• पहिलो हाफमा एक गोलको अग्रता लिए पनि नेपाल एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग २–१ ले पराजित भएको छ । नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो ।
    पहिलो हाफमा एक गोलको अग्रता लिए पनि नेपाल एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग २–१ ले पराजित भएको छ । नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो ।
    Like
    1
    0 Comments 0 Shares 26 Views
  • आमाका बेदनाका कथाहरु
    तर कहिल्यै पढिन
    बाका अनुहारमा सलबलाएका
    दु:खका बक्र रेखाहरु
    धेरै पटक कविहरुले
    आमाकै तारिफमा कबिता कोरे
    आमाकै गीत संगीत भरे
    आमालाई धर्ती भन्नेहरुले
    बालाई कहिल्यै आकाश भनेनन्
    र त
    बा सँधै ओझेल परे ।




    बारीको डीलमा चुपचाप
    ठिंग उभिएको बूढो रुख झैं
    बा कहिल्यै उभिएनन्
    भन्ज्यांगको चौतारी झैं
    ढसमस्स बसेनन् बा कहिल्यै
    बा त
    हाम्रो अँधेरो मेटाउन
    मैन झै जलिरहे
    हाम्रा खुसी समेट्न
    मोनो रेल झैं चलिरहे
    जिन्दगी भर कुदिरहे कुदिरहे
    थाकेर सुइय नगरि
    सँधै एक्लै कुदिरहे
    त्यसैले त अग्लिदैछ एक्लोपनको हिमाल
    बाको मनभित्र ।

    यतिखेर
    लम्पसार छ निरस जिन्दगी
    बाकै अघिल्तिर
    थिचिएर त्रासले सँधै
    घुरिरहन्छ घ्वारघ्वार
    कुम्भकर्णको निद्रामा
    बाको अन्योल जिन्दगी
    तर बा
    करकलाको पातमा टलपल पानी झैं
    आँसु टिलपिलाएका आँखामा
    निद्रा हराएपछि
    खुसीहरुको सिला खोज्दैछन्
    परेलीका डीलहरुमा ।

    बोल्दा बोल्दै भासिन्छ बाको स्वर
    बोली बन्द हुन्छ एकाएक
    थाहा पाउछु म गला अबरुद्ध भएको
    र पनि दबाएर सबै पीडा
    मुस्कुराएको अभिनय गर्छन्
    म चिन्छु त्यो मुस्कान
    त्यो नक्कली मुस्कान
    जो बाको होइन
    हुदै होइन ।

    फुंग रंग उडेका
    उदासीका फूलहरु
    फुलेका छन् बाका मुहार भरि
    चाउरिएर
    ग्राफ जस्ता गालाका रेखाहरुमा
    कतै एक धर्को सन्तोष छैन
    कपाल झरेर खुइलिएको बाको तालुमा
    जिम्मेवारीको चर्को घामले
    उदाए देखि अस्ताउदा सम्म
    ठुंगिरहन्छ ।

