यसरी पनि सेवा सम्भव छ !
सडक मानवमुक्त देश बनाउने अभियन्ताहरुको कथा
कल्पना गर्नुस्, एउटा ३३ वर्षको युवकले के गर्ला ? के सोच्ला ? उसको जीवनप्रतिको दृष्टिकोण कस्तो होला ?

अब, जवाफ तपाईंसँगै राख्नुहोस् । र, यो ३३ वर्षे युवकको कथा पढ्नुहोस् । जो घर जोड्ने, गाडी किन्ने र सुखमय जीवन विताउनेभन्दा दुरको यात्रामा निस्किएका छन् । जीवनको नयाँ परिभाषा खोज्दैछन् ।




जीवन एउटै हो । तर, मानिसले त्यसलाई अनेकौं तरिकाले जिउँछन् । जीवनमा अनेकौं संयोगहरु आइपुग्छन्, जो मानिसको कल्पनाभन्दा पर हुन्छ । तर, तीनै संयोगहरुले जीवनका नयाँनयाँ परिभाषा सृजना गर्छ । कति संयोगले विषबमन गर्छन्, कति संयोगले अमृत पिलाउँछन् ।

त्यस्तै, एउटा संयोग । रामजी अधिकारी ०६६ सालमा पिकनिक नगएको भए आज उनी कहाँ हुन्थे ? उनैलाई थाहा छैन ।

त्यही पिकनिकले नै उनी अहिले असहाय, असक्त, अनाथ र अपांग आठ सय जनाको अभिभावक भएका छन् । उनीजस्तै ६० जना युवा अभियन्ता दैनिक १८ घण्टा तीनै चार ‘अ’का बारेमा सोच्छन्, खोज्छन् । अनि मानव सेवा आश्रममा लिएर प्रेमको औषधि खुवाउँछन् । त्यही, मानवसेवा आश्रमका अध्यक्ष हुन्, रामजी ।

दृष्टि देखाउने त्यो पिकनिक

रामजी क्याम्पस पढ्दै थिए । पढ्नु, फगत कोरा किताबी ज्ञान हासिल गर्नु मात्र होइन ।

पढाइसँगै रामजीहरु ‘सर्वोकृष्ट जीवन सास्वत चिन्तन’को अभियानमा थिए । यसो भनौं, उनी खुला विश्वविद्यालयमा पढाउँदै पनि थिए । सकारात्मक सोच चिन्तन, मानवियता र सामाजिक भावनासहित असल व्यक्ति निर्माण गर्ने अभियान थियो ।

त्यही अभियानको दौरानमा उनीहरुले २०६६ मा हेटौंडामा पिकनिक आयोजना गरे । तर यस्तो पिकनिक, जुन विद्यमान परिभाषाभन्दा निकै पृथक ।

त्यो पिकनिकबाट उनीहरुले आकाशलाई छानो बनाएर सडक बस्नेको जीवन महशुस गर्न खोजे । सडकमा पुगे अनि १८ जना वृद्धवृद्धालाई बटुले । हेटौंडा नगरपालिकाको भ्यानमा राखे । अनि पिकनिक स्पट पुगे ।

सडकबाट उठाइएका वृद्धवृद्धाहरुको शरीरबाट नमिठो गन्ध हुत्तिँदै थियो । उनीहरुले नुहाइदिए । फोहोर जमेका लामा-लामा नङ थिए, काटिदिए । कपाल जटा परेका थिए, छोट्याइदिए । शरिर घाउले भरिएका थिए, ड्रेसिङ गरिदिए । र, सफा कपडा लगाइदिए । अनि वृद्धवृद्धासँगै बसेर तात्तातो खाना खाए, नाचे, रमाइलो गरे ।

यति गरेपछि अभियन्ताहरुको मनमा यस्तो आनन्द सवार भयो, जुन कल्पनाभन्दा बाहिरको थियो । रामजी भन्छन्, ‘रात परेपछि फेरि हामीले उहाँहरुलाई सडकमै लगेर छाड्नुपर्थ्यो । हामीले मनलाई कसिलो बनायौं र त्यसै गर्‍यौं ।’

अध्याँरो भइसकेको थियो । छोड्नेबेला कदिमा स्याङ्तानले हात समाउँदै भनिन्, ‘पहिले त हामीले मागेर खान्थ्यौं । तर, तिमीहरुले सफा बनाइदियौं, नयाँ कपडा लगाइदियौ । अब हामीलाई कसले खान दिन्छ ?’

