इराकको राजधानी बगदादको एउटा ठूलो बजारमा एक जना व्यापारी थियो । एक दिन सो व्यापारीले एउटा अपरिचित व्यक्तिले आफूलाई छक्क परेर हेरिरहेको देख्यो । उसले बुझ्यो यो व्यक्ति उसको मृत्यु हाे भनेर । डरले काम्दै सो व्यापारी त्यहाँबाट भागेर धेरै टाढाकाे शहर सामारा तर्फ लाग्यो । अब मृत्युले आफूलाई भेट्न सक्दैन भनेर उ ढुक्क थियाे । तर जब व्यापारी अन्त्यमा सामारा पुग्यो त्यहाँ मृत्युले आफूलाई पर्खिरहेको देख्यो ।

कहिँ भाग्ने ठाउँ नदेखेर लाचार भएर व्यापारीले मृत्युलाई भन्यो, अब म भाग्दिन, म तिम्रो भएँ । तर मलाई एउटा कुरा बताउ आज बिहान बगदादमा मलाई देख्दा तिमी किन छक्क परेका थियौ ?

मृत्युले जवाफ दियो, किनकी तिमीसँग मेरो भेट्ने समय आज बेलुका समारामा निर्धारण गरिएको थियो ।

(पाउलाे काेएलाे)
इराकको राजधानी बगदादको एउटा ठूलो बजारमा एक जना व्यापारी थियो । एक दिन सो व्यापारीले एउटा अपरिचित व्यक्तिले आफूलाई छक्क परेर हेरिरहेको देख्यो । उसले बुझ्यो यो व्यक्ति उसको मृत्यु हाे भनेर । डरले काम्दै सो व्यापारी त्यहाँबाट भागेर धेरै टाढाकाे शहर सामारा तर्फ लाग्यो । अब मृत्युले आफूलाई भेट्न सक्दैन भनेर उ ढुक्क थियाे । तर जब व्यापारी अन्त्यमा सामारा पुग्यो त्यहाँ मृत्युले आफूलाई पर्खिरहेको देख्यो । कहिँ भाग्ने ठाउँ नदेखेर लाचार भएर व्यापारीले मृत्युलाई भन्यो, अब म भाग्दिन, म तिम्रो भएँ । तर मलाई एउटा कुरा बताउ आज बिहान बगदादमा मलाई देख्दा तिमी किन छक्क परेका थियौ ? मृत्युले जवाफ दियो, किनकी तिमीसँग मेरो भेट्ने समय आज बेलुका समारामा निर्धारण गरिएको थियो । (पाउलाे काेएलाे)
Like
2
0 Comments 0 Shares 21 Views