उहाँ धनले धर्म किन्ने दाउमा हुनुहुन्छ
देख्छु सँधै देउताको पाउमा हुनुहुन्छ

म त मन्दिर नपुगी पुण्य कमाएको छु
मैले पुज्ने देवि देउता गाउँमा हुनुहुन्छ

म बिदेश आएपछी रुन थालेकी आमा
अझै सम्म आँशुको तलाउमा हुनुहुन्छ

सोचेर पाइला चाल्ने गर्छु म आजकल
आत्मिय दुश्मन ठाउँ ठाउँमा हुनुहुन्छ
उहाँ धनले धर्म किन्ने दाउमा हुनुहुन्छ देख्छु सँधै देउताको पाउमा हुनुहुन्छ म त मन्दिर नपुगी पुण्य कमाएको छु मैले पुज्ने देवि देउता गाउँमा हुनुहुन्छ म बिदेश आएपछी रुन थालेकी आमा अझै सम्म आँशुको तलाउमा हुनुहुन्छ सोचेर पाइला चाल्ने गर्छु म आजकल आत्मिय दुश्मन ठाउँ ठाउँमा हुनुहुन्छ
Like
Haha
8
0 Comments 0 Shares 0 Views 0 Reviews