    भित्र मनमा कता कता
    बिगत र आगतको
    उही चिन्ताको पहाड उभिएको छ
    र बा त्यही पहाडमा उभिएर
    संसार जितेको नाटक गर्छन्
    अनि बाँड्छन् हामीलाई
    पैंचो मागेका उधारा खुसीहरु
    तर यथार्थमा
    बा हारिरहन्छन् पलपल
    मेरो लागि
    तिम्रो लागि र
    हाम्रो लागि
    हो, बा त्यो हरुवा हो
    जो सँधै हारिरहन्छन्
    केवल सन्तानका लागि ।
    निरा शर्मा
    आमाका बेदनाका कथाहरु तर कहिल्यै पढिन बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरु धेरै पटक कविहरुले आमाकै तारिफमा कबिता कोरे आमाकै गीत संगीत भरे आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन् र त बा सँधै ओझेल परे । बारीको डीलमा चुपचाप ठिंग उभिएको बूढो रुख झैं बा कहिल्यै उभिएनन् भन्ज्यांगको चौतारी झैं ढसमस्स बसेनन् बा कहिल्यै बा त हाम्रो अँधेरो मेटाउन मैन झै जलिरहे हाम्रा खुसी समेट्न मोनो रेल झैं चलिरहे जिन्दगी भर कुदिरहे कुदिरहे थाकेर सुइय नगरि सँधै एक्लै कुदिरहे त्यसैले त अग्लिदैछ एक्लोपनको हिमाल बाको मनभित्र । यतिखेर लम्पसार छ निरस जिन्दगी बाकै अघिल्तिर थिचिएर त्रासले सँधै घुरिरहन्छ घ्वारघ्वार कुम्भकर्णको निद्रामा बाको अन्योल जिन्दगी तर बा करकलाको पातमा टलपल पानी झैं आँसु टिलपिलाएका आँखामा निद्रा हराएपछि खुसीहरुको सिला खोज्दैछन् परेलीका डीलहरुमा । बोल्दा बोल्दै भासिन्छ बाको स्वर बोली बन्द हुन्छ एकाएक थाहा पाउछु म गला अबरुद्ध भएको र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन् म चिन्छु त्यो मुस्कान त्यो नक्कली मुस्कान जो बाको होइन हुदै होइन । फुंग रंग उडेका उदासीका फूलहरु फुलेका छन् बाका मुहार भरि चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरुमा कतै एक धर्को सन्तोष छैन कपाल झरेर खुइलिएको बाको तालुमा जिम्मेवारीको चर्को घामले उदाए देखि अस्ताउदा सम्म ठुंगिरहन्छ । भित्र मनमा कता कता बिगत र आगतको उही चिन्ताको पहाड उभिएको छ र बा त्यही पहाडमा उभिएर संसार जितेको नाटक गर्छन् अनि बाँड्छन् हामीलाई पैंचो मागेका उधारा खुसीहरु तर यथार्थमा बा हारिरहन्छन् पलपल मेरो लागि तिम्रो लागि र हाम्रो लागि हो, बा त्यो हरुवा हो जो सँधै हारिरहन्छन् केवल सन्तानका लागि । ✍️ निरा शर्मा
    Like
    Haha
    4
    0 Comments 0 Shares 115 Views
  • प्रिय मित्रले सुनाएको कहानीले निकै कौतुहलता पनि बढायो।

    गफैगफमा उनले यो कुरा सुनाएकी थिइन्। उनको यो कुरा लेखमार्फत् उजागर मन लाग्यो। किनकि यो भोगाइमा वास्तविकता लुकेको छ, सत्यता लुकेको छ र अधिकांश महिलाको जीवनको साझा पीडा पनि लुकेको छ। जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसखाले पीडा भोगेका छन् उनीहरूलाई थाहा हुन्छ यसखाले घटनाको वास्तविकता।
    प्रिय मित्रले सुनाएको कहानीले निकै कौतुहलता पनि बढायो। गफैगफमा उनले यो कुरा सुनाएकी थिइन्। उनको यो कुरा लेखमार्फत् उजागर मन लाग्यो। किनकि यो भोगाइमा वास्तविकता लुकेको छ, सत्यता लुकेको छ र अधिकांश महिलाको जीवनको साझा पीडा पनि लुकेको छ। जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसखाले पीडा भोगेका छन् उनीहरूलाई थाहा हुन्छ यसखाले घटनाको वास्तविकता।
    Like
    Love
    Yay
    14
    0 Comments 0 Shares 38 Views
  • पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो सट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ ।
    पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो सट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ ।
    Love
    Like
    Yay
    9
    0 Comments 0 Shares 22 Views
  • एक अन्तरवार्तामा युट्युबका मुख्य उत्पादन अधिकृत निल मोहनले भनेका छन्- विश्वव्यापी प्लाटर्फमको रुपमा हाम्रो जिम्मेवारीका कारण यो क्रियाशील क्षेत्रको सिर्जना भएको छ ।
    एक अन्तरवार्तामा युट्युबका मुख्य उत्पादन अधिकृत निल मोहनले भनेका छन्- विश्वव्यापी प्लाटर्फमको रुपमा हाम्रो जिम्मेवारीका कारण यो क्रियाशील क्षेत्रको सिर्जना भएको छ ।
    Love
    Like
    Yay
    Wow
    9
    0 Comments 0 Shares 29 Views
  • एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो । जादा जादै चोरले त्यो साहुजीलाई भन्यो आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो ।

    एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो । जादा जादै चोरले त्यो साहुजीलाई भन्यो आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो ।
    Haha
    Yay
    2
    0 Comments 0 Shares 37 Views
  • आखिर तालिवान के (को) हो त?
    सोभियत संघ फर्किएपछि सन् १९९० को दशकमा कट्टपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिण(पश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इरानसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्रणमा लिएको थियो । त्यसको एक वर्षमै राजधानी काबुल नियन्त्रणमा लियो र राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर शासन सत्तामा हातमा लियो ।

    तर जब २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा हवाई आक्रमण गर्‍यो । करिब तीन हजार मानिसको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले तालिबानको संरक्षणमा रहेका अल कायदा प्रमुख ओसामा बिन लादेनलाई बुझाउन भन्यो । तालिबानले लादेनको संलग्नता पुष्टि नभएको भन्दै बुझाउन अस्वीकार गर्‍यो ।

    जवाफमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तान युद्धको सुरुआत गरेका थिए । त्यो वर्षको डिसेम्बरमा आइपुग्दा तालिबानको सत्ता धारासायी भयो ।
    आखिर तालिवान के (को) हो त? सोभियत संघ फर्किएपछि सन् १९९० को दशकमा कट्टपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिण(पश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इरानसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्रणमा लिएको थियो । त्यसको एक वर्षमै राजधानी काबुल नियन्त्रणमा लियो र राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर शासन सत्तामा हातमा लियो । तर जब २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा हवाई आक्रमण गर्‍यो । करिब तीन हजार मानिसको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले तालिबानको संरक्षणमा रहेका अल कायदा प्रमुख ओसामा बिन लादेनलाई बुझाउन भन्यो । तालिबानले लादेनको संलग्नता पुष्टि नभएको भन्दै बुझाउन अस्वीकार गर्‍यो । जवाफमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तान युद्धको सुरुआत गरेका थिए । त्यो वर्षको डिसेम्बरमा आइपुग्दा तालिबानको सत्ता धारासायी भयो ।
    Like
    7
    1 Comments 0 Shares 35 Views
  • झुपडी झैँ आनन्दित अग्लो महल हुँदैन।
    गरिबको पैतालामा एकजोर चप्पल हुँदैन।

    जति दबाउ मेरो आवाज त्यति हुन्छ बुलन्द!
    ठक्कर नखाएको प्राणी खासै अब्बल हुँदैन।

    मुटु मेरो चिरेको हो तिम्रो ओँठको तिरले!
    अब अमृत ओकलेर राडी मखमल हुँदैन।

    तिमी दुश्मन बन्यौ र पो उर्जा बढ्यो मलाई!
    बेगर चुनौतीको मान्छे केहिमा सफल हुँदैन।

