कहाँ हो ?कहाँ हो ? म जाने कहाँ हो ?
यहाँ हो उहा हो न जाने कहाँ हो !!!!!!!
गए धेर मान्छे न फर्केर आए
कता हो कता हो कहाँ पो हराए
न तेरो न मेरो न काका न मामा
न छोरा न छोरी न बाबा न आमा
धरामा रहेका अनेकौं पियारा
छ रे जानु एक्लै न साथी सहारा
रमाएर हाँस्ने रमाएर बाच्ने
रमाएर साथी दुई काल नाच्ने
अनौठो कथा यो अहो जिन्दगानी
नचाएर नाच्ने न हो जिन्दगानी
थुपारेर धेरै उही अन्न पानी
धनी भो धरामा कठै जिन्दगानी
छ यो लोभ बैरी हटाएर बाँचौं
सखे दुश्मनी त्यो घटाएर बाँचौं
चमेली र बेली बनोस् जिन्दगानी
स्वयम् मार्ग आफ्नो खनोस् जिन्दगानी
बनौँ जून जस्तै बनौँ घाम जस्तै
उही श्याम जस्तै उनै राम जस्तै
न लेखौं निराशा न देखौं मलामी
न भोगौं गुलामी न खोजौं सलामी
बनी आज मान्छे म बाँचौं धरामा
झुलाएर बाला यहाको गरामा
उनै शारदाको गरौँ अर्चना रे
सुनौलो सुधाझैँ गरौँ सिर्जना रे
छ यो स्वप्न मेरो बनौँ कस्तुरीझैँ
रची मित्र घेरो बजौं बाँसुरीझैं !!
कहाँ हो ?कहाँ हो ? म जाने कहाँ हो ? यहाँ हो उहा हो न जाने कहाँ हो !!!!!!! गए धेर मान्छे न फर्केर आए कता हो कता हो कहाँ पो हराए न तेरो न मेरो न काका न मामा न छोरा न छोरी न बाबा न आमा धरामा रहेका अनेकौं पियारा छ रे जानु एक्लै न साथी सहारा रमाएर हाँस्ने रमाएर बाच्ने रमाएर साथी दुई काल नाच्ने अनौठो कथा यो अहो जिन्दगानी नचाएर नाच्ने न हो जिन्दगानी थुपारेर धेरै उही अन्न पानी धनी भो धरामा कठै जिन्दगानी छ यो लोभ बैरी हटाएर बाँचौं सखे दुश्मनी त्यो घटाएर बाँचौं चमेली र बेली बनोस् जिन्दगानी स्वयम् मार्ग आफ्नो खनोस् जिन्दगानी बनौँ जून जस्तै बनौँ घाम जस्तै उही श्याम जस्तै उनै राम जस्तै न लेखौं निराशा न देखौं मलामी न भोगौं गुलामी न खोजौं सलामी बनी आज मान्छे म बाँचौं धरामा झुलाएर बाला यहाको गरामा उनै शारदाको गरौँ अर्चना रे सुनौलो सुधाझैँ गरौँ सिर्जना रे छ यो स्वप्न मेरो बनौँ कस्तुरीझैँ रची मित्र घेरो बजौं बाँसुरीझैं !!
Like
2
0 Comments 0 Shares 208 Views 0 Reviews