html
WWW.CLICKDHARAN.COM
विराटनगरको अस्पतालहरुमा विचौलियाको बिगविगी, १० जना विचौलियाहरु पक्राउ
मोरङ : विराटनगरमा रहेको विभिन्न अस्पतालहरुमा सेटिङ गरेर अन्य अस्पतालहरुबारे अफ्वाह फैलाएर विचौलियाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा ८ जना मोरङका हुन् भने एक जना सुनसरी र अर्का एक सप्तरी जिल्लाका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरीको दुहबी ६ का ५४ बर्षीय श्रीराम चौधरी, सिरहा २ का २० बर्षीय सुर्यनारायण यादव, मोरङ कटहरी ३ का ४२ बर्षीय मो.जलिद, विराटनगरका १८ बर्षीय विश्वास मण्डल, २३ बर्षीय रोशन गुप्ता, १९ बर्षीय सुजित यादव, २२ बर्षीय फिरोज रोय, २१ बर्षीय समिर खान, १८ बर्षीय सरोज खान र अमित यादव रहेका छन् ।  मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठका अनुसार उनीहरुले विराटनगरमा रहेका विभिन्न अस्पतालमा उपचार गराउन आएका विरामी र तिनका आफन्तहरुाई भेटेर भड्काउने गरेका थिए । उनीहरुले 'यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन' जस्ता अफवाह फैलाउने गरेको डिएसपी श्रेष्ठले जानकारी दिए । विरामी र विरामीका आफन्तहरुलाई भड्काउदै विचौलियाहरुले आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेमीमा औषधी खरिद गर्न बाध्य गर्ने गरेको प्रहरीको भनाई छ । विचौलियाहरुले उपचार गर्न आएका विरामीहरुलाई दुःख दिइरहेको सुचनाको आधारमा अनुसन्धानमा जुटेको प्रहरीले थप १० जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि पनि प्रहरीले केही विचौलियाहरुलाई पक्राउ गरिसकेको छ । मोरङ प्रहरीले यसखालको व्यवहारबाट पीडित भएका व्यक्तिहरुलाई प्रहरीमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
Like
1
0 Comments 0 Shares 12 Views