बाजेले ज्यानै आहूति दिएर पो अहिले नेपाल छ
नातिले नारा लेख्न सजिलो पर्खाल छ, सञ्जाल छ

आफूलाई पत्थर हुँ भन्नेलाई प्रेम दिइरहन सकूँ
एक दिन मुस्कुराउने छ साक्षी अगाडि हिमाल छ

बाआमाले बैंश छँदै हुर्काएछन् दिदी र दाइलाई
भन्छन् -बुढेसकालमा मेरो कान्छा छोराले पाल्छ

हिजो खै के सोचेँ, समय खर्चिएँ, म आफैले उठाएँ
आज पल्लोपट्टि रङ्गमञ्च छ, सामुन्ने पर्खाल छ

तिमीलाई यत्ति विधि प्रेम गर्नु, यस्तो छ नतिजा
जस्तो कि रित्तो भाँडाले ठुलो आवाज निकाल्छ

रूप रसाइली
बाजेले ज्यानै आहूति दिएर पो अहिले नेपाल छ नातिले नारा लेख्न सजिलो पर्खाल छ, सञ्जाल छ आफूलाई पत्थर हुँ भन्नेलाई प्रेम दिइरहन सकूँ एक दिन मुस्कुराउने छ साक्षी अगाडि हिमाल छ बाआमाले बैंश छँदै हुर्काएछन् दिदी र दाइलाई भन्छन् -बुढेसकालमा मेरो कान्छा छोराले पाल्छ हिजो खै के सोचेँ, समय खर्चिएँ, म आफैले उठाएँ आज पल्लोपट्टि रङ्गमञ्च छ, सामुन्ने पर्खाल छ तिमीलाई यत्ति विधि प्रेम गर्नु, यस्तो छ नतिजा जस्तो कि रित्तो भाँडाले ठुलो आवाज निकाल्छ रूप रसाइली
Love
Like
5
0 Comments 0 Shares 137 Views 0 Reviews