भजनसंग्रह 24:1-10
1. पृथ्‍वी र त्‍यसमा भएका जो-जति छन्‌ सबै परमप्रभुका हुन्‌, संसार र त्‍यसमा वास गर्नेहरू सबै उहाँकै हुन्‌।
2. किनभने उहाँले त्‍यसलाई समुद्रमाथि बसाल्‍नुभएको छ, र पानीहरूको गहिराइमा त्‍यसलाई स्‍थापित गर्नुभएको छ।
3. परमप्रभुको डाँड़ामा को उक्‍लन सक्‍ला? र उहाँको पवित्रस्‍थानमा को खड़ा हुन सक्‍छ?
4. त्‍यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्‍नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन।
5. त्‍यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्‍यसको उद्धारकर्ता परमेश्‍वरले त्‍यसलाई निर्दोष ठहराउनुहुनेछ।
6. उहाँलाई खोज्‍ने पुस्‍ताका मानिसहरू यस्‍तै हुन्‍छन्‌, जसले, हे याकूबका परमेश्‍वर, तपाईंको दर्शन खोज्‍दछन्‌। सेला
7. हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्‍च होओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌।
8. महिमाका महाराजा को हुनुहुन्‍छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्‍छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्‍छ।
9. हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌!
10. महिमाका यी महाराजाचाहिँ को हुनुहुन्‍छ? सर्वशक्तिमान्‌ परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्‍छ। सेला
भजनसंग्रह 24:1-10 1. पृथ्‍वी र त्‍यसमा भएका जो-जति छन्‌ सबै परमप्रभुका हुन्‌, संसार र त्‍यसमा वास गर्नेहरू सबै उहाँकै हुन्‌। 2. किनभने उहाँले त्‍यसलाई समुद्रमाथि बसाल्‍नुभएको छ, र पानीहरूको गहिराइमा त्‍यसलाई स्‍थापित गर्नुभएको छ। 3. परमप्रभुको डाँड़ामा को उक्‍लन सक्‍ला? र उहाँको पवित्रस्‍थानमा को खड़ा हुन सक्‍छ? 4. त्‍यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्‍नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन। 5. त्‍यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्‍यसको उद्धारकर्ता परमेश्‍वरले त्‍यसलाई निर्दोष ठहराउनुहुनेछ। 6. उहाँलाई खोज्‍ने पुस्‍ताका मानिसहरू यस्‍तै हुन्‍छन्‌, जसले, हे याकूबका परमेश्‍वर, तपाईंको दर्शन खोज्‍दछन्‌। सेला 7. हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्‍च होओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌। 8. महिमाका महाराजा को हुनुहुन्‍छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्‍छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्‍छ। 9. हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌! 10. महिमाका यी महाराजाचाहिँ को हुनुहुन्‍छ? सर्वशक्तिमान्‌ परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्‍छ। सेला
Like
Love
8
2 Comments 0 Shares 173 Views