    काँडा नभइ गुलाफमा टिप्न केको मज्जा?
    मलाई बानी परेको छ बगरमा जल हुँदैन।

    मान्छे भित्र विशेष अर्को हुन्छ यौटा मान्छे!
    जस्तै: "तृष्णा" नभएको मेरो गजल हुँदैन।।
    ________________________________
    बिन्दा लामा "तृष्णा"
    झुपडी झैँ आनन्दित अग्लो महल हुँदैन। गरिबको पैतालामा एकजोर चप्पल हुँदैन। जति दबाउ मेरो आवाज त्यति हुन्छ बुलन्द! ठक्कर नखाएको प्राणी खासै अब्बल हुँदैन। मुटु मेरो चिरेको हो तिम्रो ओँठको तिरले! अब अमृत ओकलेर राडी मखमल हुँदैन। तिमी दुश्मन बन्यौ र पो उर्जा बढ्यो मलाई! बेगर चुनौतीको मान्छे केहिमा सफल हुँदैन। काँडा नभइ गुलाफमा टिप्न केको मज्जा? मलाई बानी परेको छ बगरमा जल हुँदैन। मान्छे भित्र विशेष अर्को हुन्छ यौटा मान्छे! जस्तै: "तृष्णा" नभएको मेरो गजल हुँदैन।। ________________________________ बिन्दा लामा "तृष्णा"
    Love
    Like
    Yay
    4
    0 Comments 0 Shares 145 Views
  • आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो
    टुन्टे : एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो ” सेफ फुटाउनु जरुरी छैन , २७८ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब टुन्टेले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर टुन्टेलाई समातेर लग्यो ।
    जादा जादै टुन्टेले साहुजीलाई भन्यो ” आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो ।
    आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो टुन्टे : एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो ” सेफ फुटाउनु जरुरी छैन , २७८ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब टुन्टेले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर टुन्टेलाई समातेर लग्यो । जादा जादै टुन्टेले साहुजीलाई भन्यो ” आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो ।
    Like
    4
    0 Comments 0 Shares 23 Views
  • Loveletter [ Valentine Special ]

    के नामले सम्बोधन गरु तिमिलाइ प्यारि भनुभने प्यार बसिसकेको छैन । मायालु भनुभने त्यो मनले यो मनलाई माया गर्छ या गर्दैन थाहा छैन तर तिम्रो निम्ति यो मनमा अथाहा माया लुकेकोछ जुन कुनै शब्दमा व्यक्त हुदैन न त देखाउन कुनै दृश्य बनी देखिन्छ नै । यदि तिमिलाइ गरेको माया कुनै शब्दमा ब्यक्त हुन्थ्यो त पढ्ने थियौ तिमिले तिम्रा निम्ति रचेका मैले अनगिन्ती ठुला ठुला महाकाब्यहरु । यदि यो मनले त्यो मनलाइ गरेको माया देखाउन मिल्ने भए देखाइदिन्थे मैले पनि हनुमानसरी छाती चिरेर तिम्रो लागि तर यो माया भन्ने चिज अदृश्य भएकोले आज तिम्रो सामु मेरो माया व्यक्त गर्न साह्रै गाह्रो भैरहेकोछ । खै कति माया गर्छु भनु म ? कति तौल ? कति लम्बाई ? , कति चौडाइ ? , कति उचाइ ? कति गहिरो माया गर्छु भनु म तिमिलाइ ? मसित यसको कुनै उत्तर छैन । यदि तिमी मलाइ कति माया गर्छौ भनेर सोद्छौ भने तिम्रो सामु शिर झुकाउन भाहेक म केही गर्न सक्दिन किनकि माया जोखेर जोखिने चिज होइन यो त मनले मनलाइ बुझ्ने चिज हो तर यति अवस्य भन्न सक्छुकी जति माया एक आमाले आफ्नी सन्तानलाइ गर्छिन त्यो भन्दा बेसि माया गर्छु ,एउटा गरिबको सपना भन्दा ठूलो माया गर्छु ,तिम्रो आखाको गहिराई भन्दा गहिरो माया गर्छु , मानव इतिहास भन्दा लामो माया गर्छु , यो पृथ्वीको चौडाइ भन्दा फरकिलो माया गर्छु अनि यो सौर्यमन्डल भन्दा पुरानो माया गर्छु ।