कदिमाको गोलीजस्तो बोलीले रामजीहरुलाई नराम्ररी रन्थनाइदियो । उनीहरुको मनमा एउटै कुराले राज गर्‍यो कि हामीले निकै ठूलो पाप गर्‍यौं । रातभर सोचे । अर्को दिन बिहान निर्णय गरे, ‘जसै गरेर भए पनि सडकपेटीमा बिताउनेहरुको उद्धार गर्नुपर्छ ।’

सुरुमा उनीहरु केही आश्रममा पुगे, केही वृद्ध-वृद्धाका लागि कुरा गरे । तर, जसको दिसा-पिसाब सन्तुलनमा छैन, मानसिक रुपमा रोगी छ, परिचय नै छैन, उनीहरुको लागि आश्रम पनि नहुँदोरहेछ, भएन ।

त्यसैले जन्मियो, ‘मानव सेवा आश्रम ।’ जुन आश्रम १३ भदौ, २०५९ मा हेटौंडाबाटै शुरु भयो । यो किन त ? रामजीसँग सीधा जवाफ दिन्छन्, ‘खुशी, शान्ति र आत्मसन्तुष्टिका लागि ।’

मुठी माग्दा मुक्का

२३ जेठ । हेटौंडामा भाडाको एउटा फ्ल्याट । पाँच जना असक्त वृद्धवृद्धालाई सकड पेटीबाट त्यो फल्याटसम्म ल्याइएको थियो । तर ओढ्ने-ओच्छाउने छैन, खुवाउने खाना छैन ।

‘हामीसँग मात्र भावना थियो’, रामजी भन्छन्, ‘त्यसपछि हामीले नजिकको अभिभावक, शुभेच्छुकसँग सेकेन्ड हेन्ड म्याट, थाल, चम्चा माग्यौं । सहयोगका लागि आग्रह गर्‍यौं । कतिले सहयोग गर्नुभयो, कतिले शंका गर्नुभयो, कतिले आक्षेप पनि लगाउनुभयो ।’

त्यसपछि रामजीहरुले ‘मुठी दान संकलन’ अभियान थाले । मुठी दान संकलनका लागि युवा अभियन्ताहरु बोरा बोकेर टोल-टोलमा पुगे । रामजी ६ वर्ष अघिको क्षण सम्झँदै भन्छन्, ‘कतिले मुठीको ठाउँमा मुरी दिए, कति ठाउँमा मुठीको ठाउँमा मुक्का पनि खायौं । कतिले कुकुर फुकाएर छोडिदिए, कतिले पानीले छ्यापेर धपाए ।’

तर, रामजीहरुको यात्रामा ब्रेक लागेन । उनीहरुले चार ‘अ’हरुलाई आश्रममा ल्याएर नाना, खाना, छाना र औषधि उपचारको प्रयास गर्दै गए । कतिपयको परिवार खोजेर पुर्नमिलन पनि गराए, आफन्त नभेटिएकालाई आश्रममा राखेर सहारा दिए ।

अब अहिलेको सफलताको कथा सुनाउँछन् रामजी, ‘निःस्वार्थ सेवामा लागेका कारण यो ६ वर्षको अवधिमा ६ वटा प्रदेश, १२ जिल्ला, १४ स्थानमा मानव सेवा आश्रमको सेवा सञ्चालनमा छन् । आजको दिनमा विभिन्न उमेर समूहका आठ सय जना सहयोगअपेक्षी आमाबुवा, दाजुभाइ दिदीबहिनी र सानासाना बाबुनानीको सेवा गर्ने अवसर पाएका छौं । स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग सहकार्य गर्दैछौं ।’

तर, आश्रमले कुनै पनि विदेशी सहयोग लिँदैन । एनजीओ/आईएनजीओको बजेटभन्दा बाहिर छ उनीहरुको आश्रम । उनीहरुले प्रमाणित गरेका छन्, यसरी पनि सेवा सम्भव छ !

जीवन यस्तो पनि !



