वैशाखमा नगद कारोबार ह्वात्तै बढ्यो, आर्थिक कारोबार विस्तार भएको संकेत
नयाँ साल लागेपछि नगद कारोबार ह्वात्तै बढेको छ। चैतसम्म पनि नगद कारोबार घटिरहेकोमा वैशाख लागेपछि ह्वात्तै बढेको हो।
गत दसैंतिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि क्रमश: घटिरहेको थियो, तर माघ र फागुनमा केही बढे पनि ठूलो परिमाणमा थिएन। चैतमा ३ अर्ब ६० करोडले घटेको थियो। तर वैशाखमा भने १२ अर्ब १० करोड ९८ लाख रुपैयाँले बढेको छ।
नगद कारोबार बढ्नुको अर्थ सर्वसाधारणले आर्थिक कारोबार...
