तस्विरमा देख्नु भएको थुप्रो तपाइहरुले थाहा पाउन सक्नुहुन्छ ? त्यतिबेला दैनिक जीवनको सबैभन्दा ठूलो महत्वपूर्ण नै यहि थियो । नभइ नहुने वस्तुमा पर्दथ्यो । दैनिक जीवनको महत्वपूर्ण आबश्यक सबै जसो वस्तु आफै बनाउथे वा उत्पादन गर्दथे । तर यो वस्तु बाहिरबाट ल्याउनु पर्दथ्यो ।

यो हो खाने ढिका नुन । तिब्बती सिमा क्षेत्रबाट खच्चर या गधामा बोकाएर आपूर्ति गरिन्थ्यो । नुनको ठेकेदारी नै दिइन्थ्यो । तिब्बती सिमाका नजिकै नुन आपूर्ति तथा अन्य ब्यापारको लागी भन्सार नै खुलेका थिए । यस्तै जोमसोम नजिकै दानामा भन्सार खुलेको थियो । दाना भन्सारमा बि.सं. १९२६ मा नै ठेक्का पाएका थिए, भूपी शेरचनका बुढा जिज्युबाजे बलबिर थकालीले । जिज्यु बाजे कविराम थकालीले बि.सं. १९३३ मा नै वार्षिक ८२००० बुझाउने गरि ठेक्का लिएका थिए । त्यो समय सबैभन्दा बढी नुन आउने गर्दथ्यो र त्यो पनि दाना भन्सारबाट नै आउने गर्दथ्यो । बि.सं. १९३३ मा दाना भन्दा माथि एक रुपैयामा २० माना आउने नुन पोखरामा ८ माना आउथ्यो भने काठमाडौ पुग्दा एक रुपैयामा ६ माना मात्र आउथ्यो । पछि नेपालगञ्ज नाकाबाट भारतीय नुन आउन थाले पछि सस्तो हुदै गयो ।

तस्विरमा अर्को महत्वपूर्ण चिज देखिन्छ त्यो हो छाता । यो छाता काठमाडौमा नै बनाइन्थ्यो । छातालाई चित्रकारहरुले बिशेष किसिमले सजाउँथे ।
तस्विरमा देख्नु भएको थुप्रो तपाइहरुले थाहा पाउन सक्नुहुन्छ ? त्यतिबेला दैनिक जीवनको सबैभन्दा ठूलो महत्वपूर्ण नै यहि थियो । नभइ नहुने वस्तुमा पर्दथ्यो । दैनिक जीवनको महत्वपूर्ण आबश्यक सबै जसो वस्तु आफै बनाउथे वा उत्पादन गर्दथे । तर यो वस्तु बाहिरबाट ल्याउनु पर्दथ्यो । यो हो खाने ढिका नुन । तिब्बती सिमा क्षेत्रबाट खच्चर या गधामा बोकाएर आपूर्ति गरिन्थ्यो । नुनको ठेकेदारी नै दिइन्थ्यो । तिब्बती सिमाका नजिकै नुन आपूर्ति तथा अन्य ब्यापारको लागी भन्सार नै खुलेका थिए । यस्तै जोमसोम नजिकै दानामा भन्सार खुलेको थियो । दाना भन्सारमा बि.सं. १९२६ मा नै ठेक्का पाएका थिए, भूपी शेरचनका बुढा जिज्युबाजे बलबिर थकालीले । जिज्यु बाजे कविराम थकालीले बि.सं. १९३३ मा नै वार्षिक ८२००० बुझाउने गरि ठेक्का लिएका थिए । त्यो समय सबैभन्दा बढी नुन आउने गर्दथ्यो र त्यो पनि दाना भन्सारबाट नै आउने गर्दथ्यो । बि.सं. १९३३ मा दाना भन्दा माथि एक रुपैयामा २० माना आउने नुन पोखरामा ८ माना आउथ्यो भने काठमाडौ पुग्दा एक रुपैयामा ६ माना मात्र आउथ्यो । पछि नेपालगञ्ज नाकाबाट भारतीय नुन आउन थाले पछि सस्तो हुदै गयो । तस्विरमा अर्को महत्वपूर्ण चिज देखिन्छ त्यो हो छाता । यो छाता काठमाडौमा नै बनाइन्थ्यो । छातालाई चित्रकारहरुले बिशेष किसिमले सजाउँथे ।
Love
Like
Yay
4
0 Comments 0 Shares 186 Views 0 Reviews