मानव सेवा आश्रमको युट्युबमा एउटा भिडियो छ, जहाँ एक जना वृद्धको हातमा साङ्ला बाँधिएको छ । र, साङ्लामा ताला ठोकिएको छ । खिया लागेको साङ्लाले गडेर हातमा घाउ लागेको छ । रामजी भन्छन्, ‘आफ्नै परिवारले १३ वर्षदेखि साङ्लाले बाँधेर राखेका थिए । मानसिक समस्या भएकाले उनलाई त्यसरी बाँधेर राखिएको रहेछ । उहाँले त्यहीँ दिसा-पिसाब गर्नुहुन्थ्यो, त्यही खानुहुन्थ्यो ।’

मानव सेवा आश्रमले जञ्जीरले बाँधिएका सप्तरी राजविराजका उमाकान्त चौधरीलाई आश्रममा ल्यायो र निको बनायो । रामजी भन्छन्, ‘मनोसामाजिक समस्या भएका मानिसलाई प्रेमसँग उपचार गरियो र सकारात्मक वातावरण प्रदान गरियो भने सुधार हुन्छ । यस्तो स्थिति देख्दा त लाग्छ, प्रेमलाई टर्चलाइट बालेर खोज्नुपर्छ ।’

त्यस्तै दुई व्यक्ति थिए, राष्ट्रपति भवन पछाडि । घुम्न आएका जापानिजले उनीहरुका भिडियो खिचे र सामाजिक सञ्जालमा राखिदिए । दुई व्यक्ति, अनिल र सुनिललाई दुई वटा पिंजडामा थुनिएको थियो र, हातमा डोरी लगाएर कगतीको बोटमा बाँधिएको थियो । उनीहरु फलामको पिंजडा जोडसँग हल्लाइरहन्थे र चिच्याइरहन्थे, जसरी चिडियाखानामा चिम्पान्जी बेलाबेलामा चिच्याउँछ ।

त्यो खबर थाहा पाउनासाथ मानव सेवा आश्रमको टिम पुग्यो र पिंजडामुक्त गर्‍यो । प्रेम दियो र मानिस बनायो ।

अब हेटौंडाकी टेम्पो दिदीको कथा सुनाउँछन्, रामजी । उनको नाम खासमा टेम्पो दिदी होइन । नाम हो, सुशीला पुडासैनी । तर, यो समाज विशेषण थप्न खुब सिपालु छ ।

सुशीला हिँडेर वीरगञ्जसम्म पुग्थिन् र हिँडेरै हेटौंडा आइपुग्थिन् । उनले बाटोमा भेटजतिसँग एक रुपैयाँ माग्थिन् । जसले दिँदैन उसको गालामा झापड लगाउन पनि पछि पर्दिनथिन् । रामजी भन्छन्, ‘हेटौंडामा उहाँको पिटाइ नखाएका मानिस कमै होलान् ।’

किन त्यस्ती भइन् सुशीला ? उनको श्रीमानले आफ्नै दिदीलाई सौता बनाएर घर भित्राए । त्यो दृष्यले सुशीला अचम्मित मात्र भइनिन्, मानसिक सन्तुलनलाई नै काबुमा राख्न सकिनन् । त्यसपछि उनलाई स्याहार गर्ने कोही भएन । अनि भइन्, ‘ट्याम्पो दिदी’ । ट्याम्पोजस्तै ओहोरदोहोर गरिरहने ।

तर, ‘ट्याम्पो दिदी’को कथा अहिले फेरिएको छ । मानव सेवा आश्रमले उनको उपचार गरेको छ र स्वस्थ भएकी छन् । अहिले उनी मानव सेवा आश्रमकै सेवामा छिन् ।

‘सडकमा हिँड्ने ७० वर्षका आमाहरुको बलात्कार हुन्छ, जसको दिसापिसाब हुने ठाउँ च्यातिएर एकै ठाउँमा हुन्छ’, रामजी समाजको कुरुप अनुहार देखाउँछन्, ‘घरबाट सडकमा फ्याँकिएका मनोरोगीको बलात्कार हुन्छ । पेटमा बच्चा बस्छ । पेटमा के छ भनेर कसैले सोध्यो भने गर्भवतीले भन्नुहुन्छ, ढुंगा छ, ढुंगा छ ।’ यस्तै बलात्कृत आमाहरुबाट जन्मिएका २० बच्चा छन्, मानव सेवा आश्रममा । उनीहरुलाई बाउ को हो थाहा छैन । स्कुलमा भर्ना गर्न पनि गाह्रो हुन्छ ।

यस्तै आठ सय कथा बोकेका आठ सय जना अहिले आश्रममा छन् । उनीहरुको कथा न भनिसाध्य छ, न सुनिसाध्य । यतिसम्मकी आश्रमले कहिले कानमा किरा परेकाहरुलाई बोकेर ल्याउँछ, कहिले खातखुट्टा, पेटमा किरा परेकाहरुलाई । र, नयाँ जीवन दिन्छ ।

आश्रम खोल्नै नपरोस्

धादिङका रामजी सेवा निवृत्त सैनिकका सन्तान हुन् । रामजीका सन्तान कति छन् ?

