Recent Updates
  • अजिब छ यो जिन्दगी को खेल पनि
    एक दिन मर्न पूरा जिन्दगी बाच्नु पर्ने रे
    जती नै उथलपुथल होस मनमा
    ओठले चाहिँ हास्नु पर्ने रे
    मिराज मा बिलाएका खुशीहरु
    पल पलको लागि साच्नु पर्ने रे
    एउटा सुनौलो बिहानी को आशमा
    कयौं औंसिको रात काट्नु पर्ने रे

    आँखाका सपनाहरुलाई मनको चिहान मा
    तिलान्जली दिएर भएपनि बाच्नै पर्ने
    अनगिन्ती अतृप्त रहरहरुलाई
    मिठो भोलिको लागि साच्नु पर्ने
    खेल हो रे जीवन तर अन्तिममा जसरी पनि हार्नै पर्ने

    #CreeZan
    अजिब छ यो जिन्दगी को खेल पनि एक दिन मर्न पूरा जिन्दगी बाच्नु पर्ने रे जती नै उथलपुथल होस मनमा ओठले चाहिँ हास्नु पर्ने रे मिराज मा बिलाएका खुशीहरु पल पलको लागि साच्नु पर्ने रे एउटा सुनौलो बिहानी को आशमा कयौं औंसिको रात काट्नु पर्ने रे आँखाका सपनाहरुलाई मनको चिहान मा तिलान्जली दिएर भएपनि बाच्नै पर्ने अनगिन्ती अतृप्त रहरहरुलाई मिठो भोलिको लागि साच्नु पर्ने खेल हो रे जीवन तर अन्तिममा जसरी पनि हार्नै पर्ने #CreeZan
    Like
    2
    0 Comments 0 Shares 197 Views
  • 𝘿𝙤𝙣'𝙩 𝙟𝙪𝙙𝙜𝙚 𝙖 𝙥𝙚𝙧𝙨𝙤𝙣 𝙗𝙮 𝙬𝙝𝙖𝙩 𝙤𝙩𝙝𝙚𝙧𝙨 𝙨𝙖𝙮. 𝙏𝙝𝙚 𝙥𝙚𝙧𝙨𝙤𝙣 𝙢𝙖𝙮𝙗𝙚 𝙩𝙧𝙪𝙚 𝙩𝙤 𝙮𝙤𝙪, 𝙗𝙪𝙩 𝙣𝙤𝙩 𝙩𝙤 𝙤𝙩𝙝𝙚𝙧𝙨. 𝘽𝙚𝙘𝙖𝙪𝙨𝙚 𝙩𝙝𝙚 𝙨𝙖𝙢𝙚 𝙨𝙪𝙣 𝙬𝙝𝙞𝙘𝙝 𝙢𝙚𝙡𝙩𝙨 𝙩𝙝𝙚 𝙞𝙘𝙚, 𝙝𝙖𝙧𝙙𝙚𝙣𝙨 𝙩𝙝𝙚 𝙘𝙡𝙖𝙮
    𝘿𝙤𝙣'𝙩 𝙟𝙪𝙙𝙜𝙚 𝙖 𝙥𝙚𝙧𝙨𝙤𝙣 𝙗𝙮 𝙬𝙝𝙖𝙩 𝙤𝙩𝙝𝙚𝙧𝙨 𝙨𝙖𝙮. 𝙏𝙝𝙚 𝙥𝙚𝙧𝙨𝙤𝙣 𝙢𝙖𝙮𝙗𝙚 𝙩𝙧𝙪𝙚 𝙩𝙤 𝙮𝙤𝙪, 𝙗𝙪𝙩 𝙣𝙤𝙩 𝙩𝙤 𝙤𝙩𝙝𝙚𝙧𝙨. 𝘽𝙚𝙘𝙖𝙪𝙨𝙚 𝙩𝙝𝙚 𝙨𝙖𝙢𝙚 𝙨𝙪𝙣 𝙬𝙝𝙞𝙘𝙝 𝙢𝙚𝙡𝙩𝙨 𝙩𝙝𝙚 𝙞𝙘𝙚, 𝙝𝙖𝙧𝙙𝙚𝙣𝙨 𝙩𝙝𝙚 𝙘𝙡𝙖𝙮
    Like
    1
    0 Comments 0 Shares 156 Views
  • गजल;
    कसलाई भनौँ म सुन्दर यहाँ
    सुन्दर झनै छ फोहर यहाँ