    म भन्दिन म तिम्रो लाएकको छु भनेर साएद तिम्ले सोचेको जस्तो केटो म नहोला तिमिले खोजेको जस्तो मेरो सरिरको बनावट नहोला तर के संसारमा अनुहार भन्दा ठूलो व्यबहार हैन र ? अनुहारले प्रेम चलेला तर व्यबहार बिना कुनै कथा सम्पन्न हुन सम्भब छैन त्यसैले मेरो ब्यक्तितब भन्दा व्यबहार बुझेनेछौ भन्ने आस गरेकोछु । थाहा छैन आजभोली आफैलाइ बिर्सेर किन तिमिलाइ यतिधेरै सम्झिरहन्छु । मेरा आखाहरु तिमिलाइनै दर्शन गर्न खोजिरहन्छ , मेरा कानहरु तिम्रो बोली सुन्न आत्तिरहन्छ , मेरा हाथहरु तिम्रै कोमल आउला समाउन लालाहित छन , मेरा गोडाहरु तिमीसित सयर गर्न आत्तुर रहेकाछ्न , मेरो नाकले तिम्रै सरिरको अत्तर चाख्न खोजिरहन्छ , मेरो मन हरबखत तिम्रै बारे सोचिरहन्छ मेरा अङ्ग अङ्गले मात्र नभई मेरो सम्पुर्ण सरिरले तिमिलाइनै चाहन्छ ।

    जब देखे थिए तिमिलाइ कलेजको दायाँ तर्फको भित्तामा हो ! त्यहि दिनदेखि मेरो बायाँ तर्फमा रहेको एउटा सानो मुटु तिम्रैलागि धड्किन थाल्यो हरपल पलपल । रातकि रानी सपनिले पनि सारा दृश्य छोडेर तिम्रै चलचित्र सपनाभरी देखाइदिन थालेकोछ । तिमी सधै आउछौ आजभोली मेरो स्वप्न नगरिमा म तिमिलाइ फुलै फुलको फरियामा सजाएर , इन्द्रेणीको घुम्टो ओढाएर क्षितिजपारी मेरो बादलको सिंहहासनमा मेरि रानी बनाएको देख्छु तर जब बिहान हुन्छ ओछ्यानमा आफ्नै शरीर मात्र पाउछु तिमी गैसकेकी हुन्छौ त्यो सुर्यको किरणसितै । आज त पक्कै मनको कुरा भन्छु भनेर कहि नभएको आट मनमा ल्याएर तिम्रो सामु प्रकट हुन्छु पनि तर खै किन हो जब तिम्लाइ देख्छु घोकेर राखेको मेरो शब्दकोश खाली भैजान्छु । चिहाएर हेर्दा पनि कुनै शब्द भेट्दिन । म मौन हुन्छु बरु उल्टै चट्याङझै काप्न थाल्छु,भुइचालो सरि हल्लिन थाल्छु । तिमि कुनै भयानक जीव हैनौ डराउनलाइ तर तिमि त्यस्ति युवति हौ जुन मेरो कल्पना भन्दा माथिको कुरो हो । साएद यस धर्तिमा तिमी माथीबाटै आएकी हौ कुनै अपसरा अथवा कुनै परि !

    म सानो छदा खेरी मेरि आमाले भन्नुहुन्थ्यो परिहरु आकस्मा मात्र भेटिन्छन रे तर आज एउटि परि धर्तिमापनी देख्दैछु हो...म तिमिलाइ । खै कुन्नी के जादु छ तिमिमा जब देख्छु पागाल भैजान्छु सोच्छु तिमीनै हौ बर्सौदेखि तपस्यमा मागेको सहयात्री , तिमिनै हौ यो मनले रोजेको साथी । तिमी आफै सोचेर महसुस गरन ! आजको दिनमा अरु कोहि भन्दा किन हामि नजिक छौ ? किन यस्तो आभास हुन्छ तिमी मेरि हौ ? किन मेरो मनले तिमिलाइनै चाहन्छ ? किन तिमिलाइ भेट्न नपाउदा मेरा खुट्टा भन्दा ज्यादा मेरा आखाहरु तिम्रो बाटो तर्फ दौडदछ ? के यो संकेत अनि यो चमत्कार हामिलाइ एक बनाउन बाटो हैन र ? के यो लक्षण दैबले हाम्रो लागि लेखेको प्रेमकहानि हैन र ? अब त लाग्छ तिमी मेरो सास बराबरको खास हौ त्यसैले तिम्रो मनमा पनि मेरो मायाको बीउ छर्केर हेर अनि थाहा पाउनेछौ म कति तिमिलाइ चाहन्छु भनेर ।