रामजी भन्छन्, ‘५५ जना ।’

रामजी फिस्स हाँस्छन् र अगाडि थप्छन्, ‘एउटी छोरी छ, तर यसोभन्दा अप्ठ्यारो लाग्छ । मलाई त आश्रममा भएका ५५ जना नै आफ्ना सन्तानजस्तो लाग्छ र सिंगो परिवार साढे आठ सय जनाको ।’

रामजीलाई निःस्वार्थ सेवामा जुन सन्तुष्टि लाग्छ, त्यो अरु कुनैबाट पाउँदैनन् । भन्छन्, ‘सडकअपेक्षित बाबा-आमा, दिदी-भाइहरुलाई ल्याएर सेवा गर्न त्यति सजिलो छैन । तर, हामीले उहाँहरुलाई प्रेमले स्वीकार गरेकाले सबै अप्ठ्यारालाई सजिलो देख्छौं, आनन्द र रमाइलो महसुस गर्छौं ।’

त्यसैले त मानव सेवा आश्रमको सेवा फैलिँदो छ । हेटौंडामा पाँच करोड बराबरको भवन बनेको छ । चितवनमा दाताले ८ कठ्ठा जमिन उपलब्ध गराएका छन् र भवन निर्माणको चरणमा छ । अन्यत्र भाडाका घरहरुमा आश्रम चलेका छन् ।

आश्रममा केयर गिभरहरु छन् । नियमित योग, ध्यान, प्रणायाम हुन्छ । देशभरका मानव सेवा आश्रमको लागि मासिक ४० देखि ५० लाख खर्च हुन्छ ।

यति धेरै खर्च चाहिँ कहाँबाट जुट्छ ? ‘आश्रमलाई कतिले मासिक रुपमा सहयोग गर्नुहुन्छ । कतिले १०-५ रुपैयाँ । तरकारी व्यवसायी संघले तरकारी दिन्छ, फलफूल व्यवसायी संघले फलफूल’, रामजी भन्छन्, ‘कतिले धक फुकाएर सहयोग गर्छन् ।’

धादिङका शितलकाजी मास्केले त आफ्नो दुई वटा पेट्रोल पम्पको पाँच प्रतिशत शेयर नै आश्रमलाई उपलब्ध गराएका छन् । आश्रमले एक कप चिया अभियान चलाएको छ । एक बालक एक अभिभावकको योजना बनाएको छ । रामजी भन्छन्, ‘अहिले त यस्तो संस्कार बस्न थालेको छ कि बुबाआमाका पितृ कर्ममा पनि आएर सहयोग गर्नुहुन्छ, बिहे पार्टी, जन्मदिनको खर्च कटाएर आश्रमलाई दिनुहुन्छ ।’

हुन त रामजीलाई यस्ता आश्रम खुल्नै नपरे हुन्थ्यो जस्तो लाग्छ । यो सम्भव पनि देख्छन् । उनी भन्छन्, ‘हाम्रो कल्पना सडक मानवमुक्त देशको हो । त्यो सम्भव छ ।’

यसै पनि जिल्ला समन्वय समितिसँग सहकार्य गरी मकवानपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ । गोरखा नगरपालिकालाई सडक मानवमुक्त र पशुपति मन्दिर परिसर मगन्तेमुक्त क्षेत्र बनिसकेको छ । भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त पहिलो महानगरपालिका घोषणा गर्ने अभियानमा सुरु भएको छ ।

यसरी अरुको जीवन बदल्ने दौडमा हिँडेका रामजीले मानव जीवनलाई कसरी बुझ्छन् त ?