    भाग्य रहेछ छायाँ सँगै
    कालो भो घाम अक्सर यहाँ

    विकल्प भनी मेरो चिनोको
    उसले पठाई पत्थर यहाँ

    टेक्ने न थाम्ने हुदाँ कोही
    डाली भएछ अक्कर यहाँ

    कोही भोकै छ माया बिना
    छाती भएछ बन्जर यहाँ।।
    गजल; कसलाई भनौँ म सुन्दर यहाँ सुन्दर झनै छ फोहर यहाँ भाग्य रहेछ छायाँ सँगै कालो भो घाम अक्सर यहाँ विकल्प भनी मेरो चिनोको उसले पठाई पत्थर यहाँ टेक्ने न थाम्ने हुदाँ कोही डाली भएछ अक्कर यहाँ कोही भोकै छ माया बिना छाती भएछ बन्जर यहाँ।।❤️
    Like
    Wow
    3
    0 Comments 0 Shares 154 Views
  • उडेका मन परेवा सरी हराए सपना
    न भेटें खुशी न साथ रह्यो फगत कल्पना ।
    पीर र दुःख, पीडा नै ठीक थ्यो नहुँदा साथमा
    आशाका कुना फिँजारी किन घटायौ घटना।।
    उडेका मन परेवा सरी हराए सपना न भेटें खुशी न साथ रह्यो फगत कल्पना । पीर र दुःख, पीडा नै ठीक थ्यो नहुँदा साथमा आशाका कुना फिँजारी किन घटायौ घटना।।
    Like
    1
    0 Comments 0 Shares 151 Views
  • पोख्न कहाँ सकिन्छ र
    मनका सबै हालहरु
    शब्द बिहिन हुन्छन
    कतिपय सवालहरु
    पोख्न कहाँ सकिन्छ र मनका सबै हालहरु शब्द बिहिन हुन्छन कतिपय सवालहरु
    Like
    1
    0 Comments 0 Shares 147 Views
  • There comes a time when you have to stop crossing oceans for people who wouldn't even jump puddles for you.
    There comes a time when you have to stop crossing oceans for people who wouldn't even jump puddles for you.
    Like
    3
    0 Comments 0 Shares 154 Views
  • महिनाभरि छोरी देवी हुन् भने
    महिनावारीमा पनि छोरी देवी नै हुन् ....

    सानामा कलिला गीजामा दाँत पलाएजस्तै
    आज कलिला पैतालामा पखेँटा पलाएका छन्
    छोरीले त जे लगाए'नि कस्तो सुहाउने रैछ
    आज आँखाले एकजोर नयाँ सपना लगाएका छन्।

    छोरीलाई रातोले छोएको सुन्दा मभित्र उज्यालो हुन्छ
    रातोले छोएको बिहानको घाम पवित्र उज्यालो हुन्छ।
    बिहानको घामले छुन नहुने के छ र यहाँ ?

    मेरी सानी छोरी सुत्ने सानो ठाउँ त दिन सकिनँ
    "छोरी,ठुला सपना देख" अब कसरी भन्नू मैले ?

    उनी ढुंगासँग खेलेर हुर्केकी हुन्
    ढुंगा त उनका साथी हुन्
    यदि ढुंगामा देउता बस्छन् भने
    उनले आफ्ना साथीलाई छुँदा के बिग्रिन्छ?

    महिनाभरि छोरी देवी हुन् भने
    महिनावारीमा पनि छोरी देवी नै हुन् ।
    महिनाभरि छोरी देवी हुन् भने महिनावारीमा पनि छोरी देवी नै हुन् .... सानामा कलिला गीजामा दाँत पलाएजस्तै आज कलिला पैतालामा पखेँटा पलाएका छन् छोरीले त जे लगाए'नि कस्तो सुहाउने रैछ आज आँखाले एकजोर नयाँ सपना लगाएका छन्। छोरीलाई रातोले छोएको सुन्दा मभित्र उज्यालो हुन्छ रातोले छोएको बिहानको घाम पवित्र उज्यालो हुन्छ। बिहानको घामले छुन नहुने के छ र यहाँ ? मेरी सानी छोरी सुत्ने सानो ठाउँ त दिन सकिनँ "छोरी,ठुला सपना देख" अब कसरी भन्नू मैले ? उनी ढुंगासँग खेलेर हुर्केकी हुन् ढुंगा त उनका साथी हुन् यदि ढुंगामा देउता बस्छन् भने उनले आफ्ना साथीलाई छुँदा के बिग्रिन्छ? महिनाभरि छोरी देवी हुन् भने महिनावारीमा पनि छोरी देवी नै हुन् ।
    Like
    2
    0 Comments 0 Shares 151 Views
  • अजिब छ यो मन अनायसै दुखी दिन्छ
    नपाउने कुरा चाहिरहन्छ
    पाएकोलाई भुलिदिन्छ
    समहाल्न खोज्छु आफुलाई
    अनायासै आतिन्छ मन
    अब त ठिक भयो सोच्छु
    अतालिन्छ झन् झन्
    खै कसरी सम्झाउ यस्लाई
    सबै तिर हारी सकें
    हो जिउँदो छु म सास जो फेर्दै छु
    तर भित्र भित्र त म मरिसके
    अजिब छ यो मन अनायसै दुखी दिन्छ नपाउने कुरा चाहिरहन्छ पाएकोलाई भुलिदिन्छ समहाल्न खोज्छु आफुलाई अनायासै आतिन्छ मन अब त ठिक भयो सोच्छु अतालिन्छ झन् झन् खै कसरी सम्झाउ यस्लाई सबै तिर हारी सकें हो जिउँदो छु म सास जो फेर्दै छु तर भित्र भित्र त म मरिसके
    Like
    3
    0 Comments 0 Shares 161 Views
  • सोच्छु, म के हुँ म केको धुन हुँ
    भेट्छु मकै हुँ मकैको घुन हुँ
    सुकाउने सूर्य हुँ, सुक्ने बिस्कुन हुँ, कुन हुँ भनूँ म?
    खुलेर भन्दा यहाँ सब भन्दा  खुलेको बन्द मै हुँ
    मेरो चौबीस घण्टाको साथी भनेको चौबीसै घण्टा मै हुँ
    @Nawarajpoet ❤ https://t.co/WAfbgvuI6i
    सोच्छु, म के हुँ म केको धुन हुँ भेट्छु मकै हुँ मकैको घुन हुँ सुकाउने सूर्य हुँ, सुक्ने बिस्कुन हुँ, कुन हुँ भनूँ म? खुलेर भन्दा यहाँ सब भन्दा  खुलेको बन्द मै हुँ मेरो चौबीस घण्टाको साथी भनेको चौबीसै घण्टा मै हुँ @Nawarajpoet ❤ https://t.co/WAfbgvuI6i
    Like
    3
    0 Comments 0 Shares 161 Views
More Stories