https://www.clickdharan.com/news/2021/08/30/5601.html
https://www.clickdharan.com/news/2021/08/30/5601.html
WWW.CLICKDHARAN.COM
लाहुरेको सहर धरानमा भित्रियो गोर्खा ब्राण्डको घडी
धरान: कुमार एण्ड सन्स ग्रुपले धरानमा गोर्खा ब्राण्डका घडीको पनि बिक्री शुरुवात गरेको छ ।धरान १० पुतलीलाइन(खहरे खोला छेउ)मा सोमबार एक कार्यक्रमबीच कुमार एण्ड सन्स इम्पोरियमको उद्घाटन भएसँगै गोर्खा वाचको बिक्रीवितरण शुरुवात भएको हो । इम्पोरियममा ५० लाख बराबरको लगानी रहेको सञ्चालक सुमन कुमार श्रेष्ठले जानकारी दिए । यहाँ गोर्खा ब्राण्ड अन्तर्गत बालबालिका, महिला र पुरुषका डिजिटल, स्मार्ट र एनालग घडीहरु पाइने उनले बताए । यसका साथै गोर्खा ब्राण्डकै अन्य लेदरका सामग्री, चस्मा, भित्ते घडी, ब्याग, ब्राण्डेड कपडा, टाई पिन, कलाकृतिहरुसमेत पाइने इम्पोरियमले जानकारी दिएको छ । गोर्खा ब्राण्डकै खुकुरी आइटमहरु पनि यहाँ पाइनेछ । गोर्खालीहरुको वीर गाथा बोकेको घडीगोर्खा वाच सन् २०१५ मा बेलायतमा उत्पादन गरिएको थियो । यसले नेपाली गोर्खालीहरुको वीर गाथा बोकेको बताइन्छ । बेलायतमा गोर्खाली सेनाहरुले सेवा गरेको २ सय बर्ष पुगेको उपलक्ष्यमा गोर्खालीहरुको त्याग र सम्मानमा २ सय वटा गोर्खा वाच निर्माण गरिएको थियो । सिमित संख्यामा मात्र उत्पादन भएको गोर्खा वाचको माग बजारमा अत्यधिक भएपछि अहिले ब्राण्डकोरुपमा स्थापित हुन सफल भएको छ । धरान पनि भूपू ब्रिटिश आर्मीहरुको सहर हो । लाहुरेहरुको सहर भनेर परिचित धरानमा पनि वीर गोर्खालीहरुको इतिहासलाई जीवन्त राख्न गोर्खा ब्राण्ड वाचलाई भित्र्याएको कुमार एण्ड सन्स इन्पोरियमका सञ्चालक सुमन कुमार श्रेष्ठको भनाई छ । 
Like
2
1 Comments 0 Shares 7 Views 0 Reviews