काठमाडौँ — सडकमा बसेर सहयोग उठाउन नपाउने भन्दै काठमाडौं महानगरले चेतावनी दिएपछि गीत गाएरै परिवार पाल्ने दृष्टिविहीनहरु अन्योलमा छन् ।
गीत गाइरहेका बेला गत साता काठमाडौं महानगरपालिकाका प्रहरीले एउटा चोटिलो सन्देश छाडेर गए, त्यसयता उनी र उनका दृष्टिविहीन साथीको अनुहार ओइलाएको छ ।
एक साताअघि ती नगरप्रहरीले भनेका थिए, ‘अब सडकमा गाएर माग्न पाइँदैन । यस्तो काम नरोके पुलिस लगाएर उठाउँछौं ।’
काठमाडौं महानगरपालिकाले सडकमा गाएर पैसा उठाउन नदिने भएपछि २७ जना दृष्टिविहीन बिहीबार भृकुटीमण्डपमा भेटिए । उनीहरूको चिन्ता महानगरले उठाए कहाँ जाने, के काम गर्ने भन्ने छ । यीमध्ये पोखराका कृष्ण विश्वकर्मा भने बाँच्नै मन नभएको जस्ता शब्द राखेर तयार पारेका गीत गुनगुनाइरहेका थिए—
मनमा माया सम्झन मन छैन
दुवै आँखा नदेख्ने भएर संसारमा बाँच्न मन छैन...
काठमाडौँ — सडकमा बसेर सहयोग उठाउन नपाउने भन्दै काठमाडौं महानगरले चेतावनी दिएपछि गीत गाएरै परिवार पाल्ने दृष्टिविहीनहरु अन्योलमा छन् । गीत गाइरहेका बेला गत साता काठमाडौं महानगरपालिकाका प्रहरीले एउटा चोटिलो सन्देश छाडेर गए, त्यसयता उनी र उनका दृष्टिविहीन साथीको अनुहार ओइलाएको छ । एक साताअघि ती नगरप्रहरीले भनेका थिए, ‘अब सडकमा गाएर माग्न पाइँदैन । यस्तो काम नरोके पुलिस लगाएर उठाउँछौं ।’ काठमाडौं महानगरपालिकाले सडकमा गाएर पैसा उठाउन नदिने भएपछि २७ जना दृष्टिविहीन बिहीबार भृकुटीमण्डपमा भेटिए । उनीहरूको चिन्ता महानगरले उठाए कहाँ जाने, के काम गर्ने भन्ने छ । यीमध्ये पोखराका कृष्ण विश्वकर्मा भने बाँच्नै मन नभएको जस्ता शब्द राखेर तयार पारेका गीत गुनगुनाइरहेका थिए— मनमा माया सम्झन मन छैन दुवै आँखा नदेख्ने भएर संसारमा बाँच्न मन छैन...
Like
1
0 Comments 0 Shares 6 Views 0 Reviews