    यदि फुल दिनु माया हो भने तिम्रो नामको बगैँचा बनाउनेछु , यदि उपहार दिनु माया हो भने यो ज्यान तिम्रै लागि बन्धकि राख्नेछु । म हैसियत भन्दा ठूलो कुरो गर्दिन जे जति गर्छु बोलेको गर्छु यदि मेरो जिवनमा तिमी आउछौ भने रङाइदिनेछु तिम्रा उजाड भएका सपनाहरुलाइ । मैले मेरो राम्रो पक्ष मात्र सुनाएर तिमिलाइ आकर्षित पार्न खोजेको हैन । हरेक प्राणीसित एउटा कम्जोर र नराम्रो पक्ष हुन्छ नै तेसैले तिमी मेरि हुन्छौ भने कम्जोर पनि बलियो बन्छ , नराम्रो पनि राम्रो हुन्छ त्यसैले ए ! मेरि हुनेवालि प्रेमिका तिमी एकफेर दन्ते लहर खोलेर मुस्कुराइदिए पुग्छ जिन्दगी रहे सम्म तिम्रो मुस्कानको चौकिदार गर्नेछु , तिम्रो जवानिको पालनपोसन गर्नेछु । मलाइ सम्झेर तिमी १ पाइला मात्र चालेहुन्छ बाकी ९९ पाइला मै चालुला हाम्रो प्रेमकथालाइ अमर बनाउन । सुख दिन नसकेपनी खुसी हरेक क्षणमा दिनेछु तिमिलाइ । यो पत्रलाइ सुइकारेर मेरो हाथ थामिदेउ कसम छ तिमिलाइ यो जुनि त के हजारजुनि सम्मै तिमीसङ्गै बित्नेछ यो जिवन । बुढेसकालको न्यानो याम्मा गुन्द्रीमा बसेर तिम्रो फुलेको कपाल स्यार्ने मौका दिनेछौ भन्ने बिसवास लिएकोछु ।
    तिम्रो हुनेवाला राजा
    - अनिल चौधरी
    Loveletter [ Valentine Special ] के नामले सम्बोधन गरु तिमिलाइ प्यारि भनुभने प्यार बसिसकेको छैन । मायालु भनुभने त्यो मनले यो मनलाई माया गर्छ या गर्दैन थाहा छैन तर तिम्रो निम्ति यो मनमा अथाहा माया लुकेकोछ जुन कुनै शब्दमा व्यक्त हुदैन न त देखाउन कुनै दृश्य बनी देखिन्छ नै । यदि तिमिलाइ गरेको माया कुनै शब्दमा ब्यक्त हुन्थ्यो त पढ्ने थियौ तिमिले तिम्रा निम्ति रचेका मैले अनगिन्ती ठुला ठुला महाकाब्यहरु । यदि यो मनले त्यो मनलाइ गरेको माया देखाउन मिल्ने भए देखाइदिन्थे मैले पनि हनुमानसरी छाती चिरेर तिम्रो लागि तर यो माया भन्ने चिज अदृश्य भएकोले आज तिम्रो सामु मेरो माया व्यक्त गर्न साह्रै गाह्रो भैरहेकोछ । खै कति माया गर्छु भनु म ? कति तौल ? कति लम्बाई ? , कति चौडाइ ? , कति उचाइ ? कति गहिरो माया गर्छु भनु म तिमिलाइ ? मसित यसको कुनै उत्तर छैन । यदि तिमी मलाइ कति माया गर्छौ भनेर सोद्छौ भने तिम्रो सामु शिर झुकाउन भाहेक म केही गर्न सक्दिन किनकि माया जोखेर