उनको बुझाइ छ, ‘बग्दै गरेको खोलालाई बाँध बाधियो भने सिंचाइ हुन्छ, ऊर्जा निस्कन्छ । मानिसको जीवन पनि त्यस्तै हो । आफ्नो कारण कुनै एक जना व्यक्तिले नयाँ जीवन पाउँछ भने त्यो जीवन कति सुन्दर हुन्छ होला । जीवन सुगन्धयुक्त फूल हो, मानिसले सुगन्ध छर्न सक्नुपर्छ । म पनि आफ्नो जीवनलाई सार्थक बनाउने प्रयासमा छु ।’

यसरी पनि सेवा सम्भव छ ! सडक मानवमुक्त देश बनाउने अभियन्ताहरुको कथा कल्पना गर्नुस्, एउटा ३३ वर्षको युवकले के गर्ला ? के सोच्ला ? उसको जीवनप्रतिको दृष्टिकोण कस्तो होला ? अब, जवाफ तपाईंसँगै राख्नुहोस् । र, यो ३३ वर्षे युवकको कथा पढ्नुहोस् । जो घर जोड्ने, गाडी किन्ने र सुखमय जीवन विताउनेभन्दा दुरको यात्रामा निस्किएका छन् । जीवनको नयाँ परिभाषा खोज्दैछन् । जीवन एउटै हो । तर, मानिसले त्यसलाई अनेकौं तरिकाले जिउँछन् । जीवनमा अनेकौं संयोगहरु आइपुग्छन्, जो मानिसको कल्पनाभन्दा पर हुन्छ । तर, तीनै संयोगहरुले जीवनका नयाँनयाँ परिभाषा सृजना गर्छ । कति संयोगले विषबमन गर्छन्, कति संयोगले अमृत पिलाउँछन् । त्यस्तै, एउटा संयोग । रामजी अधिकारी ०६६ सालमा पिकनिक नगएको भए आज उनी कहाँ हुन्थे ? उनैलाई थाहा छैन । त्यही पिकनिकले नै उनी अहिले असहाय, असक्त, अनाथ र अपांग आठ सय जनाको अभिभावक भएका छन् । उनीजस्तै ६० जना युवा अभियन्ता दैनिक १८ घण्टा तीनै चार ‘अ’का बारेमा सोच्छन्, खोज्छन् । अनि मानव सेवा आश्रममा लिएर प्रेमको औषधि खुवाउँछन् । त्यही, मानवसेवा आश्रमका अध्यक्ष हुन्, रामजी । दृष्टि देखाउने त्यो पिकनिक रामजी क्याम्पस पढ्दै थिए । पढ्नु, फगत कोरा किताबी ज्ञान हासिल गर्नु मात्र होइन । पढाइसँगै रामजीहरु ‘सर्वोकृष्ट जीवन सास्वत चिन्तन’को अभियानमा थिए । यसो भनौं, उनी खुला विश्वविद्यालयमा पढाउँदै पनि थिए । सकारात्मक सोच चिन्तन, मानवियता र सामाजिक भावनासहित असल व्यक्ति निर्माण गर्ने अभियान थियो । त्यही अभियानको दौरानमा उनीहरुले २०६६ मा हेटौंडामा पिकनिक आयोजना गरे । तर यस्तो पिकनिक, जुन विद्यमान परिभाषाभन्दा निकै पृथक । त्यो पिकनिकबाट उनीहरुले आकाशलाई छानो बनाएर सडक बस्नेको जीवन महशुस गर्न खोजे । सडकमा पुगे अनि १८ जना वृद्धवृद्धालाई बटुले । हेटौंडा नगरपालिकाको भ्यानमा राखे । अनि पिकनिक स्पट पुगे । सडकबाट उठाइएका वृद्धवृद्धाहरुको शरीरबाट नमिठो गन्ध हुत्तिँदै थियो । उनीहरुले नुहाइदिए । फोहोर जमेका लामा-लामा नङ थिए, काटिदिए । कपाल जटा परेका थिए, छोट्याइदिए । शरिर घाउले भरिएका थिए, ड्रेसिङ गरिदिए । र, सफा कपडा लगाइदिए । अनि वृद्धवृद्धासँगै बसेर तात्तातो खाना खाए, नाचे, रमाइलो गरे । यति गरेपछि अभियन्ताहरुको मनमा यस्तो आनन्द सवार भयो, जुन कल्पनाभन्दा बाहिरको थियो । रामजी भन्छन्, ‘रात परेपछि फेरि हामीले उहाँहरुलाई सडकमै लगेर छाड्नुपर्थ्यो । हामीले मनलाई कसिलो बनायौं र त्यसै गर्‍यौं ।’ अध्याँरो भइसकेको थियो । छोड्नेबेला कदिमा स्याङ्तानले हात समाउँदै भनिन्, ‘पहिले त हामीले मागेर खान्थ्यौं । तर, तिमीहरुले सफा बनाइदियौं, नयाँ कपडा लगाइदियौ । अब हामीलाई कसले खान दिन्छ ?’ कदिमाको गोलीजस्तो बोलीले रामजीहरुलाई नराम्ररी रन्थनाइदियो । उनीहरुको मनमा एउटै कुराले राज गर्‍यो कि हामीले निकै ठूलो पाप गर्‍यौं । रातभर सोचे । अर्को दिन बिहान निर्णय गरे, ‘जसै गरेर भए पनि सडकपेटीमा बिताउनेहरुको उद्धार गर्नुपर्छ ।’ सुरुमा उनीहरु केही आश्रममा पुगे, केही वृद्ध-वृद्धाका लागि कुरा गरे । तर, जसको दिसा-पिसाब सन्तुलनमा छैन, मानसिक रुपमा रोगी छ, परिचय नै छैन, उनीहरुको लागि आश्रम पनि नहुँदोरहेछ, भएन । त्यसैले जन्मियो, ‘मानव सेवा आश्रम ।’ जुन आश्रम १३ भदौ, २०५९ मा हेटौंडाबाटै शुरु भयो । यो किन त ? रामजीसँग सीधा जवाफ दिन्छन्, ‘खुशी, शान्ति र आत्मसन्तुष्टिका लागि ।’ मुठी माग्दा मुक्का २३ जेठ । हेटौंडामा भाडाको एउटा फ्ल्याट । पाँच जना असक्त वृद्धवृद्धालाई सकड पेटीबाट त्यो फल्याटसम्म ल्याइएको थियो । तर ओढ्ने-ओच्छाउने छैन, खुवाउने खाना छैन । ‘हामीसँग मात्र भावना थियो’, रामजी भन्छन्, ‘त्यसपछि हामीले नजिकको अभिभावक, शुभेच्छुकसँग सेकेन्ड हेन्ड म्याट, थाल, चम्चा माग्यौं । सहयोगका लागि आग्रह गर्‍यौं । कतिले सहयोग गर्नुभयो, कतिले शंका गर्नुभयो, कतिले आक्षेप पनि लगाउनुभयो ।’ त्यसपछि रामजीहरुले ‘मुठी दान संकलन’ अभियान थाले । मुठी दान संकलनका लागि युवा अभियन्ताहरु बोरा बोकेर टोल-टोलमा पुगे । रामजी ६ वर्ष अघिको क्षण सम्झँदै भन्छन्, ‘कतिले मुठीको ठाउँमा मुरी दिए, कति ठाउँमा मुठीको ठाउँमा मुक्का पनि खायौं । कतिले कुकुर फुकाएर छोडिदिए, कतिले पानीले छ्यापेर धपाए ।’ तर, रामजीहरुको यात्रामा ब्रेक लागेन । उनीहरुले चार ‘अ’हरुलाई आश्रममा ल्याएर नाना, खाना, छाना र औषधि उपचारको प्रयास गर्दै गए । कतिपयको परिवार खोजेर पुर्नमिलन पनि गराए, आफन्त नभेटिएकालाई आश्रममा राखेर सहारा दिए । अब अहिलेको सफलताको कथा सुनाउँछन् रामजी, ‘निःस्वार्थ सेवामा लागेका कारण यो ६ वर्षको अवधिमा ६ वटा प्रदेश, १२ जिल्ला, १४ स्थानमा मानव सेवा आश्रमको सेवा सञ्चालनमा छन् । आजको दिनमा विभिन्न उमेर समूहका आठ सय जना सहयोगअपेक्षी आमाबुवा, दाजुभाइ दिदीबहिनी र सानासाना बाबुनानीको सेवा गर्ने अवसर पाएका छौं । स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग सहकार्य गर्दैछौं ।’ तर, आश्रमले कुनै पनि विदेशी सहयोग लिँदैन । एनजीओ/आईएनजीओको बजेटभन्दा बाहिर छ उनीहरुको आश्रम । उनीहरुले प्रमाणित गरेका छन्, यसरी पनि सेवा सम्भव छ ! जीवन यस्तो पनि ! मानव सेवा आश्रमको युट्युबमा एउटा भिडियो छ, जहाँ एक जना वृद्धको हातमा साङ्ला बाँधिएको छ । र, साङ्लामा ताला ठोकिएको छ । खिया लागेको साङ्लाले गडेर हातमा घाउ लागेको छ । रामजी भन्छन्, ‘आफ्नै परिवारले १३ वर्षदेखि साङ्लाले बाँधेर राखेका थिए । मानसिक समस्या भएकाले उनलाई त्यसरी बाँधेर राखिएको रहेछ । उहाँले त्यहीँ दिसा-पिसाब गर्नुहुन्थ्यो, त्यही खानुहुन्थ्यो ।’ मानव सेवा आश्रमले जञ्जीरले बाँधिएका सप्तरी राजविराजका उमाकान्त चौधरीलाई आश्रममा ल्यायो र निको बनायो । रामजी भन्छन्, ‘मनोसामाजिक समस्या भएका मानिसलाई प्रेमसँग उपचार गरियो र सकारात्मक वातावरण प्रदान गरियो भने सुधार हुन्छ । यस्तो स्थिति देख्दा त लाग्छ, प्रेमलाई टर्चलाइट बालेर खोज्नुपर्छ ।’ त्यस्तै दुई व्यक्ति थिए, राष्ट्रपति भवन पछाडि । घुम्न आएका जापानिजले उनीहरुका भिडियो खिचे र सामाजिक सञ्जालमा राखिदिए । दुई व्यक्ति, अनिल र सुनिललाई दुई वटा पिंजडामा थुनिएको थियो र, हातमा डोरी लगाएर कगतीको बोटमा बाँधिएको थियो । उनीहरु फलामको पिंजडा जोडसँग हल्लाइरहन्थे र चिच्याइरहन्थे, जसरी चिडियाखानामा चिम्पान्जी बेलाबेलामा चिच्याउँछ । त्यो खबर थाहा पाउनासाथ मानव सेवा आश्रमको टिम पुग्यो र पिंजडामुक्त गर्‍यो । प्रेम दियो र मानिस बनायो । अब हेटौंडाकी टेम्पो दिदीको कथा सुनाउँछन्, रामजी । उनको नाम खासमा टेम्पो दिदी होइन । नाम हो, सुशीला पुडासैनी । तर, यो समाज विशेषण थप्न खुब सिपालु छ । सुशीला हिँडेर वीरगञ्जसम्म पुग्थिन् र हिँडेरै हेटौंडा आइपुग्थिन् । उनले बाटोमा भेटजतिसँग एक रुपैयाँ माग्थिन् । जसले दिँदैन उसको गालामा झापड लगाउन पनि पछि पर्दिनथिन् । रामजी भन्छन्, ‘हेटौंडामा उहाँको पिटाइ नखाएका मानिस कमै होलान् ।’ किन त्यस्ती भइन् सुशीला ? उनको श्रीमानले आफ्नै दिदीलाई सौता बनाएर घर भित्राए । त्यो दृष्यले सुशीला अचम्मित मात्र भइनिन्, मानसिक सन्तुलनलाई नै काबुमा राख्न सकिनन् । त्यसपछि उनलाई स्याहार गर्ने कोही भएन । अनि भइन्, ‘ट्याम्पो दिदी’ । ट्याम्पोजस्तै ओहोरदोहोर गरिरहने । तर, ‘ट्याम्पो दिदी’को कथा अहिले फेरिएको छ । मानव सेवा आश्रमले उनको उपचार गरेको छ र स्वस्थ भएकी छन् । अहिले उनी मानव सेवा आश्रमकै सेवामा छिन् । ‘सडकमा हिँड्ने ७० वर्षका आमाहरुको बलात्कार हुन्छ, जसको दिसापिसाब हुने ठाउँ च्यातिएर एकै ठाउँमा हुन्छ’, रामजी समाजको कुरुप अनुहार देखाउँछन्, ‘घरबाट सडकमा फ्याँकिएका मनोरोगीको बलात्कार हुन्छ । पेटमा बच्चा बस्छ । पेटमा के छ भनेर कसैले सोध्यो भने गर्भवतीले भन्नुहुन्छ, ढुंगा छ, ढुंगा छ ।’ यस्तै बलात्कृत आमाहरुबाट जन्मिएका २० बच्चा छन्, मानव सेवा आश्रममा । उनीहरुलाई बाउ को हो थाहा छैन । स्कुलमा भर्ना गर्न पनि गाह्रो हुन्छ । यस्तै आठ सय कथा बोकेका आठ सय जना अहिले आश्रममा छन् । उनीहरुको कथा न भनिसाध्य छ, न सुनिसाध्य । यतिसम्मकी आश्रमले कहिले कानमा किरा परेकाहरुलाई बोकेर ल्याउँछ, कहिले खातखुट्टा, पेटमा किरा परेकाहरुलाई । र, नयाँ जीवन दिन्छ । आश्रम खोल्नै नपरोस् धादिङका रामजी सेवा निवृत्त सैनिकका सन्तान हुन् । रामजीका सन्तान कति छन् ? रामजी भन्छन्, ‘५५ जना ।’ रामजी फिस्स हाँस्छन् र अगाडि थप्छन्, ‘एउटी छोरी छ, तर यसोभन्दा अप्ठ्यारो लाग्छ । मलाई त आश्रममा भएका ५५ जना नै आफ्ना सन्तानजस्तो लाग्छ र सिंगो परिवार साढे आठ सय जनाको ।’ रामजीलाई निःस्वार्थ सेवामा जुन सन्तुष्टि लाग्छ, त्यो अरु कुनैबाट पाउँदैनन् । भन्छन्, ‘सडकअपेक्षित बाबा-आमा, दिदी-भाइहरुलाई ल्याएर सेवा गर्न त्यति सजिलो छैन । तर, हामीले उहाँहरुलाई प्रेमले स्वीकार गरेकाले सबै अप्ठ्यारालाई सजिलो देख्छौं, आनन्द र रमाइलो महसुस गर्छौं ।’ त्यसैले त मानव सेवा आश्रमको सेवा फैलिँदो छ । हेटौंडामा पाँच करोड बराबरको भवन बनेको छ । चितवनमा दाताले ८ कठ्ठा जमिन उपलब्ध गराएका छन् र भवन निर्माणको चरणमा छ । अन्यत्र भाडाका घरहरुमा आश्रम चलेका छन् । आश्रममा केयर गिभरहरु छन् । नियमित योग, ध्यान, प्रणायाम हुन्छ । देशभरका मानव सेवा आश्रमको लागि मासिक ४० देखि ५० लाख खर्च हुन्छ । यति धेरै खर्च चाहिँ कहाँबाट जुट्छ ? ‘आश्रमलाई कतिले मासिक रुपमा सहयोग गर्नुहुन्छ । कतिले १०-५ रुपैयाँ । तरकारी व्यवसायी संघले तरकारी दिन्छ, फलफूल व्यवसायी संघले फलफूल’, रामजी भन्छन्, ‘कतिले धक फुकाएर सहयोग गर्छन् ।’ धादिङका शितलकाजी मास्केले त आफ्नो दुई वटा पेट्रोल पम्पको पाँच प्रतिशत शेयर नै आश्रमलाई उपलब्ध गराएका छन् । आश्रमले एक कप चिया अभियान चलाएको छ । एक बालक एक अभिभावकको योजना बनाएको छ । रामजी भन्छन्, ‘अहिले त यस्तो संस्कार बस्न थालेको छ कि बुबाआमाका पितृ कर्ममा पनि आएर सहयोग गर्नुहुन्छ, बिहे पार्टी, जन्मदिनको खर्च कटाएर आश्रमलाई दिनुहुन्छ ।’ हुन त रामजीलाई यस्ता आश्रम खुल्नै नपरे हुन्थ्यो जस्तो लाग्छ । यो सम्भव पनि देख्छन् । उनी भन्छन्, ‘हाम्रो कल्पना सडक मानवमुक्त देशको हो । त्यो सम्भव छ ।’ यसै पनि जिल्ला समन्वय समितिसँग सहकार्य गरी मकवानपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ । गोरखा नगरपालिकालाई सडक मानवमुक्त र पशुपति मन्दिर परिसर मगन्तेमुक्त क्षेत्र बनिसकेको छ । भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त पहिलो महानगरपालिका घोषणा गर्ने अभियानमा सुरु भएको छ । यसरी अरुको जीवन बदल्ने दौडमा हिँडेका रामजीले मानव जीवनलाई कसरी बुझ्छन् त ? उनको बुझाइ छ, ‘बग्दै गरेको खोलालाई बाँध बाधियो भने सिंचाइ हुन्छ, ऊर्जा निस्कन्छ । मानिसको जीवन पनि त्यस्तै हो । आफ्नो कारण कुनै एक जना व्यक्तिले नयाँ जीवन पाउँछ भने त्यो जीवन कति सुन्दर हुन्छ होला । जीवन सुगन्धयुक्त फूल हो, मानिसले सुगन्ध छर्न सक्नुपर्छ । म पनि आफ्नो जीवनलाई सार्थक बनाउने प्रयासमा छु ।’
2
0 Comments 0 Shares