१.
कोहि कसैलाई अमृत पिलाइ निम्ता गरिँदैन।
मृत्यु सबलाई न्याय दिलाई निम्ता गरिँदैन।
बाँच्दा राम्रो गरे मर्दा मानबसागर उर्लिने छ,
जन्ती जस्तो मलामीलाई, निम्ता गरिँदैन।।

२.
केहि फुलजस्ता थिए अरु सिसाजस्ता थिए।
बलिया त्यतिथिएनन् बरु सिसा जस्ता थिए।
यसैकारण मैले मुटु पत्थर बनाउन सकिन,,
किन कि तिम्रा यादहरु सिसाजस्ता थिए।।
प्रकाश खनाल

३.
सङ्गै जिउने मर्ने आधार भाग्यले दिएन।
र मनले मागेको संसार भाग्यले दिएन।
पराई भनौँ म कसरी मुटुभित्र बसेकी छौ,
आफ्नो भन्ने अधिकार भाग्यले दिएन।

४.
दियो धोका गर्यो छल, एउटा मान्छेले।
बिगार्यो पुरै मानसपटल,एउटा मान्छेले।
आँसु पुछौँ कि झुण्डिएर मरौँ दोधारमा परेँ
अन्तिम चिनो पठायो सल एउटा मान्छेले।

५.
बाआमालाई फकाएर बिदेश जान्छु भन्छ।
सोह्र बर्ष कटाएर बिदेश जान्छु भन्छ।
ठुलो भएसि के गर्छस बच्चालाई सोधेको त,
राहदानी बनाएर, ,,बिदेश जान्छु भन्छ।।

६.
होला लक्ष्मण थिएन छेक्ने घेरो भएन।
सिते हाँस्दै लङ्का जाँदा अप्ठेरो भएन।
घरबेटी को चल्ती कोठा जस्तै तिम्रो मन,
आखिर जति सजाएनी,, मेरो भएन।।

७.
जे गर्न खोज्छ संधै असफल भाको छ।
उ माथि अति सारै ,,,छल भाको छ।
दाजुसङ्ग डाक्टरीको सर्टिफिकेट छ,
भाइ कसैको मायामा पागल भाको छ।

८.
धोका दियौ दुख लाछ अरु के भनम्।
मनमुटु कमजोर भाछ अरु के भनम्।
रातिराति सपनिमा तिम्लाई देख्छु मैले,
पलपलमा याद आ छ अरु के भनम्।।

९.
घर न घाटको हुन म कसरी आउँ।
सबको सामु रुन म कसरी आउँ।
जीवन दिन्छौ सोचेथेँ सुपारी दियौ,
तिम्रो गोडा धुन म कसरी आउँ।।

१०.
पाइने होइन जोतेर बारी कहाँबाट ल्याउँछौ।
सिता जस्तै सभ्य नारी कहाँबाट ल्याउँछौ।
छोरी हुँदा गर्भमै फाल्नेहरुलाई मेरो प्रश्न,
भन तिमीले बुहारी, कहाँबाट ल्याउँछौ।।
१. कोहि कसैलाई अमृत पिलाइ निम्ता गरिँदैन। मृत्यु सबलाई न्याय दिलाई निम्ता गरिँदैन। बाँच्दा राम्रो गरे मर्दा मानबसागर उर्लिने छ, जन्ती जस्तो मलामीलाई, निम्ता गरिँदैन।। २. केहि फुलजस्ता थिए अरु सिसाजस्ता थिए। बलिया त्यतिथिएनन् बरु सिसा जस्ता थिए। यसैकारण मैले मुटु पत्थर बनाउन सकिन,, किन कि तिम्रा यादहरु सिसाजस्ता थिए।। प्रकाश खनाल ३. सङ्गै जिउने मर्ने आधार भाग्यले दिएन। र मनले मागेको संसार भाग्यले दिएन। पराई भनौँ म कसरी मुटुभित्र बसेकी छौ, आफ्नो भन्ने अधिकार भाग्यले दिएन। ४. दियो धोका गर्यो छल, एउटा मान्छेले। बिगार्यो पुरै मानसपटल,एउटा मान्छेले। आँसु पुछौँ कि झुण्डिएर मरौँ दोधारमा परेँ अन्तिम चिनो पठायो सल एउटा मान्छेले। ५. बाआमालाई फकाएर बिदेश जान्छु भन्छ। सोह्र बर्ष कटाएर बिदेश जान्छु भन्छ। ठुलो भएसि के गर्छस बच्चालाई सोधेको त, राहदानी बनाएर, ,,बिदेश जान्छु भन्छ।। ६. होला लक्ष्मण थिएन छेक्ने घेरो भएन। सिते हाँस्दै लङ्का जाँदा अप्ठेरो भएन। घरबेटी को चल्ती कोठा जस्तै तिम्रो मन, आखिर जति सजाएनी,, मेरो भएन।। ७. जे गर्न खोज्छ संधै असफल भाको छ। उ माथि अति सारै ,,,छल भाको छ। दाजुसङ्ग डाक्टरीको सर्टिफिकेट छ, भाइ कसैको मायामा पागल भाको छ। ८. धोका दियौ दुख लाछ अरु के भनम्। मनमुटु कमजोर भाछ अरु के भनम्। रातिराति सपनिमा तिम्लाई देख्छु मैले, पलपलमा याद आ छ अरु के भनम्।। ९. घर न घाटको हुन म कसरी आउँ। सबको सामु रुन म कसरी आउँ। जीवन दिन्छौ सोचेथेँ सुपारी दियौ, तिम्रो गोडा धुन म कसरी आउँ।। १०. पाइने होइन जोतेर बारी कहाँबाट ल्याउँछौ। सिता जस्तै सभ्य नारी कहाँबाट ल्याउँछौ। छोरी हुँदा गर्भमै फाल्नेहरुलाई मेरो प्रश्न, भन तिमीले बुहारी, कहाँबाट ल्याउँछौ।।
Like
Love
5
0 Comments 0 Shares 171 Views 0 Reviews