सामसुङले पहिलोपटक फ्रेमलेस टिभी ल्याउँदै
पुस १८, २०७६काठमाडौँ — साउथ कोरियन कम्पनी सामसुङले पहिलो पटक बजारमा फ्रेमलेस टिभी लन्च गर्ने भएको छ । विश्व बजारमा विभिन्न विद्युतीय उपकरण बनाउँदै आएको सामसुङले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा सन् २०२० मा फ्रेमलेश ‘एट के’ टिभी ल्याउने तयारी गरेको हो ।
लस भेगासमा २०२० जनवरी ६ मा हुने प्रविधिसम्बन्धी‘कन्ज्युमर इलेक्ट्रोनिक्स सो’ मा यसकाेलन्च हुने भएको छ। यो ६५ इन्च वा सोभन्दा माथिको हुनेछ। लन्च गरेपछि सामसुङले फेब्रुअरी २०२० देखि व्यमवसायिक रुपमा उत्पादन थाल्नेछ।
फ्रेम नभएको टिभीले टिभीको साइज बढाउनेछ। साथै टिभी आर्कषक देखिनुका साथै उत्कृष्ट दृश्य देखिने बताइएको छ । जर्मन साइट ‘फोकेफिल्म’ले सामसुङको टिभीको तस्बिर सार्वजनिक गरेको छ ।
तस्बिरमा स्ट्याण्डसहित एकदम थोरै फ्रेम भएको टिभी देखिन्छ। अरु विशेषताहरु भने खुलाइएको छैन। टिभी ४ के रिजोलुसनको देखिन्छ । जुन अहिलेको धेरै स्मार्ट टिभीको विशेषता हो।
टिभीलाई'क्यू नाइन जिरो जिरो टी'नाम दिइने बताइएको छ। उक्त प्रर्दशनी भेलामा फाइभ जी फोन, टिभी , हेडफोन, क्यामराहरु सार्वजनिक हुने बताइएको छ।
सामसुङले पहिलोपटक फ्रेमलेस टिभी ल्याउँदै पुस १८, २०७६काठमाडौँ — साउथ कोरियन कम्पनी सामसुङले पहिलो पटक बजारमा फ्रेमलेस टिभी लन्च गर्ने भएको छ । विश्व बजारमा विभिन्न विद्युतीय उपकरण बनाउँदै आएको सामसुङले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा सन् २०२० मा फ्रेमलेश ‘एट के’ टिभी ल्याउने तयारी गरेको हो । लस भेगासमा २०२० जनवरी ६ मा हुने प्रविधिसम्बन्धी‘कन्ज्युमर इलेक्ट्रोनिक्स सो’ मा यसकाेलन्च हुने भएको छ। यो ६५ इन्च वा सोभन्दा माथिको हुनेछ। लन्च गरेपछि सामसुङले फेब्रुअरी २०२० देखि व्यमवसायिक रुपमा उत्पादन थाल्नेछ। फ्रेम नभएको टिभीले टिभीको साइज बढाउनेछ। साथै टिभी आर्कषक देखिनुका साथै उत्कृष्ट दृश्य देखिने बताइएको छ । जर्मन साइट ‘फोकेफिल्म’ले सामसुङको टिभीको तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा स्ट्याण्डसहित एकदम थोरै फ्रेम भएको टिभी देखिन्छ। अरु विशेषताहरु भने खुलाइएको छैन। टिभी ४ के रिजोलुसनको देखिन्छ । जुन अहिलेको धेरै स्मार्ट टिभीको विशेषता हो। टिभीलाई'क्यू नाइन जिरो जिरो टी'नाम दिइने बताइएको छ। उक्त प्रर्दशनी भेलामा फाइभ जी फोन, टिभी , हेडफोन, क्यामराहरु सार्वजनिक हुने बताइएको छ।
0 Comments 0 Shares 62 Views 0 Reviews