जोखिने चिज होइन यो त मनले मनलाइ बुझ्ने चिज हो तर यति अवस्य भन्न सक्छुकी जति माया एक आमाले आफ्नी सन्तानलाइ गर्छिन त्यो भन्दा बेसि माया गर्छु ,एउटा गरिबको सपना भन्दा ठूलो माया गर्छु ,तिम्रो आखाको गहिराई भन्दा गहिरो माया गर्छु , मानव इतिहास भन्दा लामो माया गर्छु , यो पृथ्वीको चौडाइ भन्दा फरकिलो माया गर्छु अनि यो सौर्यमन्डल भन्दा पुरानो माया गर्छु । म भन्दिन म तिम्रो लाएकको छु भनेर साएद तिम्ले सोचेको जस्तो केटो म नहोला तिमिले खोजेको जस्तो मेरो सरिरको बनावट नहोला तर के संसारमा अनुहार भन्दा ठूलो व्यबहार हैन र ? अनुहारले प्रेम चलेला तर व्यबहार बिना कुनै कथा सम्पन्न हुन सम्भब छैन त्यसैले मेरो ब्यक्तितब भन्दा व्यबहार बुझेनेछौ भन्ने आस गरेकोछु । थाहा छैन आजभोली आफैलाइ बिर्सेर किन तिमिलाइ यतिधेरै सम्झिरहन्छु । मेरा आखाहरु तिमिलाइनै दर्शन गर्न खोजिरहन्छ , मेरा कानहरु तिम्रो बोली सुन्न आत्तिरहन्छ , मेरा हाथहरु तिम्रै कोमल आउला समाउन लालाहित छन , मेरा गोडाहरु तिमीसित सयर गर्न आत्तुर रहेकाछ्न , मेरो नाकले तिम्रै सरिरको अत्तर चाख्न खोजिरहन्छ , मेरो मन हरबखत तिम्रै बारे सोचिरहन्छ मेरा अङ्ग अङ्गले मात्र नभई मेरो सम्पुर्ण सरिरले तिमिलाइनै चाहन्छ । जब देखे थिए तिमिलाइ कलेजको दायाँ तर्फको भित्तामा हो ! त्यहि दिनदेखि मेरो बायाँ तर्फमा रहेको एउटा सानो मुटु तिम्रैलागि धड्किन थाल्यो हरपल पलपल । रातकि रानी सपनिले पनि सारा दृश्य छोडेर तिम्रै चलचित्र सपनाभरी देखाइदिन थालेकोछ । तिमी सधै आउछौ आजभोली मेरो स्वप्न नगरिमा म तिमिलाइ फुलै फुलको फरियामा सजाएर , इन्द्रेणीको घुम्टो ओढाएर क्षितिजपारी मेरो बादलको सिंहहासनमा मेरि रानी बनाएको देख्छु तर जब बिहान हुन्छ ओछ्यानमा आफ्नै शरीर मात्र पाउछु तिमी गैसकेकी हुन्छौ त्यो सुर्यको किरणसितै । आज त पक्कै मनको कुरा भन्छु भनेर कहि नभएको आट मनमा ल्याएर तिम्रो सामु प्रकट हुन्छु पनि तर खै किन हो जब तिम्लाइ देख्छु घोकेर राखेको मेरो शब्दकोश खाली भैजान्छु । चिहाएर हेर्दा पनि कुनै शब्द भेट्दिन । म मौन हुन्छु बरु उल्टै चट्याङझै काप्न थाल्छु,भुइचालो सरि हल्लिन थाल्छु । तिमि कुनै भयानक जीव हैनौ डराउनलाइ तर तिमि त्यस्ति युवति हौ जुन मेरो कल्पना भन्दा माथिको कुरो हो । साएद यस धर्तिमा तिमी माथीबाटै आएकी हौ कुनै अपसरा अथवा कुनै परि ! म सानो छदा खेरी मेरि आमाले भन्नुहुन्थ्यो परिहरु आकस्मा मात्र भेटिन्छन रे तर आज एउटि परि धर्तिमापनी देख्दैछु हो...