‘विश्वास ढकाल मल्टिडाइमेन्सनल हुनुहुन्छ, उहाँले राम्रो योजना बनाइसक्नु भएको थियो । कतिसम् मभने कोटेश्वरमा उहाँको फ्ल्याटकै दुई कोठामा हाम्रो अफिस थियो,’ अस्गरले भने, ‘अब अफिसमा पनि कम्प्युटर चलाउनु र कलेजमा पनि कम्प्युटर प्रोग्रामिङ नै गर्ने भएकाले मलाई खास जीवन बाँचिरहेको आभास भएको थियो ।’

कलेज सकिँदानसकिँदै पूर्ण रुपमा व्यवसायमा लागे अस्गर, आइटी व्यवसायमा । उनकाे कम्पनी एफवान सफ्ट नेपालले बैकिङ क्षेत्रमा उपलब्धिमुलक काम गरेकाे छ । त्यसैकाे एउटा प्राेडक्ट इसेवा अहिले धेरै नेपालीकाे जीवनशैली बनिसकेकाे छ । व्यवसायका रुपमा अगाडि बढेपछि अस्गर व्यस्त हुने नै भए । जब कम्पनीलाई अलिक बढी समय दिनु पर्ने भयो, त्यसपछिका दिनहरु कसरी बिते भन्ने नै सम्झँदैनन् अस्गर । ‘विहान घरबाट निस्कनु र अबेर घर फर्किनु दैनिकी हुन थाल्यो,’ उनी सम्झन्छन्, ‘अहिले पछाडि फर्किँदा मलाई लाग्छ, मैले धेरै कुरा मिस गरेको छु । जस्तो कि मैले म्यारिज लाइफ, टिपिकल पारिवारिक जीवन नै पनि मिस गरिरहेको छु ।’

तर, पनि उनलाई यसमा कुनै पछुतो छैन । ‘२४ वर्षको उमेरदेखि मेरो हरेक दिन कसरी गयो भन्ने म आफैंलाई थाहा छैन,’ अस्गर भन्छन्, ‘मैले आफ्नो प्यासनलाई फलो गरेँ, त्योवाहेक अरु सबै कुरा मिस गरेँ ।’

त्यसो त अहिले अस्गर आफ्नो र टिमको प्यासनका कारण नेपालको डिजिटल भुक्तानी र बैकिङ सिस्टममा केही भए पनि परिवर्तन आएको देख्दा खुसी हुन्छन् । ‘तर, गर्नु पर्ने अझै धेरै छ,’ उनले निक्र्योल निकालेका छन् ।

र, सँगसँगै बढेको छ उनको व्यस्तता पनि । यो व्यस्ततालाई बुझाउनलाई उनले नयाँ वाक्यांश ‘क्वाइन’ गरेका छन्– लाइफ फुल अन झ्याप व्यस्त ।

https://farakdhar.com/story/14238/
‘विश्वास ढकाल मल्टिडाइमेन्सनल हुनुहुन्छ, उहाँले राम्रो योजना बनाइसक्नु भएको थियो । कतिसम् मभने कोटेश्वरमा उहाँको फ्ल्याटकै दुई कोठामा हाम्रो अफिस थियो,’ अस्गरले भने, ‘अब अफिसमा पनि कम्प्युटर चलाउनु र कलेजमा पनि कम्प्युटर प्रोग्रामिङ नै गर्ने भएकाले मलाई खास जीवन बाँचिरहेको आभास भएको थियो ।’ कलेज सकिँदानसकिँदै पूर्ण रुपमा व्यवसायमा लागे अस्गर, आइटी व्यवसायमा । उनकाे कम्पनी एफवान सफ्ट नेपालले बैकिङ क्षेत्रमा उपलब्धिमुलक काम गरेकाे छ । त्यसैकाे एउटा प्राेडक्ट इसेवा अहिले धेरै नेपालीकाे जीवनशैली बनिसकेकाे छ । व्यवसायका रुपमा अगाडि बढेपछि अस्गर व्यस्त हुने नै भए । जब कम्पनीलाई अलिक बढी समय दिनु पर्ने भयो, त्यसपछिका दिनहरु कसरी बिते भन्ने नै सम्झँदैनन् अस्गर । ‘विहान घरबाट निस्कनु र अबेर घर फर्किनु दैनिकी हुन थाल्यो,’ उनी सम्झन्छन्, ‘अहिले पछाडि फर्किँदा मलाई लाग्छ, मैले धेरै कुरा मिस गरेको छु । जस्तो कि मैले म्यारिज लाइफ, टिपिकल पारिवारिक जीवन नै पनि मिस गरिरहेको छु ।’ तर, पनि उनलाई यसमा कुनै पछुतो छैन । ‘२४ वर्षको उमेरदेखि मेरो हरेक दिन कसरी गयो भन्ने म आफैंलाई थाहा छैन,’ अस्गर भन्छन्, ‘मैले आफ्नो प्यासनलाई फलो गरेँ, त्योवाहेक अरु सबै कुरा मिस गरेँ ।’ त्यसो त अहिले अस्गर आफ्नो र टिमको प्यासनका कारण नेपालको डिजिटल भुक्तानी र बैकिङ सिस्टममा केही भए पनि परिवर्तन आएको देख्दा खुसी हुन्छन् । ‘तर, गर्नु पर्ने अझै धेरै छ,’ उनले निक्र्योल निकालेका छन् । र, सँगसँगै बढेको छ उनको व्यस्तता पनि । यो व्यस्ततालाई बुझाउनलाई उनले नयाँ वाक्यांश ‘क्वाइन’ गरेका छन्– लाइफ फुल अन झ्याप व्यस्त । https://farakdhar.com/story/14238/
FARAKDHAR.COM
इसेवाका सिइओ अस्गर अलीः एउटा टाइपराइटरले बदलिदिएको जिन्दगी
जब हात्तिसारस्थित लालचन प्लाजाको आठौं तलामा रहेको नेपालको पहिलो अनलाइन पेमेन्ट गेटवे इसेवाको कार्यालयमा बसेर इसेवाका प्रबन्ध निर्देशक तथा मुख्य कार्यकारी अधिकारी अस्गर अली विगतमा फर्किन्छन्, उनी मुसुक्क हाँस्छन् । उनको अनुहारमा आउने यो मुस्कानको मुहान सन् १९९६ देखि नै सुरु हुन्छ । त्यति बेला अस्गर बुटवलको लुम्बिनी बोर्डिङ स्कुल...
Like
Love
Yay
84
113 Comments 0 Shares 26 Views 0 Reviews