रेनु दाहालसँग ३ हजारभन्दा बढी मतले पछि परे विजय सुवेदी
चितवन । भरतपुर महानगरपालिका, चितवनको मेयर पदकी उम्मेदवार रेनु दाहालले ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन् । भरतपुरमा ३९ हजार ९६१ मत गनेर सकिंदा रेनुले १५ हजार १६२ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत पाएका छन्  । उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ ।...
Like
Love
Angry
6
2 Comments 1 Shares 412 Views 0 Reviews