मेरो देशमा त पानी खेर जान्छ जडिबुटी खेर जान्छ
एक छिमेकी नागरिक सिमा नाघेर नुन बेचेर जान्छ

घामलाई सम्झिदै परेलाहरू पनि गुनासो गर्दाहुन्
रात सधैं अध्यारोमा जान्छ अनि दिन भिजेर जान्छ

सुन्दर भएको कारण अहम् देखाउनु पर्ने केही छैन
थाहै होला गुलाफ सुकेर जान्छ शरीर जलेर जान्छ

बहुत खुशी लाग्यो यो मनलाई ढुङ्गाको उपमा दियौ
कोमल दिल हुने मान्छेले नै पत्थर ढोगेर जान्छ

प्रेमी त बनाउन सकेनौं , सकेनौं अब पागल बनाउ
कमसेकम मेरो दुश्मन त मलाई देखि हाँसेर जान्छ
-अबिनाश एकल यात्री
मेरो देशमा त पानी खेर जान्छ जडिबुटी खेर जान्छ एक छिमेकी नागरिक सिमा नाघेर नुन बेचेर जान्छ घामलाई सम्झिदै परेलाहरू पनि गुनासो गर्दाहुन् रात सधैं अध्यारोमा जान्छ अनि दिन भिजेर जान्छ सुन्दर भएको कारण अहम् देखाउनु पर्ने केही छैन थाहै होला गुलाफ सुकेर जान्छ शरीर जलेर जान्छ बहुत खुशी लाग्यो यो मनलाई ढुङ्गाको उपमा दियौ कोमल दिल हुने मान्छेले नै पत्थर ढोगेर जान्छ प्रेमी त बनाउन सकेनौं , सकेनौं अब पागल बनाउ कमसेकम मेरो दुश्मन त मलाई देखि हाँसेर जान्छ -अबिनाश एकल यात्री
Like
Love
2
0 Comments 0 Shares 132 Views 0 Reviews