https://www.clickdharan.com/news/2021/08/27/5573.html
https://www.clickdharan.com/news/2021/08/27/5573.html
WWW.CLICKDHARAN.COM
वीपीका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले दिए राजिनामा
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले पदबाट राजिनामा दिएका छन् । डा.रेग्मीले सरकारले गठन गरेको छानबिन समितिलाई सहयोग पुर्याउनको लागि आज शुक्रबार राजिनामा दिएका हुन् । यद्यपी, डा.रेग्मीलाई फोन सम्पर्क गर्न प्रयास गर्दा उनको मोवाइल स्विच अफ थियो । हिजो बिहिबार ६ जना सिनेट सदस्यहरुले चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न माग गर्दै कुलपति एवं प्रधानमन्त्री समक्ष निवेदन दिएका थिए । यो निवेदनले चारै जना पदाधिकारीहरुलाई कारबाही प्रक्रिया अघि बढ्ने भएपछि रजिष्ट्रार डा.रेग्मीले पदबट राजिनामा दिएका हुन् । प्रतिष्ठानका चारै जना पदाधिकारीहरुको राजिनामा माग गर्दै संयुक्त संघर्ष समितिले कार्यकक्षमा तालाबन्दी जारी राखेका छन् भने उच्चस्तरीय छानबिन कार्यदलले पनि चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न सुझाव दिएको थियो । यस्तै, स्वास्थ्य मन्त्रालयले पनि चारै जनालाई पदमुक्त गर्न प्रक्रिया थाल्ने सहमति गरेको थियो । 
Like
Love
4
1 Comments 0 Shares 22 Views 0 Reviews