अमेरिकी सेना हटाइए इराकविरुद्ध कडा प्रतिबन्ध : ट्रम्प
पुस २१, २०७६एजेन्सी
वासिङ्टन/तेहरान — इराकी संसदले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने’ चेतावनी दिएका छन् ।
‘हाम्रो त्यहाँ निकै असामान्य महँगो हवाई अखडा छ। त्यो निर्माण गर्न हामीलाई अर्बौं डलर लाग्यो। हामीलाई त्यसको लागत नतिरेसम्म हामी इराक छाड्दैनौं,’ ट्रम्पले संवाददाताहरूसँग भने।
राष्ट्रपतिको विमानमा सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने बताए। ‘हामी उनीहरूले यसअघि कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं। त्यसले इरानविरुद्धको नाकाबन्दीसमेत फिक्का लाग्नेछ,’ उनले भने।
इस्लामिक स्टेट लडाकुविरुद्ध लड्न बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत हाल इराकमा ५ हजार अमेरिकी सेना छन्। गठबन्धनले आइतबार तत्कालका लागि आईएसविरुद्धको कारबाही स्थगित गरिएको जनाएको थियो। इराकको संसद्ले विदेशी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गर्‍यो।
प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू इराकबाट अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले भने इराकी संसद्ले आफ्नो देशबाट अमेरिकी सैन्यबल हट्नुपर्ने भनी पारित गरेको संकल्प प्रस्तावप्रति निराशा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ।
गत शुक्रबार अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा इरानी वरिष्ठ सैनिक कमान्डर कासिम सुलेमानीलाई मारेपछिमध्यपूर्वमा तनाव चर्केको हो। इरानले आफ्ना प्रभावशाली सैनिक अधिकारीको हत्याको अमेरिकासँग बदला लिने चेतावनीदिइसकेको छ।
सुलेमानी इरानको इस्लामिक रेभलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अन्तर्गतको विशेष सैन्य फौज ‘कुड्स’ का प्रमुख थिए। मध्यपूर्वमा उनको नेतृत्वमा इरानी सैन्य गतिविधिहरू सञ्चालनमा थिए। सुलेमानीका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट खेदाउने चेतावनी दिएका छन्।
अमेरिकी सेना हटाइए इराकविरुद्ध कडा प्रतिबन्ध : ट्रम्प पुस २१, २०७६एजेन्सी वासिङ्टन/तेहरान — इराकी संसदले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने’ चेतावनी दिएका छन् । ‘हाम्रो त्यहाँ निकै असामान्य महँगो हवाई अखडा छ। त्यो निर्माण गर्न हामीलाई अर्बौं डलर लाग्यो। हामीलाई त्यसको लागत नतिरेसम्म हामी इराक छाड्दैनौं,’ ट्रम्पले संवाददाताहरूसँग भने। राष्ट्रपतिको विमानमा सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने बताए। ‘हामी उनीहरूले यसअघि कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं। त्यसले इरानविरुद्धको नाकाबन्दीसमेत फिक्का लाग्नेछ,’ उनले भने। इस्लामिक स्टेट लडाकुविरुद्ध लड्न बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत हाल इराकमा ५ हजार अमेरिकी सेना छन्। गठबन्धनले आइतबार तत्कालका लागि आईएसविरुद्धको कारबाही स्थगित गरिएको जनाएको थियो। इराकको संसद्ले विदेशी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गर्‍यो। प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू इराकबाट अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले भने इराकी संसद्ले आफ्नो देशबाट अमेरिकी सैन्यबल हट्नुपर्ने भनी पारित गरेको संकल्प प्रस्तावप्रति निराशा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ। गत शुक्रबार अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा इरानी वरिष्ठ सैनिक कमान्डर कासिम सुलेमानीलाई मारेपछिमध्यपूर्वमा तनाव चर्केको हो। इरानले आफ्ना प्रभावशाली सैनिक अधिकारीको हत्याको अमेरिकासँग बदला लिने चेतावनीदिइसकेको छ। सुलेमानी इरानको इस्लामिक रेभलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अन्तर्गतको विशेष सैन्य फौज ‘कुड्स’ का प्रमुख थिए। मध्यपूर्वमा उनको नेतृत्वमा इरानी सैन्य गतिविधिहरू सञ्चालनमा थिए। सुलेमानीका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट खेदाउने चेतावनी दिएका छन्।
Like
2
0 Comments 0 Shares 52 Views