म तिमिलाइ । खै कुन्नी के जादु छ तिमिमा जब देख्छु पागाल भैजान्छु सोच्छु तिमीनै हौ बर्सौदेखि तपस्यमा मागेको सहयात्री , तिमिनै हौ यो मनले रोजेको साथी । तिमी आफै सोचेर महसुस गरन ! आजको दिनमा अरु कोहि भन्दा किन हामि नजिक छौ ? किन यस्तो आभास हुन्छ तिमी मेरि हौ ? किन मेरो मनले तिमिलाइनै चाहन्छ ? किन तिमिलाइ भेट्न नपाउदा मेरा खुट्टा भन्दा ज्यादा मेरा आखाहरु तिम्रो बाटो तर्फ दौडदछ ? के यो संकेत अनि यो चमत्कार हामिलाइ एक बनाउन बाटो हैन र ? के यो लक्षण दैबले हाम्रो लागि लेखेको प्रेमकहानि हैन र ? अब त लाग्छ तिमी मेरो सास बराबरको खास हौ त्यसैले तिम्रो मनमा पनि मेरो मायाको बीउ छर्केर हेर अनि थाहा पाउनेछौ म कति तिमिलाइ चाहन्छु भनेर । यदि फुल दिनु माया हो भने तिम्रो नामको बगैँचा बनाउनेछु , यदि उपहार दिनु माया हो भने यो ज्यान तिम्रै लागि बन्धकि राख्नेछु । म हैसियत भन्दा ठूलो कुरो गर्दिन जे जति गर्छु बोलेको गर्छु यदि मेरो जिवनमा तिमी आउछौ भने रङाइदिनेछु तिम्रा उजाड भएका सपनाहरुलाइ । मैले मेरो राम्रो पक्ष मात्र सुनाएर तिमिलाइ आकर्षित पार्न खोजेको हैन । हरेक प्राणीसित एउटा कम्जोर र नराम्रो पक्ष हुन्छ नै तेसैले तिमी मेरि हुन्छौ भने कम्जोर पनि बलियो बन्छ , नराम्रो पनि राम्रो हुन्छ त्यसैले ए ! मेरि हुनेवालि प्रेमिका तिमी एकफेर दन्ते लहर खोलेर मुस्कुराइदिए पुग्छ जिन्दगी रहे सम्म तिम्रो मुस्कानको चौकिदार गर्नेछु , तिम्रो जवानिको पालनपोसन गर्नेछु । मलाइ सम्झेर तिमी १ पाइला मात्र चालेहुन्छ बाकी ९९ पाइला मै चालुला हाम्रो प्रेमकथालाइ अमर बनाउन । सुख दिन नसकेपनी खुसी हरेक क्षणमा दिनेछु तिमिलाइ । यो पत्रलाइ सुइकारेर मेरो हाथ थामिदेउ कसम छ तिमिलाइ यो जुनि त के हजारजुनि सम्मै तिमीसङ्गै बित्नेछ यो जिवन । बुढेसकालको न्यानो याम्मा गुन्द्रीमा बसेर तिम्रो फुलेको कपाल स्यार्ने मौका दिनेछौ भन्ने बिसवास लिएकोछु । तिम्रो हुनेवाला राजा - अनिल चौधरी
    0 Comments 0 Shares 22 Views
More Results