सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ७६ हजार रुपैयाँ पुग्यो
06 Jan,2020
काठमाडौं : सुनको मूल्यले सोमबार फेरि अर्को रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको थियो । व्यवसायीहरुका अनुसार सोमबारको भाउ अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ ।
आइतबार तेजावी सुनको भाउ तोलाको ७५ हजार २०० सय रुपैयाँ रहेको थियो । यता, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ ।
आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि भाउ तय हुने व्यसायीहरुको भनाई छ । पछिल्लो समय अमेरिका र इरानबीच विवाद झनै चर्किएपछि व्यवसायीहरुले सुरक्षित लगानीका रुपमा सुनलाई रोजेका हुन् । जसका कारण माग बढ्न जाँदा मूल्य पनि माथि लागेको हो ।
सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ७६ हजार रुपैयाँ पुग्यो 06 Jan,2020 काठमाडौं : सुनको मूल्यले सोमबार फेरि अर्को रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको थियो । व्यवसायीहरुका अनुसार सोमबारको भाउ अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ । आइतबार तेजावी सुनको भाउ तोलाको ७५ हजार २०० सय रुपैयाँ रहेको थियो । यता, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ । आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि भाउ तय हुने व्यसायीहरुको भनाई छ । पछिल्लो समय अमेरिका र इरानबीच विवाद झनै चर्किएपछि व्यवसायीहरुले सुरक्षित लगानीका रुपमा सुनलाई रोजेका हुन् । जसका कारण माग बढ्न जाँदा मूल्य पनि माथि लागेको हो ।
Like
1
0 Comments 0 Shares 55 Views