मापदण्डविपरीत सञ्चालित पाँच अस्पतालको नवीकरण रोकियो
पुस २२, काठमाडौँ — आधा दर्जनभन्दा बढी अस्पताल सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । काठमाडौं वनस्थलीको राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बौद्धको स्तूपा सामुदायिक अस्पताल, ललितपुरको आनन्दवन अस्पताल, बनेपाको शिर मेमोरियल अस्पताल र धनुषाको लालगढ लेप्रोसी अस्पतालले मापदण्ड पूरा नगरेका हुन् ।स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० पालना गर्न पटकपटक सचेत गराउँदा बेवास्ता गरेपछि स्वास्थ्य सेवा विभागले ती अस्पतालको नवीकरण रोकेको छ । विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार नवीकरण नभएका अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापन मुख्य समस्या छन् । जनशक्ति र उपकरण व्यवस्थित छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेका छैनन् ।
मापदण्डविपरीत सञ्चालित पाँच अस्पतालको नवीकरण रोकियो पुस २२, काठमाडौँ — आधा दर्जनभन्दा बढी अस्पताल सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । काठमाडौं वनस्थलीको राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बौद्धको स्तूपा सामुदायिक अस्पताल, ललितपुरको आनन्दवन अस्पताल, बनेपाको शिर मेमोरियल अस्पताल र धनुषाको लालगढ लेप्रोसी अस्पतालले मापदण्ड पूरा नगरेका हुन् ।स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० पालना गर्न पटकपटक सचेत गराउँदा बेवास्ता गरेपछि स्वास्थ्य सेवा विभागले ती अस्पतालको नवीकरण रोकेको छ । विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार नवीकरण नभएका अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापन मुख्य समस्या छन् । जनशक्ति र उपकरण व्यवस्थित छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेका छैनन् ।
Like
1
0 Comments 0 Shares 55 Views 0 Reviews